Dictionary

All Word

19051 खन्डे वि. २. कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी।
19052 खन्डे थाल ना. विभिन्न व्यञ्जन राख्न मिल्ने बटुकी आकारका सानाठुला खोपिल्टा परेको थाल; खण्डी।
19053 खन्डो ना. १. खेत, बारी आदिको कुनै भाग।
19054 खन्डो ना. २. भान्छाकोठाको हाताभित्र भात खाँदा पिर्का राखेर बसी खान मिल्ने गरी बनाइएको सानोतिनो चौको।
19055 खन्तरे वि. सहोदर भाइमा जन्मका क्रमले सातौँ; जन्तरेपछिको।
19056 खन्ती ना. जमिनमा प्वाल पार्ने वा गहिरो खाल्टो खन्ने डन्डीजस्तो फलामको चुच्चे हतियार; एक किसिमको गल।
19057 खन्ती खलास वि. सबै कुरा सिद्धिइसकेको; केही नभएको; टाट पल्टेको।
19058 खन्याइ ना. खन्याउने भाव, क्रिया वा प्रक्रिया।
19059 खन्याइनु स.क्रि. बेसरी पोखिनु; खत्त्याइनु।
19060 खन्याउनु स.क्रि. १. बेसरी पोख्नु; खत्त्याउनु।
19061 खन्याउनु स.क्रि. २. रित्त्याउनु; खाली पार्नु।
19062 खन्यू ना. केही बाटुला र टुप्पातिर चुच्चे आकारका ठुला, बाक्ला पात हुने, फेदमा लिचीजत्रा फलका माटाबाहिर झुप्पा लाग्ने र माटाभित्र जरामा समेत फल्ने, पाकेपछि गुलियो स्वादको हुने एक किसिमको डाले घाँसको बोट वा त्यसैको फल; खन्यु; हात्तीपाइले।
19063 खप्नु अ.क्रि. १. कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु।
19064 खप्नु अ.क्रि. २. फारो हुनु।
19065 खप्नु अ.क्रि. स.क्रि. ३. दुःखकष्ट, आपद्विपद् आदि सहनु; बेहोर्नु।
19066 खपखप क्रि.वि. बिचमा, नरोकिईकन छिटछिटो खाने वा निल्ने गरी; कपकप; खुपुखुपु।
19067 खपखपी/खपखपती क्रि.वि. अझ छिटो खपखप खाने वा निल्ने किसिमले।
19068 खपटिनु अ.क्रि. खपटाजस्तो पातलो भएर सुक्तै जानु; दुब्लाउनु; दुब्लोपातलो हुनु।
19069 खपटे वि. १. खपटा जस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे।
19070 खपटे वि. २. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी।
19071 खपटो ना. १. माटाको भाँडो फुटेको टुक्रो; खप्टो।
19072 खपटो ना. २. बाँस आदिको पातजस्तो बोक्रो।
19073 खपटो ना. ३. पक्षीका फुलको बोक्रो।
19074 खपटो ना. ४. नेपालको तराई क्षेत्रमा घर छाउने काममा आउने एक प्रकारको झिँगटी; खपडा।
19075 खपट्याइ ना. खपटिने क्रिया वा प्रक्रिया।
19076 खपट्याइनु क.क्रि. खपटाजस्तो बनाइनु, खपटिन लाइनु।
19077 खपट्याउनु प्रे.क्रि. खपटाजस्तो बनाउनु; खपटिने पार्नु।
19078 खपडा ना. १. माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा।
19079 खपडा ना. २. बाँसका आँख्लाको खपटो।
19080 खपत ना. १. बिक्रीका निम्ति बजारमा आएका मालताल पूरै रूपमा बिक्ने काम; सबै मालको बिक्री।
19081 खपत ना. २. कुनै वस्तु नबची पूर्ण रूपमा हुने खर्च, व्यय; उपभोग।
19082 खपरा ना. १. माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा।
19083 खपरा ना. २. बाँसका आँख्लाको खपटो।
19084 खपरु ना. १. जोगी, सन्न्यासी आदिले घर घरमा गएर भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
19085 खपरु ना. २. नरिवल आदिको खप्पर।
19086 खपऱ्याङ ना. १. बाँसको सुकेपछि आफैं फुक्लिएर झर्ने खबटा।
19087 खपऱ्याङ ना. २. तराईमा बढी प्रयोग हुने, माटाको टायलजस्तो छाउने साधन; एक प्रकारको टायल; झिँगटी।
19088 खपाइ ना. १. खाप्ने किसिम, क्रिया वा भाव।
19089 खपाइ ना. खप्ने भाव, क्रिया वा प्रक्रिया; टिकाइ।
19090 खपाइनु क.क्रि. धेरै समयसम्म पुऱ्याइनु; टिकाइनु।
19091 खपाउ वि. धेरै समयसम्म खप्ने वा टिक्ने, टिकाउ।
19092 खपाउनु प्रे.क्रि. १. धेरै समयसम्म पुऱ्याउनु, टिकाउनु।
19093 खपाउनु प्रे.क्रि. स.क्रि. २. बिक्री गर्नु; समाप्त पार्नु।
19094 खपाखप क्रि.वि. धमाधम खाने किसिमले; कपाकप।
19095 खपिनु अ.क्रि. दिगो होइनु; टिकिनु।
19096 खपिस वि. १. कुनै कामकुरामा सिपालु, कार्यकुशल; अनुभवी; दक्ष; पोख्त; खपिस।
19097 खपिस वि. २. खग्गड; खग्गु।
19098 खपिसी/खपिस्याइँ ना. खपिस हुनाको चाल; पोख्त हुने ढाँचा; चतुऱ्याइँ।
19099 खपुवा वि. धेरै समयसम्म रहिरहने; निकै दिनसम्म टिक्ने, खप्ने टिकाउ।
19100 खपैँचो ना. माटाका भाँडा फुटेका खबटा।