Dictionary

All Word

20251 खुम्रे वि. स्त्री. खुम्री।
20252 खुम्रे किरो ना. मकै आदिका जरामा लाग्ने किरो; खुम्लेकिरो।
20253 खुम्रो ना. बुढ्याइँले कुँजिएको वा दोब्रिएको; जराजीर्ण; खुन्रो।
20254 खुम्ग्राइ ना. खुम्रिने क्रिया वा प्रक्रिया।
20255 खुम्याइनु क.क्रि. खुम्याउने काम गरिनु।
20256 खुम्याउनु स.क्रि. खुम्रिन लाउनु; खुम्रिने पार्नु।
20257 खुम्ले वि. कुम्लो बोकेजस्तो।
20258 खुम्ले किरो ना. मकै आदिका जरामा लाग्ने किरो; खुम्लेकिरो।
20259 खुम्ले बुढो ना. साह्रै बुढो भई कुप्रो परेर पिठ्यूँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रे बुढो।
20260 खुम्ले बुढो ना. स्त्री. खुम्ले बुढी।
20261 खुर ना. गाईबस्तु आदि पशुको खुट्टामा रहेको, प्रायः गोल र दुई भागमा फाटेको कडा टेक्ने भाग; टाप।
20262 खुरन्धार ना. कुनै कामकुरामा एकोहोरो लाग्ने काम वा स्थिति; कुनै कामकुरो फत्ते पार्न मरिमेट्ने चाल; तल्लीनता।
20263 खुरमुरिनु अ.क्रि. माथिबाट तलतिर ठाडै झर्नु, रुख आदिबाट खँगारिनु।
20264 खुरमुऱ्याइ ना. खुरमुरिने काम वा प्रक्रिया।
20265 खुरमुऱ्याइनु क.क्रि. ठाडै माथिबाट तलतिर झारिनु।
20266 खुरमुऱ्याउनु प्रे.क्रि. ठाडै माथिबाट तलतिर झार्नु; खसाल्ने काम गराउनु।
20267 खुरा ना. १. जुत्ताको कुर्कुच्चा।
20268 खुरा ना. २. ढोकाको तल्लो वा माथिल्लो आरतीका प्वालमा पस्ने खापाको चुच्चो भाग।
20269 खुराक ना. १. तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन।
20270 खुराक ना. २. एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण।
20271 खुराक ना. ३. एक पटकमा खानुपर्ने औषधीको मात्रा वा परिमाण।
20272 खुराकिलो वि. खुराक लाग्ने खालको; तागतिलो; पोसिलो; पौष्टिक।
20273 खुराकी ना. १. खुराकका लागि दिइने धन वा वस्तु; भोजन आदिको सरसामान।
20274 खुराकी ना. वि. ३. खुराक खाने।
20275 खुराफात ना. १. गर्न नहुने वा अरूलाई बाधा पार्ने खालको कामकुरो; उटपट्याङ; उपध्रो।
20276 खुराफात ना. २. ज्यादै फोहरी वा बिगार पार्ने कुराकानी।
20277 खुराफाती वि. खुराफात गर्ने; खुराफातसम्बन्धी।
20278 खुरिनु अ.क्रि. १. धान, जौ, गहुँ आदि अन्नको बाली धेरै पाकेर वा सुकेर झर्ने अवस्थामा पुग्नु।
20279 खुरिनु अ.क्रि. २. अन्नपात ज्यादा सुक्नु; झुरिनु।
20280 खुरिखन्ड वि. समाप्त; सखाप; निःशेष; खतम।
20281 खुरिखन्ड वि. (उदा.- अचेल पाखाभित्ताहरू खुरिखण्ड छन्, यसैले घाँस पाइँदैन)।
20282 खुरुक्क क्रि.वि. सजिलैसित; कुनै बाधाविरोधविना ( काम गर्ने किसिम); सुरुक्क।
20283 खुरुखुरु क्रि.वि. लगातार; नरोकीकन (काम गर्दै जाने किसिम)।
20284 खुरुड्गो वि. धेरै खिइसकेको, पातलो र सानो (डाडु, पन्यु, हँसिया इ.)।
20285 खुर्कनु स.क्रि. १. काट्ने हतियारले वा अन्य कुनै साधनले फल, वृक्ष आदिको बोक्रा फाल्नु, ताछ्नु।
20286 खुर्कनु स.क्रि. २. बाहिर सतहमा उम्रेको वा टाँसिएको कुनै वस्तु कुटो, खुर्पी आदि हतियारले वा अन्य कुनै साधनले कोर्नु, उप्काउनु।
20287 खुर्काइ ना. खुर्कने क्रिया वा प्रक्रिया।
20288 खुर्काइनु क.क्रि. खुर्कन लाइनु; तछाइनु।
20289 खुर्काउनु प्रे. क्रि. खुर्कन लाउनु; तछाउनु।
20290 खुर्किनु स.क्रि. खुर्कनु।
20291 खुर्ची ना. हात्ती, घोडा, गोरु आदिलाई बोकाइने भारी हाल्ने ठुलो थैलो।
20292 खुर्पा ना. १. दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठुलो र बलियो हतियार।
20293 खुर्पा ना. २. जमिनको घाँस खुर्कने फलामको पन्युजस्तो हतियार।
20294 खुर्पानी ना. आरुका जस्ता पात र फूल हुने आरुकै जातको एक बोट वा केही पहेँलो, चिल्लो फल लाग्ने त्यसको फल।
20295 खुर्पी ना. सानो खुर्पा; खुपैंचा।
20296 खुर्पे वि. खुर्पाजस्तो; खुर्पासम्बन्धी; खुर्पाका बान्कीको।
20297 खुर्पे चाँद ना. १. खुर्पाको जस्तो आकार भएको चन्द्रमा; अर्द्धचन्द्र।
20298 खुर्पे चाँद ना. २. पहिलेपहिले फौजी हवलदार आदिका पगरीमा दर्जा जनाउन जडिने वा लगाइने चाँदीको अर्धचन्द्र।
20299 खुर्पेटो वि. जिउमा भिरेर खुर्पा हाल्ने काठको दाप; खुर्पेठ्याक।
20300 खुर्पेठ्याक ना. १. खुर्पाले जङ्गल फाँडेर आबाद गरेको जग्गाजमिन।