Dictionary

All Word

19151 खबटे वि. २. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी।
19152 खबटे टीको ना. विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तिजका समयमा सौभाग्य चिह्नका रूपमा निधारमा लाउने काँचको टीको; आइमाईले निधारमा लाउने खबटोजस्तो ठुलो टीको।
19153 खबटे ना. १. माटाको भाँडाको फुटेको टुक्रो खपटो।
19154 खबटे ना. २. अन्डाको फुटेको कडा खोल वा बोक्रो।
19155 खबर ना. समाचार; हाल; वृत्तान्त; सूचना; जानकारी।
19156 खबर कागत/कागज ना. सञ्चारको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा रहेको र सर्वसाधारणलाई देशविदेशका महत्त्वपूर्ण समाचार; तात्कालिक घटना आदिको जानकारी दिनका लागि प्रकाशित हुने पत्र; समाचारपत्र।
19157 खबरदार ना. कुनै सम्भावित खतराप्रति सजग गराउँदा र नराम्रो बाटामा हिँड्न लागेको वा नराम्रो काम गर्न लागेको व्यक्तिलाई चेतावनी दिँदा भनिने शब्द; सावधान; होसियार।
19158 खबरदारी ना. खबरदार गराउने काम; सचेत गराउने काम; सावधानी।
19159 खबरपाटी ना. सम्बन्धित सबैको जानकारीका लागि सूचना, समाचार आदि टाँसिने पाटी; सूचनापाटी।
19160 खमण्डल ना. आकाशको गोल परिधिभित्र हुने सूर्य, चन्द्र, तारा आदि ग्रहनक्षत्रहरूको समूह; आकाशमण्डल; व्योममण्डल।
19161 खमरन्डा/खमरन्दा ना. काठ ताछेर चिल्लो पार्ने काममा प्रयोग गरिने एक प्रकारको सानो रन्डा।
19162 खमाइ ना. खाम्ने क्रिया वा प्रक्रिया।
19163 खमारी ना. हात्ती बाँधिने खम्बा; आलानस्तम्भ।
19164 खमारी ना. पीपलका जस्ता पात, सेतो बोक्रो, पहेँला फूल र फल हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल।
19165 खमिर ना. सडाईगलाई अमिल्याएको पिठो, खुदो आदि वस्तु।
19166 खमिरा वि. खमिर हालेको; खमिर भएको।
19167 खम्कनु स.क्रि. कुनै भरिने वस्तु अटाएसम्म उभाउनु; खाँदेर भर्नु; खप्कनु।
19168 खम्काइ ना. खम्कने क्रिया वा प्रक्रिया।
19169 खम्काइनु क.क्रि. खम्कन लाइनु; खप्काइनु।
19170 खम्काउनु प्रे.क्रि. खम्कने गराउनु, खम्कन लाउनु, खप्काउनु।
19171 खम्किनु क.क्रि. खाँदेर भरिनु, खप्किनु।
19172 खम्बा ना. १. घर, सत्तल, पुल आदिको दलिन, तला वा छानो थाम्न वा तिनलाई आड दिन र बिजुलीका तार अड्याउन फलाम, काठ, ढलान आदिबाट बनेको सोझो खामो; खाँबो; थाम; खम्भा।
19173 खम्बा ना. २. मौलो।
19174 खम्बानी ना. अग्नेली खलकको पहाडवर्गमा पर्ने, पूर्वी नेपालमा बोलिने लिम्बू भाषाका विभिन्न भेदमध्ये एक प्रमुख भेद।
19175 खम्बिर वि. खम्बा जस्तै अडिग; स्थिर, गम्भीर।
19176 खम्बु ना. गुप्त सल्लाह; भित्री मतो।
19177 खम्भा ना. १. घर, सत्तल, पुल आदिको दलिन, तला वा छानो थाम्न वा तिनलाई आड दिन र बिजुलीका तार अड्याउन फलाम, काठ, ढलान आदिबाट बनेको सोझो खामो; खाँबो; थाम; खम्भा।
19178 खम्भा ना. २. मौलो।
19179 खम्सनु स.क्रि. १. भालेपोथी जोल्टिनु, स्त्रीप्रसङ्ग गर्नु, मैथुन गर्नु।
19180 खम्सनु स.क्रि. २. खँगारिनु; झर्नु।
19181 खम्सनु स.क्रि. ३. बेपर्वाहसँग अन्न भर्नु वा भरेर दिनु।
19182 खम्साइ ना. खम्सने क्रिया वा प्रक्रिया।
19183 खम्साखम्सी ना. धमाधम खम्सने काम।
19184 खम्सिनु अ.क्रि. १. खँगारिनु, झर्नु।
19185 खम्सिनु अ.क्रि. २. मिसिनु, जोल्टिनु।
19186 खम्स्याइ ना. खम्स्याउने क्रिया वा प्रक्रिया।
19187 खम्स्याइनु स.क्रि. स्त्रीप्रसङ्ग गरिनु; खम्सिनु।
19188 खम्स्याउनु स.क्रि. खम्सनु; स्त्रीप्रसङ्ग गर्नु।
19189 खयर ना. अमलाका जस्ता ससाना पात हुने, मञ्जरीका छाँटका सेता सानासाना फूल फुल्ने, खैरो लामो कोसा र खैरै काठ हुने काँढादार बोट वा त्यसैको काठ पकाएर झिकेको सारवस्तु।
19190 खर वि. १. कडा स्वभावको; खरो मिजासको।
19191 खर वि. २. रामायणको कथाअनुसार रामद्वारा मारिएको एक राक्षस।
19192 खर वि. ३. गधा।
19193 खर ना. बाबियोका जस्ता लामा लामा सिन्के पात हुने, घर, गोठ आदि छाउने काममा प्रयोग गरिने एक प्रकारको झार; सालिम्मो (प. ने.)।
19194 खरक ना. गाईबस्तुको गोठ राख्न र तिनीहरूलाई चराउनका लागि राखिएको बाँझो रैकर जग्गा।
19195 खरकट्टी ना. खर पालेको जग्गा; खरघारी।
19196 खरकमल ना. खरबारीमा उम्रने कमलजस्तो एक जातको फूल।
19197 खरकस ना. काठमा खोल झिक्न वा काठ ताछ्नका निम्ति सोझो चिनु लाउन प्रयोग गरिने, बिचमा सानो किलो गाडेको सिकर्मीको ज्याबल।
19198 खरखजाना ना. १. लडाइँमा प्रयोग गरिने गोली, बारुद आदि सरसामान; हातहतियार; खजाना।
19199 खरखजाना ना. २. सुन, चाँदी, रुपियाँपैसा आदि धनसम्पत्ति; नगद रकम।
19200 खरखर ना. १. मुसा, खरायो आदिले खोत्रँदा आउने आवाज।