Dictionary

All Word

19751 खानेकुरो ना. खाने वस्तु वा सामलतुमल।
19752 खानेचुन ना. पान आदिमा राखेर खाइने सिपीबाट बनेको चुन।
19753 खानेसोडा ना. पानीमा मिसाएर त्यसै वा पेट दुख्ता औषधीका रूपमा खाइने र रोटी फुलाउन पिठामा मिसाउने आदि काममा प्रयोग गरिने सेतो नुनिलो पदार्।
19754 खान्की/खान्गी ना. १. निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु; तलब; बेतन; महिनावारी।
19755 खान्की/खान्गी ना. २. खानका लागि ठेकिएको वस्तु।
19756 खान्की/खान्गी ना. ३ अघि नेपालमा कुनैकुनै खातै कर्मचारीले तलबबापत खान पाउने जग्गाजमिनको उठतीपुठती।
19757 खान्सा ना. तरकारी, अचार आदि खानेकुरो बनाइने ठाउँ; अगेनु।
19758 खान्से ना. खान्साको काम गर्ने व्यक्ति; अचार, तरकारी, खानेकुरा आदि बनाउने व्यक्ति; खानसामाँ।
19759 खाप्नु स.क्रि. एउटा वस्तुमाथि अर्को वस्तु राख्नु; एउटा कुरामाथि अर्को कुरा थप्नु खप्टनु।
19760 खाप ना. एउटामाथि अर्को खप्टने काम; खात; पत्र; तह।
19761 खापा ना. १. झ्यालढोकामा जडिएको लगाउने र खोल्ने फग्ल्याँटो; कपाट।
19762 खापा ना. २. काठमा ठाडा मेसा पार्ने काम।
19763 खापा ना. एक पटक नापिसकेको अन्नपात आदि फेरि पछि नापो लिँदा नपुग हुने भाग वा परिणाम; जर्ती।
19764 खापाखाप क्रि.वि. परस्परमा वा एकअर्कामाथि खाप्ने काम; खाताखात; पत्रैपत्र।
19765 खापिनु क.क्रि. एकमाथि अर्को थपिनु; खप्टिनु।
19766 खापी ना. नैनसुतजस्तो पातलो छाप्ने एक थरी कपडा।
19767 खापैखाप ना. एउटा खापमाथि अर्को खाप; एउटा तहमाथि अर्को तह; खापहरूको समूह; खातैखा।
19768 खाप्टा ना. मोटामोटा बाँसलाई तीनचार चिरा पारी प्याङ आदि बनाउन तयार पारिएको फराकिलो भाटा।
19769 खाप्रे ना. जस्ताको खानीबाट निस्कने धातुजस्तो पदार्थ; एक प्रकारको उपधातु।
19770 खाप्रो ना. कपडा (छारखाप्रो)।
19771 खाप्सियो ना. राडी, पाखी, धोक्रो, बोरा आदि सिउने ठुलो सियो; भोटेसियो।
19772 खाभाङ ना. राईलिम्बूका घरको कुनामा माटाको भाँडामा झुन्ड्याइने इष्टदेवता।
19773 खाम्नु स.क्रि. १. खामभित्र चिठीपत्र हालेर बन्द गर्नु।
19774 खाम्नु स.क्रि. २. पसाउनु, हुल्नु।
19775 खाम्नु स.क्रि. ३. थाम्नु थेग्नु।
19776 खाम्नु स.क्रि. अ.क्रि. ४. अटाउनु।
19777 खाम्नु स.क्रि. ५. पुग्ने हुनु, ठिक हुनु।
19778 खाम्नु स.क्रि. ६. कुनै काम गर्न सकिन्छ भन्ने ठान्नु।
19779 खाम्नु स.क्रि. (उदा.- मनले खाम्छ भने यो काम गर्नु मनासिब छ)।
19780 खाम ना. १. ठिक्क वा लाम्चो चारकुने आकारमा काटी चारैतिर दोब्य्राएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो; लिफाफा।
19781 खाम ना. २. दुवै कुमका फेददेखि हातका माझी औंलासम्म कोप्रो पार्दा बन्ने आकार; फेरो; अँगालो।
19782 खाम कुरा ना. मगराँती भाषालाई भनिने शब्द; मगरभाषा; मगरकुरा।
19783 खामस वि. १. आपद् - विपत् परे पनि धैर्य लिन सक्ने; शान्त; सहनशील; चुप।
19784 खामस वि. ना. २. धैर्य; शान्ति।
19785 खामस वि. खामस खानु - टु. धैर्य लिनु।
19786 खामिनु अ.क्रि. १. अटाउनु भित्र पस्नु।
19787 खामिनु अ.क्रि. २. पुग्नु; ठिक हुनु।
19788 खामी ना. पोते, मोती, सिक्री आदि झुन्ड्याउनाका निम्ति स्वास्नीमानिसले कुममा लाउने सुनचाँदीको बाटुलो गहना।
19789 खामो ना. घरगोठ आदिको दलिन, छानो आदिलाई थाम्न बनाइएको कापे थाम; चोके परेको मोटो काठ; खाँभो।
19790 खामोस ना. १. धैर्य; सहनशीलता।
19791 खामोस ना. २. चुपचाप; मौन।
19792 खामोस ना. वि. ३. धैर्य भएको; सहनशील; चुप लागेको।
19793 खामोसी ना. खामोस रहने भाव वा अवस्था।
19794 खायल ना. १. कुनै घरले चर्चेको जमिनको कित्ता वा खण्ड; खेती गरिने जग्गा।
19795 खायल ना. २. किसिम; प्रकार।
19796 खायस ना. १. कुनै कुराको चाह; रुचि; चासो; वास्ता।
19797 खायस ना. २. प्रयोजन; आवश्यकता; जरुर।
19798 खायोजियो ना. १. खाइजीविका; गुजारा; निर्वाह।
19799 खार्नु स.क्रि. १. नौनी आदिलाई पकाएर कस फ्याँकी निक्खर पार्नु; शोधन गर्नु, परिष्कार गर्नु।
19800 खार्नु स.क्रि. २. नमिलेका कान्लाकान्ली वा ढिस्काढिस्की जमिनलाई खनेर, ताछेर सम्म्याउनु।