Dictionary

All Word

19851 खाल्पा वि. बुढ्याइँले मासु झोलुङ्गिएको (मानिस); बेत बसेको वा काम नलाग्ने अवस्थामा पुगेको (गाई, भैंसी इ.)।
19852 खाल्वा ना. हिमाली भेगमा भारी बोकी ओहरदोहर गर्ने भेडा।
19853 खावा ना. १. किल्ला, सहर आदिको सुरक्षाका निमित्त हातावरिपरि खनेर बनाइएको जलपूर्ण खाडल, खाई।
19854 खावा ना. २. शत्रुले हमला गर्न नसक्ने उद्देश्यले गहिरो र नाघ्न नसकिने गरी किल्लामा बनाइएको खाल्टो वा सानो घाटी।
19855 खावा ना. कुनै काम गर्नाका लागि तोकिएको अवधि; भाका; म्याद।
19856 खावा ना. (उदा.- हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ।
19857 खावा ना. बेसरी उमालेर बाक्लो पारी तताइएको दुध।
19858 खावा खिर ना. १. खावा र खिर।
19859 खावा खिर ना. २. खावा र खिर जस्तै मिठो भोजन।
19860 खास वि. १. जस्तो छ त्यस्तो; जस्ताको त्यस्तो।
19861 खास वि. २. प्रमुख; विशेष; मुख्य।
19862 खासखुस क्रि.वि. १. नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस।
19863 खासखुस क्रि.वि. ना. २. भित्रभित्रै भइरहेको कुनै गोप्य कुरा वा निन्दनीय कामका बारेमा बाहिर अलि-अलि सुनिन थालेको हल्ला; गाइँगुइँ।
19864 खासखुस क्रि.वि. ३. गोप्य कुराकानी; कानेखुसी; साउती।
19865 खासखुसे वि. खासखुस गर्ने; साउती गरेजस्तो।
19866 खासा वि. १. राम्रो असल, उम्दा; जाती; बेस; विशेष किसिमको।
19867 खासा वि. २. ना. कोदारीनजिकैको तिब्बती बजार।
19868 खासी ना. तामा, पित्तल आदि धातुको पकाउने ठुलो भाँडो; ठो।
19869 खासी वि. १. मन परेको ; प्यारो; प्रिय; अन्तरङ्ग।
19870 खासी वि. २. पत्यारको; भरपर्दो ; विश्वास गर्न सकिने।
19871 खास्टो ना. डम्बरकुमारी वा ढाकालाई प्रायः मलमल कपडाले छापी बनाइएको ओढ्ने; दुई वा तीन तह भएको बाक्लो सुती पछ्यौरा।
19872 खाहमखाह क्रि.वि. इच्छा नभए पनि; नाहक; जबरजस्ती।
19873 खिँच्नु स.क्रि. १. कुनै वस्तुलाई आफूतिर तान्नु, घिच्च्याउनुः खँचनु।
19874 खिँच्नु स.क्रि. २. फैलिएका वस्तुहरू एकै ठाउँमा सँगेट्नु समेट्नु; केन्द्रीभूत पार्नु।
19875 खिँच्नु स.क्रि. ३. कम खर्च गर्नु; फर्माइस नगर्नु, किफायत गर्नु।
19876 खिँच्नु स.क्रि. ४. सारांश झिक्नु तेरिज निकाल्नु।
19877 खिँच्नु स.क्रि. ५. क्यामराले फोटो लिनु, तस्बिर वा चित्र उतार्नु।
19878 खिँचाइ ना. खिचाइ।
19879 खिँचाइनु क.क्रि. खिचाइनु।
19880 खिँचाउनु प्रे. क्रि. खिचाउनु।
19881 खिँचातान ना. तानातान; खिँचातान।
19882 खिँचातानी १. एउटै वस्तुलाई दुईतर्फबाट तान्ने क्रिया वा स्थिति; तानातान; खिचातानी, खिँचातान।
19883 खिँचातानी २. कुनै कामकुरालाई दुईतीनतिरबाट घुमाउने वा बङ्ग्याउने चाल परस्परमा हुने विरोधी उद्योग।
19884 खिइनु अ.क्रि. १. घोटिएर वा दलिएर घट्न जानु; सानो हुँदै जानु; पातलिँदै जानु।
19885 खिइनु अ.क्रि. २. खई जम्नु, खिया लाग्नु।
19886 खिइनु अ.क्रि. ३. सन्तान नसप्रनु।
19887 खिइनु अ.क्रि. ४. दुब्लाउनु, ख्याउटे बन्नु।
19888 खिइनु अ.क्रि. ५. मासिँदै जानु।
19889 खिउनी ना. काँचो दुधमा वा पानीमा चामलको पिठो फेटेर झाँजरबाट चुहाई पकाइएको रोटी; झलैयाँ।
19890 खिका ना. धोती, पछ्यौरा आदिको किनारा।
19891 खिङ्गुली वि. १. कन्जुस; मक्खीचुस; किरन्टोकी।
19892 खिङ्गुली वि. २. तल्लो तहको नीच; निन्दनीय।
19893 खिच्नु स.क्रि. १. कुनै वस्तुलाई आफूतिर तान्नु, घिच्च्याउनुः खँचनु।
19894 खिच्नु स.क्रि. २. फैलिएका वस्तुहरू एकै ठाउँमा सँगेट्नु समेट्नु; केन्द्रीभूत पार्नु।
19895 खिच्नु स.क्रि. ३. कम खर्च गर्नु; फर्माइस नगर्नु, किफायत गर्नु।
19896 खिच्नु स.क्रि. ४. सारांश झिक्नु तेरिज निकाल्नु।
19897 खिच्नु स.क्रि. ५. क्यामराले फोटो लिनु, तस्बिर वा चित्र उतार्नु।
19898 खिचखिच क्रि.वि. नचाहिँदो किसिमले कुरा काट्ने गरी; खिचोला झिक्ने किसिमले।
19899 खिचडी ना. १. खिच्रो।
19900 खिचडी ना. २. एकै ठाउँमा विभिन्न वस्तुको सम्मिश्रण वा मिलावट।