Dictionary

All Word

19301 खर्चरी ना. २. वनपाखामा गाईभैंसी, भेडाबाखा आदि बस्तुभाउ चराउँदा लाग्ने दस्तुर वा तिरो।
19302 खर्चा ना. खर्च गर्ने क्रिया वा प्रक्रिया।
19303 खर्चाइनु क.क्रि. खर्च गर्न लाइनु।
19304 खर्चाउनु प्रे.क्रि. खर्च गराउनु वा खर्चन लाउनु।
19305 खर्चालु वि. आवश्यकताभन्दा बढी रुपियाँ-पैसा आदि खर्च गर्ने, धेरै खर्च गर्ने बानी भएको ; खर्ची।
19306 खर्चिनु क.क्रि. खर्च गरिनु; मासिनु।
19307 खर्चिलो वि. १. चाहिनेभन्दा बेसी खर्च हुने; धेरै खर्च हुने।
19308 खर्चिलो वि. २. धेरै खर्च गर्ने; खर्चालु।
19309 खर्ची वि. धेरै खर्च गर्ने; खर्चालु।
19310 खर्जूर ना. टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने, पहेँलो ल फुल्ने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो ठुलो काण्ड हुने एक बोट; खर्जूर।
19311 खर्दार ना. राजपत्र अनङ्कित तहको द्वितीय श्रेणीका कर्मचारीको एक दर्जा; निजामती कर्मचारीको एक तह।
19312 खर्पन ना. १. नोलका दुवै छेउमा डालाका आकारका भाँडा झुन्ड्याई नोललाई काँधमा हाली मालसामान बोक्ने साधन (विशेषतः काठमाडौँ उपत्यकामा प्रचलित )।
19313 खर्पन ना. २. त्यसैको दायाँबायाँ झुन्डिने डालाजस्ता भाँडा।
19314 खर्प वि. खर्पन बोक्ने।
19315 खऱ्याइँ ना. खरोपन; खरो चाल।
19316 खऱ्याइ ना. खरिने भाव, क्रिया वा प्रक्रिया।
19317 खऱ्याइनु अ.क्रि. खरिने पारिनु।
19318 खऱ्याउनु स.क्रि. / प्रे.क्रि. खरिने पार्नु।
19319 खऱ्याकखुरुक क्रि.वि. १. सानो- ठुलो खऱ्याक्कको आवाज बार बार आउने किसिमले।
19320 खऱ्याकखुरुक क्रि.वि. ना. २. भएभरको जेथा; सिरीखुरी; श्रीसम्पत्ति; खऱ्यापखुरूप।
19321 खऱ्याक्क क्रि.वि. १. कराई आदि भाँडा कोर्दा आवाज आउने किसिमसँग।
19322 खऱ्याक्क क्रि.वि. २. ढोका आदि उत्रँदा वा सुकेका वस्तुमा कुनै वस्तुले हुँदा वा चलाउँदा आवाज आउने चालमा।
19323 खऱ्याङखुरुड क्रि.वि. १. पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कंदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा।
19324 खऱ्याङखुरुड क्रि.वि. ना. २. भएभरको सबै वस्तु; खऱ्याकखुरुक।
19325 खऱ्यान ना. खर उम्रेको वा खर हुने जग्गा; खरबारी; खरघारी।
19326 खऱ्यौटो ना. भँगेरोभन्दा केही ठुलो खैरो रङको चरो।
19327 खर्रा ना. १. बस्न बिछ्‌याइने लामो गुन्द्री।
19328 खर्रा ना. वि. २. स्पष्ट; खरो; खस्रो (कुरा)।
19329 खर्रा ना. (उदा.- रोटी चिल्ला मिठा कुरा खर्रा (खस्रा मिठा।- उखान)।
19330 खर्रो वि. चर्को स्वभावको; खरो; रुखो।
19331 खर्लपखर्लप क्रि.वि. बार बार खस्ने, खाने, हडप्ने आदि काम गर्ने किसिमले।
19332 खर्लप्प क्रि.वि. १. कुनै कुरा एकैचोटि माथिबाट तल झर्ने वा खस्ने किसिमसँग।
19333 खर्लप्प क्रि.वि. २. एकैचोटि पुरै खाने किसिमले।
19334 खर्लप्प क्रि.वि. ३. अर्काको वस्तु वा सम्पत्ति सबै हडप्ने चालमा।
19335 खर्ल्याखुट्टी ना. १. एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याखुट्टी।
19336 खर्ल्याखुट्टी ना. २. लङ्गडाहरूले हिँड्दा काखीमुनि च्यापेर टेक्ने लौरो; बैसाखी।
19337 खर्ल्याप्प क्रि.वि. १. कत्ति पनि बाँकी नराखीकन जम्मै खाने किसिमले।
19338 खर्ल्याप्प क्रि.वि. २. अर्काको जायजेथा, श्रीसम्पत्ति सबै हडप्ने किसिमसँग; ख्वाप्ल्याक्क।
19339 खर्व ना. ० सय अरबको सङ्ख्या; सय अरब।
19340 खर्व ना. वि. २. बाउन्ने; बामपुड्के; पुड्के; छोटो।
19341 खर्सु ना. प्रायः लेकतिर रसिलो ठाउँमा हुने एक प्रकारको घाँस वा त्यसैको बोट।
19342 खल वि. १. बुद्धि नभएको; मूर्ख; हुस्सु।
19343 खल वि. २. बदमास, दुष्ट।
19344 खल वि. ना. ३. मरमसला, औषधी आदि कुट्ने ढुङ्गा वा फलामको भाँडो।
19345 खल वि. ४. खलो; ठाउँ।
19346 खल ना. १. कुनै विषयमा दुई वा दुईभन्दा धेरै व्यक्तिमा हुने बहस; छलफल।
19347 खल ना. २. पारस्परिक विचारविमर्शद्वारा कुनै विषयमा टुङ्गो लाउने प्रयास।
19348 खलक ना. कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश।
19349 खलकी ना. १. नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग।
19350 खलकी ना. २. नोकरचाकरका निम्ति बनेको खाना।