Dictionary

All Word

20101 खुकुलो वि. २. फितलो स्वभाव भएको; पेटमा कुरा नअड्याउने।
20102 खुङ्खार वि. डरलाग्दो; भयानक; नृशंस; खुँखार।
20103 खुच्चिङ वि. बो. गर्न नहुने वा नगर्नुपर्ने काम गर्दा दुःख पाउनेलाई इख्याएर भनिने शब्द, खाइस् त ! ( उदा.- खुच्चिङ, भनेको नमानेर कुदेको होइन ? लडियो नि!)।
20104 खुजुरा ना. फुटकर पैसा, चानचुन पैसा खुद्रा; रेजगी।
20105 खुट्नु स.क्रि. १. सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु।
20106 खुट्नु स.क्रि. २. सिन्को घोचेर भाँची दुना टपरी आदि बनाउनु।
20107 खुट ना. भराइको खेप (एक खुट तोरी, पाँच खुट नुन इ.)।
20108 खुट ना. १. हराएको कुनै कुराको पत्तो; अत्तोपत्तो; ठेगाना; दिशा।
20109 खुट ना. (उदा.- भाइ कहाँ पुगेका रहेछन्, केही खुट लाग्यो कि ? )।
20110 खुट ना. २. निधो; निश्चय।
20111 खुट ना. (उदा.- यस कामको छिटै खुट गरिहाल्नुप-यो )।
20112 खुट ना. ३. खुट्को, गडेको पिर।
20113 खुटखबर ना. पक्का खबर; निश्चित समाचार।
20114 खुटाइ ना. खुट्ने भाव, क्रिया वा प्रक्रिया।
20115 खुटाइनु क.क्रि. खुट्न लाइनु।
20116 खुटाउनु प्रे. क्रि. खुट्न लाउनु।
20117 खुटिनु क.क्रि. बलियो र मसिनो पारी सिइनु, खुट्ने काम गरिनु।
20118 खुटी ना. १. लुगाहरू झुन्ड्याउनाका निम्ति भित्तामा ठोकिने सानो चेप्टो फल्याक।
20119 खुटी ना. २. सानो किलो; किलो।
20120 खुटीवाल वि. गोठ कुर्ने; गोठमा बसेर गाईबस्तुको रेखदेख गर्ने।
20121 खुटुवा वि. खुटेर बलियोसँग सिइएको।
20122 खुट्किलो ना. फल्याक आदि हालेर वा खण्ड- खण्ड पारी माटो ताछेर बनाइएको सिँढी; भयङको तह; खुड्किलो।
20123 खुट्को ना. १. कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को।
20124 खुट्को ना. २. मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो धोको।
20125 खुट्को ना. ३. एक चोटि खुटेर सिइएको डोब; सुर्को।
20126 खुट्टिनु अ.क्रि. कुनै कुरा 'यही हो' भनेर ठम्मिन; किटिनु वा तोकिनु, निश्चय हुनु, ठहरिनु।
20127 खुट्टी ना. १. सानो र दुब्लो खुट्टो।
20128 खुट्टी ना. २. काटेका खसी, बोका आदिको खुट्टो।
20129 खुट्टेसो ना. गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो।
20130 खुट्टे वि. १. गोडा सुन्निएको ठुलो गोडा भएको, हात्तीपाइले।
20131 खुट्टे वि. २. खुट्टा भएको (खाट, पिर्का आदि)।
20132 खुट्टे किलो ना. १. चढ्नका निम्ति रुखमा काटेको डोब।
20133 खुट्टे किलो ना. २. भिर-पहरामा उक्लँदा टेक्न र समाउन गाडिएको किलो।
20134 खुट्टे डोरी ना. विशेष गरेर दुहुने बेला गाईबस्तुको खुट्टा अल्झाउने डोरी।
20135 खुट्टो ना. हिँड्ने काम गर्ने शरीरको तल्लो अवयव, गोडा; पाउ; चरण।
20136 खुट्टयाँसो ना. गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो।
20137 खुट्ट्याइ ना. खुट्टिने काम, क्रिया वा प्रक्रिया।
20138 खुट्ट्याइनु क.क्रि. निधो गरिनु, ठहऱ्याइनु।
20139 खुट्ट्याउनु स.क्रि. १. 'यही हो' भनेर ठम्याउनु, किट्नु; तोक्नु, निधो गर्नु।
20140 खुट्ट्याउनु स.क्रि. २. पत्ता लाउनु।
20141 खुट्ट्याउनु स.क्रि. प्रे. क्रि. ३. खुट्टिने पार्नु।
20142 खुट्ने वि. खुट्ने काम गर्ने; सिउने।
20143 खुट्ने टाँका ना. सामान्य सिलाइपछि बलियो बनाउनका लागि गरिने सिलाइ वा टाँका; लुगा सिउने एक किसिमको टाँका।
20144 खुट्ला ना. थारूजातिका अविवाहित युवतीले नाकमा लगाउने एक प्रकारको गहना।
20145 खुड्किलो ना. भयङको तह, लिस्नाको खण्ड; सिँढी; खुट्किलो।
20146 खुड्को ना. १. कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को।
20147 खुड्को ना. २. मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो धोको।
20148 खुड्को ना. ३. एक चोटि खुटेर सिइएको डोब; सुर्को।
20149 खुतखुती क्रि.वि. १. केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती।
20150 खुतखुती क्रि.वि. २. फुतफुती।