Dictionary

All Word

19701 खादन ना. खाने काम; भोजन; खवाइ।
19702 खादा ना. देवदेवीको पूजाआजामा चढाइने र विशिष्ट व्यक्तिका स्वागत तथा सम्मानमा मालाका रूपमा प्रदान गरिने सेतो वा अन्य रङको पातलो कपडाको उपहार।
19703 खादी ना. खद्दर; खाँडी।
19704 खाद्य वि. १. खाइने वा खान लायक।
19705 खाद्य वि. ना. २. खाइने पदार्थ (अन्न, फलफूल आदि)।
19706 खाद्य कृषि बजार सेवा विभाग ना. कृषिमन्त्रालयअन्तर्गत खाद्य, कृषि, हाटबजार आदिको विकास र निर्देशनसँग सम्बन्धित एक विभाग।
19707 खाद्यनली ना. श्वासनलीको समानान्तर रूपमा रहेको र खाएको पदार्थ पेटसम्म पुऱ्याउने नली; गोजेरो।
19708 खाद्य नियन्त्रण ना. खाद्य सामग्रीलाई कुनै स्थानमा बढी र कुनै स्थानमा घटी हुन नदिई सबै ठाउँमा समान रूपले उपलब्ध गराइने चाँजोपाँजो; खाद्य सामग्रीमाथिको नियन्त्रण।
19709 खाद्य पदार्थ ना. खाइने चिजबिज; अन्नपा।
19710 खाद्य सङ्कट ना. भोजन-सामग्रीको चर्को अभाव, भोज्य वस्तुको ठुलो कमी।
19711 खाद्य सञ्चय ना. अनिकाल, खडेरी आदि समयका निम्ति पहिलेदेखि नै सँगाली राखिएको अन्नपात; खाद्य वस्तुको सञ्चय।
19712 खाद्य स्थिति ना. खाद्यपदार्थ पुग्ने वा नपुग्ने अवस्था; खाइने वस्तुको कमबेसी आदि हेरिने व्यवस्था वा स्थिति।
19713 खाद्यान्न ना. खाइने अन्न ( धान, मकै, गहुँ आदि)।
19714 खाद्यान्न कोश ना. अनिकाल, भोकमरी आदि प्रकोपका निम्ति छुट्ट्याएर राखिने खाद्यान्नको भँडार, खाद्यान्न थुपार्ने गोदाम।
19715 खाद्योज ना. खाद्य पदार्थमा पाइने पौष्टिक तत्त्व; भिटामिन।
19716 खान ना. नेपालका शाहवंशीय राजाका पुर्खाले धारण गरेको पदवी।
19717 खानखवास ना. १. जातभात केही पनि थाहा नभएको व्यक्ति; सरकारद्वारा पालिएको, जातभात पत्ता नलागेको मानिस।
19718 खानखवास ना. वि. २. घरबार, सम्पत्ति आदि नष्ट भएको; निराश्रित, अभागी।
19719 खानगी ना. १. निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु; तलब; बेतन; महिनावारी।
19720 खानगी ना. २. खानका लागि ठेकिएको वस्तु।
19721 खानगी ना. ३ अघि नेपालमा कुनैकुनै खातै कर्मचारीले तलबबापत खान पाउने जग्गाजमिनको उठतीपुठती।
19722 खानज्यादा ना. १. शासकको सन्तान; राजकुलको व्यक्ति (दिव्य . )।
19723 खानज्यादा ना. २. भित्रेनीबाट जन्मेको सन्तान।
19724 खानतलासी ना. १. सरकारवादी मुद्दाका सिलसिलामा अपराधसम्बन्धी दसीप्रमाण वा मालसामान रहेको शङ्का वा सन्देह लागेका ठाउँमा गई तत्सम्बन्धी खोजतलास वा छानबिन गर्ने काम; चोरीछिपाई राखिएको चिजका लागि कुनै घरमा गरिने खोजतलास।
19725 खानतलासी ना. २. कुनै घरमा अभियुक्त लुकेको वा अवैध मालसामान लुकाइएको शङ्का लागेमा वा सर्वस्व गर्नुपरेमा सरकारबाट लिइने तलासी।
19726 खानदान ना. १. खानेकुरा हालेर लगिने तहतह परेको कचौरा आकारका भाँडाको बट्टा।
19727 खानदान ना. २. कुलघरान; उच्च कुल; घराना।
19728 खानदानी वि. १. उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन।
19729 खानदानी वि. २. वंशपरम्पराबाट आएको; पैतृक।
19730 खानपान ना. १. खाने र पिउने काम; खुवाइ र पियाइ।
19731 खानपान ना. २. खाइने र पिइने वस्तु, अन्नपानी।
19732 खानपान ना. ३. खाने र पिउने व्यवहारसँग सम्बन्धित कामकुरो।
19733 खानसा ना. तरकारी, अचार आदि खानेकुरो बनाइने ठाउँ; अगेनु।
19734 खानसामाँ ना. खाइने सामग्री तयार गर्ने भान्छे ; खाना पकाउने मानिस।
19735 खाना ना. १. खानेकुरो; खाद्य वस्तु; भोज्य पदार्।
19736 खाना ना. २. खाने वा भोजन गर्ने काम।
19737 खाना ना. १. घर वा कुनै ठाउँको खण्ड; तह; कोठा।
19738 खाना ना. २. घर (कोरीखाना, पागलखाना इ.)।
19739 खाना ना. ३. सरसामान राख्नका लागि गाह्रो, आलमारी, टेबुल आदिमा बनाइने खण्ड वा विभाग।
19740 खाना ना. ४. सानो डिब्बा।
19741 खानाबदोस वि. कुनै एउटा निश्चित ठाउँमा घरबार नभई गृहस्थीका सबै मालसामान लिएर ठाउँठाउँ घुमी गुजारा गर्ने; घुमन्ते; यायावर।
19742 खानाबदोस वि. (उदा.- आर्यहरू प्रारम्भमा खानाबदोस जीवन बिताउँथे)।
19743 खानि ना. १. पृथ्वीभित्र धातु, पत्थर, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ, खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी, तामाखानी, कोइलाखानी इ. )।
19744 खानि ना. २. धेरै चिजबिज उत्पन्न हुने वा पाइने ठाउँ; खानि।
19745 खानी ना. १. पृथ्वीभित्र धातु, पत्थर, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ, खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी, तामाखानी, कोइलाखानी इ. )।
19746 खानी ना. २. धेरै चिजबिज उत्पन्न हुने वा पाइने ठाउँ; खानि।
19747 खानी क्षेत्र ना. खानी भएको क्षेत्र वा ठाउँ।
19748 खानी ठेक्का ना. ठेक्कासम्बन्धी ऐनमा बताएका नियमबमोजिम खानी खोल्ने कामको ठेक्का।
19749 खाने वि. १. खाने काम गर्ने; खाएको।
19750 खाने वि. २. सिद्ध्याउने।