Dictionary

All Word

19801 खार्नु स.क्रि. ३. शिक्षा-शास्त्र, गुरु-उपदेश आदिद्वारा बुद्धिलाई प्रखर बनाउनु।
19802 खार्नु स.क्रि. ४. कुनै पुस्तक वा पुस्तकको कुनै विषयलाई दोहोऱ्याई - तेहऱ्याई पढेर नबिर्सने पार्नु।
19803 खार ना. १. कुनै वनस्पति आदिलाई जलाएर वा रासायनिक प्रक्रियाद्वारा निकालेर औषधी तथा औद्योगिक कार्यमा प्रयोग गरिने क्षार पदार्थ; क्षार।
19804 खार ना. २. वनस्पति वा खनिज पदार्थबाट प्राप्त हुने लवणांश वा नुनको भाग।
19805 खार ना. १. खोर्सानी आदि डढेर वा अन्य कुनै कारणले घाँटी, नाक, आँखा आदिमा जलन पैदा गर्ने कडा गन्ध वा पिरो राग।
19806 खार ना. २. शारीरिक तथा मानसिक जलन; डाहा।
19807 खारखेर ना. अभियुक्तलाई खार्ने र केर्ने काम; कारकेर।
19808 खारखोलो ना. पानीमा खारको स्वाद मिसिएको खोलो; खोलाको पानी वा वरिपरिको तट भागबाट खारको गन्ध आउने वा खारयुक्त खनिज पाइने खोलो।
19809 खारि ना. पहिले प्रचलित बिस पाथी बराबरको परिमाण; मुरी।
19810 खारिनु क.क्रि. १. खार्ने काम गरिनु, तिखारिनु।
19811 खारिनु क.क्रि. २. अग्लो जमिन खनेर सम्म पारिनु।
19812 खारिक ना. एक खारि वा बिस पाथी धानको बिउ लाग्ने खे।
19813 खारिज वि. १. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृ।
19814 खारिज वि. २. अस्वीकृत गरिएको ( फिराद, दाबी आदि)।
19815 खारिज वि. ३. फेरि क्रियान्वित वा लागु नहुने गरिएको ( नियम, कानुन इ.)।
19816 खारिजी ना. खारिज गर्ने काम निकाल्ने वा बरखास्त गर्ने काम; निष्कासन, सेवामुक्ति।
19817 खारिलो वि. १. खारको स्वाद वा गन्ध आउने; खारजस्तो नुनिलो।
19818 खारिलो वि. २. खुर्सानी डढ्दा आउने रागजस्तो; खार भएको।
19819 खारी वि. खार भएको; क्षारयुक्।
19820 खारी नुन ना. प्रायः ऊषर भूमिबाट झिकिने त्यस्तो नुन।
19821 खारेज वि. १. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृ।
19822 खारेज वि. २. अस्वीकृत गरिएको ( फिराद, दाबी आदि)।
19823 खारेज वि. ३. फेरि क्रियान्वित वा लागु नहुने गरिएको ( नियम, कानुन इ.)।
19824 खारेजी ना. खारिज गर्ने काम निकाल्ने वा बरखास्त गर्ने काम; निष्कासन, सेवामुक्ति।
19825 खार्तोक ना. किराँत संस्कृतिअनुसार असोज महिनामा पृथ्वीको पूजा गरी मनाइने एक चाड।
19826 खार्पा ना. लबेदा सुरुवाल, भोटो, चौबन्दी चोलो आदि सिउँदा काखीमुनि पर्ने गरी गाँसिने तीनचोसे कपडाको लाम्चिलो टुक्रो।
19827 खार्पा ना. ओखलढुङ्गा जिल्लाको एक ठाउँ।
19828 खाल ना. १. पशु आदिको शरीरबाट निकालिएको छाला; त्वचा; चर्म।
19829 खाल ना. २. बोक्रो; आवरण।
19830 खाल ना. १. जुवा खेल्न जुट्ने ठाउँ, जुवा खेल्दा कौडा हान्ने ठाउँ।
19831 खाल ना. २. एक-अर्काका आआफ्ना विशेषता वा प्रकार; किसिम।
19832 खाल ना. ३. श्रेणी; स्तर।
19833 खाल ना. ४. पुरानो समयको इजलास।
19834 खाल थाप्नु टु. अवैध तरिकाले जुवा खेल्ने ठाउँ बनाउनु; जुवा खेल्ने खाल बनाउनु।
19835 खाल धनी ना. खाल थापेर जुवा खेलाउने मान्छे; जुवाडेलाई जम्मा पारी धन कमाउने व्यक्ति; खाले।
19836 खाला ना. १. छालाको बाहिरी तह; अत्तर छाला।
19837 खाला ना. २. बोक्रो; बाह्य आवरण।
19838 खालि क्रि.वि. केवल; मात्र।
19839 खालिसा ना. कुनै व्यक्तिको मोहियानी हक र बिर्ता नभएको जग्गा; सरकारकै अधिकारमा रहेको जमिन।
19840 खाली वि. १. भित्र केही नभएको, रित्तो (खाली भाँडो, खाली खल्ती इ.)।
19841 खाली वि. २. कोही नबसेको (खाली कुर्सी)।
19842 खाली वि. ३. खानेकुरा केही नपरेको (खाली पेट )।
19843 खाली वि. ४. गहना वा श्रीसम्पत्ति केही नभएको (खाली कान, खाली हात इ.)।
19844 खाली वि. ५. केही रोजगार वा कामधन्दा नभएको (खाली दिन; खाली समय इ.)।
19845 खाली खण्ड ना. खोसिएर वा मरेर रित्तो भएको पद वा ठाउँ; कसैको बहाली नभएको ठाउँ; खालीखाल्सा; खारिजी।
19846 खाली खाल्सा ना. अड्डाखानाका कुनै कर्मचारी अन्यत्र सरुवाबढुवा भई वा खोसुवामा परी अथवा मरेर खाली भएको ठाउँ वा त्यसरी रिक्त हुन आएको पद खालीखण्ड।
19847 खाले ना. १. जुवा खेलाउने वा जुवाको खाल थाप्ने व्यक्ति; खालको मालिक; खालधनी।
19848 खाले ना. २. जुवाको खालमा कुनै दाउ लिएर खेल्न बसेको व्यक्ति वा खेलाडी।
19849 खाल्टाखुल्टी ना. सानातिना धेरै खाल्टाको समूह।
19850 खाल्टो/खाल्डो ना. खनेर अथवा अन्य कुनै कारणबाट बनेको खाडल; भ्वाङ्; भड्खारो; भदालो।