Dictionary

All Word

19451 खल्लो वि. नुन वा चिनी आदि कम्ती भएर स्वाद बिग्रेको; वेस्वादको; बढी पानी भएर सार उत्रेको (तरकारी, चिया इ.)।
19452 खल्लोमल्लो खल्लो, बेस्वादको।
19453 खल्ल्याइ ना. खल्लोपना; अस्वादुता; बेस्वाद।
19454 खल्वाट वि. टाउकाका रौं खुइलिएको; खल्वाटे; खुइले; खोइरे।
19455 खल्वाटे वि. खल्वाट।
19456 खवाइ ना. खाने भाव, क्रिया वा प्रक्रिया।
19457 खवास ना. शरीरको सेवा गर्ने नोकर; परिचर।
19458 खवासे ना. मालिकको शारीरिक टहलसुसार गर्ने नोकर; खवास।
19459 खवैया वि. १. खन्चुवा; धेरै खाने; थुप्रै खाने।
19460 खवैया वि. २. मिठो स्वादिलो खाना खाने।
19461 खश ना. १. रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौँआठौँ शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति; खसानको बासिन्दा; खश।
19462 खश ना. २. खसकुरा अर्थात् नेपाली भाषा बोल्ने बाहुन, क्षत्री, कामी, दमाईं आदिको सामूहिक नाम।
19463 खश ना. ३. प्राचीन क्षत्रियको एक जाति।
19464 खस्नु अ.क्रि. १. माथिबाट तलतिर झर्नु गर्नु।
19465 खस्नु अ.क्रि. २. देहान्त हुनु; मर्नु।
19466 खस ना. उशीरका जरा।
19467 खस ना. १. रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौँआठौँ शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति; खसानको बासिन्दा; खश।
19468 खस ना. २. खसकुरा अर्थात् नेपाली भाषा बोल्ने बाहुन, क्षत्री, कामी, दमाईं आदिको सामूहिक नाम।
19469 खस ना. ३. प्राचीन क्षत्रियको एक जाति।
19470 खस कुरो ना. खसजातिले बोल्ने भाषा, नेपाली भाषाको पुरानो नाम।
19471 खसक्क क्रि.वि. १. अरूले चाल नपाउने गरी (हिँड्ने किसिम); खुसुक्क।
19472 खसक्क क्रि.वि. २. थाहै नदिई, लुसुक्क।
19473 खसखस ना. १. एउटै डाँठमा बग्रेल्ती लामा लामा पात हुने, कुशका जस्ता पहेँला फूल फुल्ने, बास्ना आउने र जरा हुने एक जातको घाँस; उशीर।
19474 खसखस ना. २. त्यसैका जरा।
19475 खसखस क्रि.वि. १. कफ जम्नाले असजिलो हुने गरी घाँटी सगसगाउने किसिमले फुको खोकी लाग्दा घाँटी सकसकाएर; सगसग; सगसगी।
19476 खसखस क्रि.वि. ना. २. मनमा लागेका कुरा बोल्न वा गर्न नपाउँदा हुने असजिलोपन; मनको तुलबुली।
19477 खसखसाइ ना. खसखसाउने काम वा प्रक्रिया।
19478 खसखसाइनु अ.क्रि. खसखस लागिनु।
19479 खसखसाउनु अ.क्रि. घाँटीमा कफ टाँसिनाले वा अरू कुनै खराबीले असजिलो भान हुनु, घाँटी चिलाउनु, सगसगाउनु, खसखस लाग्नु।
19480 खसखसिनु अ.क्रि. घाँटीमा खसखस लाग्नु; खसखसाउनु।
19481 खसखसी ना. मनमा खेलेका कुरा अरूसँग खोल्न नपाउँदा हुने असजिलोपन; कुनै कामकुरो प्रस्ट्याउन नपाउँदा हुने सगसगी।
19482 खसखसे वि. नचाहिँदो कुराको चासो लिने; सरोकार नपरेका कुराको चियोचर्चो गर्ने; चाहिँदा नचाहिँदा कुरामा लागिपर्ने।
19483 खसदेश ना. खसहरूको निवासभूमि; खस जाति रहने देश; खसप्रदेश; खसान।
19484 खसप्राकृत ना. खसजातिका विशाल राज्यमा बोलिने तिनताकको भाषा।
19485 खसबाहुन ना. खसहरूको समूह; छेत्रीबाहुन।
19486 खसबाहुन ना. स्त्री. खसिनीबाहुनी।
19487 खसबोली ना. खसहरूद्वारा बोलिने बोली; खसप्रदेशमा बोलिने बोली; खसकुरो; खसभाषा।
19488 खसभाषा ना. प्राचीन नेपाली भाषाले गोर्खाली भाषाको रूप पाउनुभन्दा पूर्वको रूप; खस प्रदेशमा बोलिने भाषा; प्राचीन नेपाली भाषा; सिँजाली भाषा; खसकुरो।
19489 खसम ना. १. लोग्ने; पति; पोइ।
19490 खसम ना. २. मालिक; स्वामी।
19491 खसमस क्रि.वि. घाँटी खसखसाउने गरी; खसखस।
19492 खसमसाइनु अ.क्रि. खसखस लागिनु, खसखसाइनु।
19493 खसमसाउनु अ.क्रि. खसखसाउनु।
19494 खसमसिनु अ.क्रि. खसमसाउनु।
19495 खसरमसर ना. क्रम वा स्थितिको बेमेल; गडबड।
19496 खसरात ना. खसजाति बसेको नेपालको पश्चिमी प्रदेश; खस-प्रदेश।
19497 खसाइ ना. खस्ने क्रिया वा प्रक्रिया।
19498 खसाइनु क.क्रि. खसालिनु।
19499 खसाउनु प्रे.क्रि. खस्न लाउनु।
19500 खसाखस क्रि.वि. १. एकजात नढाँटीकन; खसोखास।