Dictionary

All Word

19551 खस्याउनु प्रे. क्रि. खसिन लाउन।
19552 खस्य्राकखुस्रुक क्रि.वि. १. हलुका आवाज आउने गरी (खोस्मेरा, पतकर, कागज आदि चलाउने वा कुल्चने किसिम)।
19553 खस्याङखुसुङ ना. १. सानोतिनो काम; खत्र्याकखुत्रुक।
19554 खस्याङखुसुङ ना. क्रि.वि. २. हे. खस्याकखुसुक।
19555 खस्य्राङमस्य्राङ क्रि.वि. १. कागतपत्र वा सुकेका पातपतिङ्गर चलाउँदा शब्द आउने गरी।
19556 खस्य्राङमस्य्राङ क्रि.वि. २. खत्र्याकखुत्रुक।
19557 खस्य्राहट ना. खस्रिने काम वा अवस्था।
19558 खस्वस्तिक ना. शिरका ठिक माथि आकाशमा कल्पना गरिएको बिन्दु शीर्षबिन्दु।
19559 खहरिनु अ.क्रि. १. खडेरी आदिले बोटबिरुवाहरू सुक्तै जानु।
19560 खहरिनु अ.क्रि. २. बिफर, घाउखटिरा आदिमा खाटा बस्न थाल्नु।
19561 खहरिनु अ.क्रि. ३. घरगृहस्थी आदि बिग्रँदै जानु, घरघाट लाग्नु।
19562 खहरिनु अ.क्रि. ४. आगामा भुटेको वस्तु पाकेर केही डढ्न थाल्नु।
19563 खहरे ना. वर्षा याममा मात्र भेल आउने सानोतिनो खोलो; खोल्सो।
19564 खहरे ना. (उदा.- उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।- लेखनाथ)।
19565 खहरे तान ना. कुनै ठाउँबाट घिच्च्याउँदै ल्याउने काम; घिसार्ने काम।
19566 खहऱ्याइ ना. खहऱ्याउने भाव वा क्रिया वा प्रक्रिया।
19567 खहऱ्याइनु क.क्रि. खरो पारिनु, खुबसित सुकाइनु वा भुटिनु।
19568 खहऱ्याउनु स.क्रि. १. भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु खँगार्नु।
19569 खहऱ्याउनु स.क्रि. प्रे. क्रि. २. माथिबाट तल झार्नु; तलतिर घिच्च्याउनु, खुरमुऱ्याउनु।
19570 खहऱ्याउनु स.क्रि. ३. बिगार्नु; घरङ्घाट लाउनु।
19571 खा ना. साढे बाइस हात लामो र चार हात गज भएको, घर बनाउने जमिनको नापो।
19572 खाँकर ना. १. नाचगान गर्दा खुट्टामा लगाइने फलामको खोक्रो नलीबाट बनेको बाजा।
19573 खाँकर ना. २. शिरीषको जस्ता पात भएको, बलियो काठ हुने र औलो जग्गामा पाइने एक बोट।
19574 खाँखाँ ना. चर्को भोकले जे भए पनि खाऊँ खाऊँ लाग्ने अवस्था; खाने तीव्र इच्छा; भोक।
19575 खाँच्नु स.क्रि. धोएर घोट, कलप आदि गरेको कपडामा खुम्चिएका बुट्टा पार्नु; चुन्नु।
19576 खाँच ना. बट्टाईहरू थुनेर बोकिने पिंजरा।
19577 खाँच ना. कपडा चुन्दा बन्ने बुट्टा; खाँच्ता वा कपडा दोब्य्राउँदा पर्ने डिल र खोल्सा परेका बुट्टा; खाँज।
19578 खाँचिनु क.क्रि. कपडामा बुट्टा चुनिनु, खाँच्ने काम गरिनु।
19579 खाँची ना. गोबर वा ढिस्काको माटो फ्याँक्न नर्कट आदि जेलेर बनाइएको, मुख फुकेको ठुलो टोकरी।
19580 खाँचीकोट ना. लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा स्थित पुरानो दरबारका भग्नावशेष र भगवतीको मन्दिर भएको, बडादसैंको त्रयोदशीका दिन ठुलो मेला लाग्ने प्रसिद्ध ऐतिहासिक स्थल।
19581 खाँचो ना. १. कुनै आवश्यक कुरा नभएको अवस्था; अभाव; हर्जा।
19582 खाँचो ना. २. आवश्यकता; चासो; जरुर।
19583 खाँज ना. १. लुगा कपडाको दोब्रिएको वा चुनेको भाग; भाँजा; मुजा।
19584 खाँज ना. २. कुनै वस्तु खाँदेका माझमा खाली रहेको ठाउँ।
19585 खाँटी वि. खासा; शुद्ध; निक्खर; झर्रो।
19586 खाँड ना. संस्कार नपुगेको रातो वा सेतो सखर; नखारिएको चिनी।
19587 खाँडसारी ना. सफा नगरिएको खैरो रङको चिनी।
19588 खाँडी ना. घरेलु तानमा बुनिएको मोटो खस्रो कपडा; एक प्रकारको खादी वा खद्दर।
19589 खाँडो ना. १. खड्ग; तरबार।
19590 खाँडो ना. २. विवाहमण्डपमा हातमा खुकुरी वा तरबार लिएर गाइने एक प्रकारको वीरगाथा; विरुदावली।
19591 खाँडो ना. ३. भाग्य।
19592 खाँडो जगाउनु टु. ० विवाहमण्डपमा दुलाहा दुलहीका सामुन्ने खडा भई जान्ने मान्छेले खाँडो भन्नु।
19593 खाँडो जगाउनु टु. २. बढाई चढाई प्रशंसा वा गुणगान गर्नु।
19594 खाँद्नु स.क्रि. १. कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु, अटाएसम्म कोच्नु।
19595 खाँद्नु स.क्रि. २. थिच्नु; दबाउनु।
19596 खाँद्नु स.क्रि. ३. लात्तीले बेस्करी हान्नु, गोदनु, पिट्नु।
19597 खाँद ना. कुनु; खुँज; खाँच।
19598 खाँद ना. १. खेतवारीमा जमेको अनावश्यक वा बढी पानी फाल्नका निम्ति बनाइएको खोल्सो।
19599 खाँद ना. २. बारीमा गाई, साँढे आदिलाई पस्न नदिन खनिएको गहिरो खाल्डो; गहिरो परेको जमिन।
19600 खाँदखँद ना. कुनै वस्तुलाई हात, खुट्टा वा अन्य कुनै साधनले खाँद्ने र खुुँद्ने काम।