Dictionary

All Word

20051 खील ना. ३. पात आदि गाँस्ने सिन्का; सिन्का।
20052 खील ना. ४. आलपिन; पिन।
20053 खिल पल्टनु टु. काँडा आदि बिझेर ननिस्कनु; घाउ, खटिरा पाकेर भित्र पिप जमेको ठाउँमा मासुको डल्लो बन्नु; खिल बन्नु।
20054 खुँखार वि. १. ठुलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो।
20055 खुँखार वि. २. हत्यारो; नृशंस।
20056 खुँगा ना. मुखपट्टि फुकेको, तलतिर साँघुरो भएको र भित्रपट्टि काँडा वा चोसा फर्काइएको चोयाको माछा मार्ने साधन।
20057 खुँगे ना. १. अप्ठेरो कुरा, असजिलो अवस्था; खोते; अड्को।
20058 खुँगे ना. २. खुँगा।
20059 खुँज ना. १. लहरा र रुख- पातले झ्याम्म परेको ठाउँ, लताकुञ्ज।
20060 खुँज ना. २. अप्ठेरो ठाउँ; घाँच।
20061 खुँजेली वि. १. खँजमा बस्ने मान्छे।
20062 खुँजेली वि. २. अशिक्षित; रहनसहन राम्रो नभएको; असभ्य।
20063 खुँजेली वि. ३. नेपाली जातिको एक थर।
20064 खुँड्नु स.क्रि. पुवा, तरकारी आदि डाडुले थिचेर टुक्र्याउनु, थिच्नु, धुल्याउनु।
20065 खुँडा ना. टुप्पो चेप्टो र थोरै घुमाउरो भएको अर्धचन्द्राकार ठुलो खड्ग, विशेषत: दसैंघरमा मार हान्दा प्रयोग हुने एक किसिमको घातक हतियार।
20066 खुँडाइ ना. खुँड्ने काम वा प्रक्रिया।
20067 खुँडाइनु क.क्रि. खुँड्न लाइनु।
20068 खुँडाउनु प्रे. क्रि. दाल, तरकारी आदि डाडुले थिचेर टुक्र्याउन लाउनु, खुँड्न लाउनु।
20069 खुँडिनु अ.क्रि. १. खुँड्ने काम गरिनु, धुल्याइनु।
20070 खुँडिनु अ.क्रि. २. धुलो हुनु, मसिनिनु।
20071 खुँडे वि. १. ओठको बिच भाग काटिएको वा चिरिएको।
20072 खुँडे वि. २. मोहडा भाँचिएको वा काटिएको; सुँडो।
20073 खुँडो वि. १. ओठको बिच भाग काटिएको वा चिरिएको।
20074 खुँडो वि. २. मोहडा भाँचिएको वा काटिएको; सुँडो।
20075 खुँद्नु स.क्रि. खुट्टाले कुल्चीकाल्वी पार्नु, थिचीमिची पार्नु।
20076 खुँदाइ ना. खुँद्ने क्रिया वा भाव।
20077 खुँदाइनु क.क्रि. थिचीमिची पारिनु खुँद्न लाइनु।
20078 खुँदाउनु प्रे.क्रि. खुँद्न लाउनु।
20079 खुँदाखुँद ना. पालैसित गरिने कुल्चीकाल्वी; परस्परमा खुद्ने काम।
20080 खुँदिनु अ.क्रि. खुँद्ने काम गरिनु।
20081 खुइय्य ना. ज्यादै थकाइ लाग्दा वा दिग्दार हुँदा मुखबाट निक्लने शब्द; सुइय्य।
20082 खुइरे वि. खुइलिएको; खुइले।
20083 खुइलिनु अ.क्रि. १. रोगविशेषले वा तातो पानी पर्नाले रौँ झर्नु, खल्वाट हुनु।
20084 खुइलिनु अ.क्रि. २. कुनै कारणवश रङ उड्नु; रङ फीका पर्नु।
20085 खुइलिनु अ.क्रि. ३. लडेर वा पोलेर छाला जानु; छाला ताछिनु।
20086 खुइले वि. १. कपालका रौँ खुइलिएको; खुइरे।
20087 खुइले वि. २. रुखबिरुवा केही नभएको; नाङ्गो (पाटो, डाँडो आदि)।
20088 खुइलो ना. तालु खुइले।
20089 खुइल्याइ ना. खुइलिने भाव, क्रिया वा प्रक्रिया।
20090 खुइल्याइनु क.क्रि. खुइलिने पारिनु; भुत्ल्याइनु।
20091 खुइल्याउनु स.क्रि. खुइलिने पार्नु; भुत्ल्याउनु।
20092 खुई ना. १. खला आदिमा सुकाइएको बिस्कुन थुप्याउने, कोदालाका आकारको लामो बिँड भएको काठको साधन; फ्याउरी।
20093 खुई ना. २. ज्यादै थकाइ लागेका बखत मुखबाट निकालिने उराठिलो सुस्केरा।
20094 खुई ना. खिया; खई।
20095 खुकुन्डी ना. १. काखी।
20096 खुकुन्डी ना. २. काखीबाट आउने पसिनाको गन्ध।
20097 खुकुन्डो ना. १. तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो।
20098 खुकुन्डो ना. २. गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने किलो; घाँडो।
20099 खुकुरी ना. ना. केही घुमेको र बिचमा थोरै नुहेको सिरुपाते, तरबारे, भुँडे आदि भेद हुने एक प्रसिद्ध नेपाली हतियार।
20100 खुकुलो वि. १. नकसिएको; सजिलैसँग फुस्कने; होलो; फस्को।