Dictionary

All Word

19951 खित्रिक्क ना. (उदा.- काममा खित्रिक्क भयो कि हाकिमको गाली खानुपर्छ)।
19952 खिदमत ना. तल्लो तहको सेवाटहल ; चाकरी।
19953 खिनाउरो वि. पातलो र दुब्लो शरीर भएको; सिकटे।
19954 खिन्न वि. १. चिन्ता र पश्चात्तापले सताइएको; खेद मानेको; क्षुब्ध।
19955 खिन्न वि. २. दिक्दार; दिक्क भएको; उदास।
19956 खिन्नता ना. खिन्न हुनाको भाव वा क्रिया; मानसिक ग्लानि; चिन्ता।
19957 खिप्नु स.क्रि. १. कसेर बुन्नु वा मिलाउनु।
19958 खिप्नु स.क्रि. २. मसिनु पारेर सिउनु।
19959 खिप्नु स.क्रि. ३. इच्छा गरेको दाउ पार्ने मनसायले पासा वा कौडा हान्न मिलाउनु।
19960 खिप ना. जुत्ता, कम्मरपेटी आदि अड्याउन धातुबाट बनेको अङ्कुसे।
19961 खिपाइ ना. खिप्ने क्रिया वा प्रक्रिया।
19962 खिपाइनु क.क्रि. खिप्न लाइनु।
19963 खिपाउनु प्रे.क्रि. खिप्न लाउनु, खिप्ने पार्नु।
19964 खिपाडोरी ना. बटारेर वा खिपेर बनाइएको बाबियोको खिरिलो, बलियो डोरी।
19965 खिपाहा वि. १. खिप्न सिपालु; खिप्न जान्ने।
19966 खिपाहा वि. २. खिपेर वा मिलाएर पासा वा कौडा हान्ने।
19967 खिपुवा वि. खिपेर बनाइएको; खिपिएको।
19968 खिप्ती ना. १. कुनै काम मिहिनेतसँग गर्ने अटूट प्रक्रिया।
19969 खिप्ती ना. २. शब्दहरूको निर्वचन; व्युत्पत्ति।
19970 खिमी ना. थकाली परिवारमा कुनै व्यवतिको मृत्यु हुँदा माउथलोमा दश-बाह्र फुट चाक्लो र चार फुटजति अग्लो पारी मानेका आकारमा ढुङ्गाले बनाइने र त्यसै खाडलमा अस्थि राखिने मठ।
19971 खिया ना. धातुका भाँडामा लाग्ने कस; खई।
19972 खियाइ ना. १. खिइने क्रिया वा प्रक्रिया।
19973 खियाइ ना. २. खियाउने क्रिया वा प्रक्रिया।
19974 खियाइनु क.क्रि. १. खिइने पारिनु।
19975 खियाइनु क.क्रि. २. डुङ्गा, नाउ आदि खियाउने काम गरिनु।
19976 खियाउनु स.क्रि. १. डुङ्गा चलाउनु, बहना चलाउनु।
19977 खियाउनु स.क्रि. २. पौडनु; पौडी खेल्नु।
19978 खियाउनु स.क्रि. ३. बाटो हिँड्नु।
19979 खियाउनु प्रे.क्रि. १. घोटेर वा दलेर पातलो पार्नु, घटाउनु।
19980 खियाउनु प्रे.क्रि. २. खिया लाग्ने पार्नु।
19981 खियौना ना. डुङ्गा खियाउने डाँडी; बहना।
19982 खिर ना. दुधमा पकाइएको भात, दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ; पायस; तस्मै।
19983 खिर काँक्रो ना. सेतो जातको एक थरी काँक्रो।
19984 खिरखिर ना. १. गरिखाने मेलो।
19985 खिरखिर ना. २. चुरीफुरी; तुजुक।
19986 खिरिखिरी ना. १. गरिखाने मेलो।
19987 खिरिखिरी ना. २. चुरीफुरी; तुजुक।
19988 खिरखिरे ना. १. घट्टमा अन्न झर्ने हुँड थर्काउनका निम्ति सोलीका पिँधमा झुन्ड्याइने वस्तु; पुतली।
19989 खिरखिरे ना. २. इनारबाट पानी झिक्न सजिलो र डोरो नखिइने पार्न इनारमाथि जडिएको पाङ्ग्रो; घिर्नी।
19990 खिरिलो वि. १. मसिनो र खँदिलो; कसिएर बाटिएको (डोरी)।
19991 खिरिलो वि. २. सानो भईकन दहो; दर्बिलो, पुष्ट।
19992 खिरौँलो ना. लामा पात, साना राता फूल, लाम्चा, चिप्ला साना फल र कालो गुदी तथा कन्द हुने र आयुर्वेदका अनुसार रुचिकारक र धातु बग्ने रोगलाई नाश गर्ने गुण भएको एक बुटी; कालो र सेतो दुई भेद हुने त्यसैको कन्द।
19993 खिर्नी ना. टुप्पा थोरै फाटेका पात हुने, सेता फूल फुल्ने एक वृक्ष वा जुरेकाफलका जस्ता दाना हुने त्यसैको फल; राजादनी।
19994 खिऱ्याइ ना. खिहिऱ्याउने काम वा प्रक्रिया।
19995 खिऱ्याइनु अ.क्रि. खिहिऱ्याइनु।
19996 खिऱ्याउनु अ.क्रि. नमिठो स्वाद आउनु; खिहिऱ्याउनु।
19997 खिर्रो ना. लाम्चा, मसिना पात हुने र चोप निस्कने विषालु किसिमको एक रुख वा ससाना गेडा हुने त्यसैको फल।
19998 खिल्नु स.क्रि. १. मौरी, बारुला, अरिङ्गाल आदि किराले खिल गाड्नु; डस्नु।
19999 खिल्नु स.क्रि. २. गोभ्नु रोप्नु।
20000 खिल्नु स.क्रि. ३. उन्नु, गाँस्नु।