Dictionary

All Word

20351 खुलाउनु प्रे. क्रि. ५. सुहाउने तुल्याउनु।
20352 खुलासा वि. १. साफसाफ, सफा; स्पष्ट।
20353 खुलासा वि. २. खुलस्त, खुला।
20354 खुलुक्क क्रि.वि. एकैचोटि वा नरोकिने गरी (खाने वा निल्ने किसिम), खुर्लुक्क, सलक्क।
20355 खुलुल्ल क्रि.वि. अलि चड्का छाँटले (पानी बग्ने किसिम); सलल्ल; सुलुल्ल।
20356 खुलुल्ल क्रि.वि. (उदा.- खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ)।
20357 खुलेआम क्रि.वि. सबैको सामु; विनाढाकछोप; खुल्लमखुल्ला।
20358 खुल्किनु १. शरीरका रौं वा भुत्ला निक्लनु, खुइलिनु।
20359 खुल्किनु २. लिङ्गको छाला उत्रनु वा सोहोरिनु।
20360 खुल्किनु ३. मात्तिनु निफुल्किनु; छेक्राउनु।
20361 खुल्किनु ४. सोचेजस्तो परिणाममा नपुग्नु वा असफल हुनु।
20362 खुल्क्याइ ना. खुल्किने काम वा प्रक्रिया।
20363 खुल्क्याइनु क.क्रि. खुल्किन लाइनु; खुइल्याइनु।
20364 खुल्क्याउनु प्रे. क्रि. ० काटिइसकेका खसी, बोका आदिका रौंलाई तातो पानी हालेर खुर्किनु, खुइल्याउनु।
20365 खुल्क्याउनु प्रे. क्रि. स.क्रि. २. राम्रो परिणाममा पुग्न नसकेका वा असफल भएकालाई खिस्याएर व्यङ्ग्य गर्नु।
20366 खुल्क्याहट ना. खुल्क्याउने क्रिया वा प्रक्रिया; खुल्क्याइ।
20367 खुल्लमखुल्ला क्रि.वि. ढाकछोप केही नगरीकन; खुलस्तसित; खुलेआम।
20368 खुवा ना. धेरै बेरसम्म दुध पकाउँदै घोट्दै गरेर बनाइएको, पेडा आदि मिठाई बनाइने खाद्य पदार्थ; कुराउनी।
20369 खुवा ना. राणाशासनमा विभिन्न पदका रोलवालाहरूको हातखर्चका लागि उठती पाउने गरी पदअनुसार ठेकिएका जग्गा; एक किसिमको बिर्ता।
20370 खुवा खान्की ना. १. खुवाबाट आउने तलब; महिनावारी; वेतन।
20371 खुवा खान्की ना. २. ठेकिएको वस्तु वा रकम।
20372 खुवा खान्की ना. ३. खवाइ, खाना।
20373 खुवा खान्गी ना. खुवा खान्की।
20374 खुवाइ ना. खुवाउने क्रिया वा प्रक्रिया।
20375 खुवाइनु क.क्रि. खान लाइनु; भोजन गराइनु।
20376 खुवाउनु प्रे.क्रि. खान लाउनु वा दिनु, भोजन गराउनु।
20377 खुस वि. १. आफ्नो स्थिति वा परिस्थितिसँग पूरै सन्तुष्ट भएको; प्रसन्न।
20378 खुस वि. २. आफू वा अरू कसैद्वारा गरिएको कार्यबाट सन्तोष अनुभव गर्ने; आनन्दि।
20379 खुस वि. ३. प्यारो, राम्रो वा मन पर्ने; सुन्दर (खुसखबर)।
20380 खुस वि. ना. ४. इच्छा।
20381 खुस वि. (उदा.- खुस परे जाऊ, नपरे नजाऊ)।
20382 खुसखबरी ना. खुसीको खबर वा समाचार; सुन्दा मन प्रसन्न गराउने खबर।
20383 खुसखुसे वि. १. अरूले नसुन्ने गरी कसैसँग बिस्तारै कुरा गर्ने; साउती गर्ने; खुसखुस गर्ने।
20384 खुसखुसे वि. २. अर्काको चुक्ली लगाउने; छुल्याहा; पेटाहा; घुसघुसे।
20385 खुसबु ना. १. मिठो बास्ना; सुगन्ध; सौरभ।
20386 खुसबु ना. २. अत्तर; सेन्ट।
20387 खुसमिजाज वि. हँसमुख; प्रसन्न स्वभावको; प्रसन्नचित्।
20388 खुसहाल वि. सुखी; सम्पन्न; कुनै कुराको कमी नभएको।
20389 खुसहाली ना. १. खुसहाल हुने काम वा अवस्था; सन्तोष; प्रसन्नता।
20390 खुसहाली ना. २. जायजेथा पर्याप्त भएको अवस्था; सम्पन्नता।
20391 खुसामद ना. आफ्नो काम पटाउन वा स्वार्थसिद्धिका लागि कसैलाई प्रसन्न पार्न गरिने झुटो प्रशंसा; चाकडी, चापलुसी।
20392 खुसामदी वि. खुसामद गर्ने; मिथ्या प्रशंसा वा चाकडीद्वारा स्वार्थसिद्धि गर्ने।
20393 खुसी ना. १. मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता।
20394 खुसी ना. २. मनको भाव; इच्छा।
20395 खुसीयाली ना. खुसी वा प्रसन्न भएको अवस्था; हर्षबढाइँ।
20396 खुसुक्क क्रि.वि. १. अरूले चाल नपाउने गरी (केही वस्तु लैजाने किसिम); सुटुक्क।
20397 खुसुक्क क्रि.वि. २. अरूलाई थाहा नदिई वा अरूले थाहा नपाउने गरी (जाने वा भाग्ने किसिम); खुरुक्क; लुसुक्क।
20398 खुसुक्क क्रि.वि. ३. थाहा नपाइने गरी (गाँठो आदि फुस्कने किसिम)।
20399 खुसुखुसु क्रि.वि. अरूले चाल नपाउने गरी (कुरा लाउने किसिम)।
20400 खुस्कनु अ.क्रि. १. फुस्कनु खुल्नु।