Dictionary

All Word

19251 खरिददार वि. मालसामान खरिद गर्ने; किन्ने; ग्राहक; गाहक।
19252 खरिददारी ना. खरिद गर्ने वा किन्नेको काम; खरिददारको काम।
19253 खरिदबिक्री ना. किन्ने र बेच्ने काम; किनबेच; क्रयविक्रय।
19254 खरिदाइ ना. खरिद्ने क्रिया वा प्रक्रिया।
19255 खरिदाइनु क.क्रि. खरिद गर्न लाइनु, किनाइनु।
19256 खरिदाउनु प्रे. क्रि. किन्न लाउनु; खरिद गराउनु।
19257 खरिदार ना. राजपत्र अनङ्कित तहको द्वितीय श्रेणीका कर्मचारीको एक दर्जा; निजामती कर्मचारीको एक तह।
19258 खरिदारी ना. खरदारी; खर्दारी।
19259 खरिदिनु क.क्रि. खरिद गरिनु, किनिनु।
19260 खरिदी वि. खरिद गरिएको; लाग्ने मोल तिरेर लिइएको वा आफ्नो पारिएको।
19261 खरिद बिर्ता ना. बिर्तावालबाट किनिएको बिर्ता जग्गा।
19262 खरियो ना. भाँडाकुँडा बनाउँदा मिलाउने एक प्रकारको हतियार।
19263 खरी ना. १. ससाना खस्रा पात हुने, मसिना सेता फूल फुल्ने, मरिचका जत्रा दाना फल्ने र डाँठको बोक्रा सेतो हुने ठुलो एक रुख।
19264 खरी ना. २. निगालेझाँप्राको आकारका पात हुने, घोडालाई मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी।
19265 खरी ना. १. सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर।
19266 खरी ना. २. मादल, तबला आदिमा मढेका छालामा गोलाकार पारी लगाइने मसला।
19267 खरीगाँठे वि. १. सभ्य संसारको चालचलन नजानेको (व्यक्ति); असभ्य; गँवार; पाखे।
19268 खरीगाँठे वि. २. भुसतिघ्रे।
19269 खरीघसा वि. खरी घसेर वा खरीले लेखेर एक एक पैसाको हिसाब गर्ने; लेनदेन व्यवहारमा सानातिना वा मामुली कुराको पनि हिसाब गर्ने।
19270 खरीघसाइ ना. खरी घस्ने खालको काम वा चाल; एक एक दामको हरहिसाब; सानोतिनो कुराको पनि लेखोजोखो।
19271 खरीघोटाइ ना. खरी घोट्ने काम लेनदेन व्यवहारमा एक एक पैसाको हिसाब गर्ने वा सानातिना कुराको पनि लेखोजोखो गर्ने चाल; कसिकसाइ।
19272 खरीजुको ना. रुखमा रहने खरी रङको एक जातको ठुलो को।
19273 खरीमट्टी ना. सिलोट, धुलौटो आदिमा लेख्ने सेतो र नरम खालको ढुङ्गो ; खरी।
19274 खरीसाउँलो वि. गहुँगोरोभन्दा केही बढी गोरो र खाइलाग्दो (मानिस)।
19275 खरुकी ना. घोडाले मन पराएर खाने निगालेझाँप्रोजस्तो एक प्रकारको घाँस।
19276 खरुको ना. सानो र मसिनो एक जातको खर; खरी।
19277 खरुवा वि. आगामा बेस्करी तताएर खारेको; शुद्ध पारेको (घिउ)।
19278 खरुवा ना. तराईतिर बुनिने एक प्रकारको मोटो र खस्रो कपडा; रातो वा कलेजी रङको खाँडी।
19279 खरेटो ना. १. मसिना पात हुने, डाँठबाट बढार- कुँढार गर्न कुचाको काम लिइने एक जातको बुटेन।
19280 खरेटो ना. २. बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कुचो, पुयँटी।
19281 खरो वि. १. खराएको; खुब भुटिएको वा सुकेको।
19282 खरो वि. २. रुखो; बिरसिलो; कडा स्वभावको।
19283 खरो वि. ना. ३. तिर्खा; तृष्णा।
19284 खरो वि. ४. भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा।
19285 खरोष्ट्री / खरोष्ठी ना. पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि।
19286 खरौंचा ना. १. खनिउँका जातको एक झार।
19287 खरौंचा ना. २. त्यसैका डाँठबाट बनाइएको कुचो।
19288 खर्क ना. गाईबस्तुको गोठ राख्न र तिनीहरूलाई चराउनका लागि राखिएको बाँझो रैकर जग्गा।
19289 खर्कनु अ.क्रि. पशुहरू एकै ठाउँमा जम्मा भएर बस्नु, बथान मिलेर बस्नु।
19290 खर्काइ ना. खर्कने काम वा क्रिया।
19291 खर्काइनु क.क्रि. खर्कन लाइनु।
19292 खर्काउनु स.क्रि. पशुहरूलाई एकै ठाउँमा जम्मा पार्नु, बथान मिलाएर राख्नु।
19293 खर्किनु अ.क्रि. एकै ठाउँमा जम्मा भएर वा बथान मिलेर बसिनु।
19294 खर्च ना. १. कुनै काम वा वस्तुका निम्ति दिइने वा मासिने रुपियाँपैसा; व्यय।
19295 खर्च ना. २. कुनै कार्यका निम्ति उपयोग गरिने वा प्रयोगमा ल्याइने नगद रकम वा जिन्सी माल।
19296 खर्चनु स.क्रि. कुनै काम वा वस्तुका निम्ति नगद वा जिन्सी खर्च गर्नु; मास्नु; किनमेल गरेर रुपियाँपैसा सक्नु।
19297 खर्चखाता ना. खर्चको हिसाबकिताब लेखिने वा राखिने ठुलो कापी; बहीखाता।
19298 खर्चबर्च ना. १. कुनै काम वा वस्तुका निमित्त चाहिने नगदी वा जिन्सी; सामलतुमल र रुपियाँपैसा।
19299 खर्चबर्च ना. २. भइपरी आउने काममा गरिने सामान्य खर्च।
19300 खर्चरी ना. १. गाईभैंसी, भेडाबाख्रा आदिको चरनका निमित्त कर तिरी छुट्ट्याएर राखिएको जग्गा; खर्क।