Dictionary

All Word

20451 खेदुवा वि. २. धपाइएको; लघारिएको।
20452 खेदेपाइलो ना. १. पाइलो पनि टिक्न नदिने खालको खेदो; पाइलापाइलामा खेदो खन्ने काम।
20453 खेदेपाइलो ना. २. बस्न वा टिक्न नहुने गरी पाइलैपिच्छे गरिने निन्दा वा अहित कार्य।
20454 खेदो ना. १. कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चो गर्दै बस्नटिक्न नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकिलो मास्न खोज्ने कामकुरो ; खोइरो; उछित्तो ; टोकसो।
20455 खेदो ना. २. सिकार; अहिरो।
20456 खेप्नु स.क्रि. १. कुनै मालसामान पटक पटक गरी ओसारपसार गर्नु; खेप गर्नु।
20457 खेप्नु स.क्रि. २. निर्वाह गर्नु, गुजरान गर्नु, धान्नु थेग्नु।
20458 खेप ना. १. एक पटकमा खेपेर वा बोकेर लगिने मालसामान।
20459 खेप ना. २. त्यस्तो मालसामान ओसारपसार गर्दाको पटक।
20460 खेप ना. ३. व्यापार आदिको यात्रा।
20461 खेप ना. ४. पटक; पल्ट; बाजि; चोटि।
20462 खेपुवा वि. १. पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने।
20463 खेपुवा वि. २. खेप्ने स्वभावको; ओसार्ने।
20464 खेपुवा वि. ३. खेप गरेर जीविका चलाउने (व्यक्ति)।
20465 खेमा ना. अस्थायी तवरले बनाइने प्रायः बाक्लो कपडा आदिको झुप्रो; शिविर; पाल।
20466 खेर्नु क.क्रि. केरकार गर्नु, केर्नु।
20467 खेर क्रि.वि. बरबाद; बिगार; नाश; हानि (खेर जानु, खेर फाल्नु, खेर हाल्नु इ.)।
20468 खेर ना. यो. समयमा छिनमा; बेलामा; बखतमा।
20469 खेर ना. यो. (उदा.- ऊ कतिखेर गयो ?)।
20470 खेराइ ना. खेर्ने भाव, क्रिया वा प्रक्रिया।
20471 खेराइनु क.क्रि. खेर्न लाइनु, केराइनु।
20472 खेराउनु प्रे. क्रि. खेर्न लाउनु, केराउनु।
20473 खेरि क्रि.वि. समयमा बेलामा; बखतमा।
20474 खेरि क्रि.वि. (उदा.- उसले यहाँ आउँदाखेरि मलाई भेट्यो )।
20475 खेल्नु स.क्रि. १. धन लगाएर वा नलगाईकन हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु।
20476 खेल्नु स.क्रि. २. मन बहलाउन, व्यायाम गर्न वा समय बिताउनका निम्ति कुनै खेलबाडमा भाग लिनु, राष्ट्रिय वा अन्तरराष्ट्रिय आदि खेलप्रतियोगितामा सामेल हुनु।
20477 खेल्नु स.क्रि. (उदा.- यस वर्षको फुटबल प्रतियोगितामा विदेशबाट पनि केही टिम फुटबल खेल्न आउँदै छन्)।
20478 खेल्नु स.क्रि. ३. नाटक आदिमा अभिनय गर्नु, नाचतमासा गर्नु।
20479 खेल्नु स.क्रि. ४. व्यापारमा पैसा लगाउनु, उद्योगव्यवसायमा धन खर्च गर्नु।
20480 खेल्नु स.क्रि. अ.क्रि. ५. मनमा शब्द, विचार आदिको तर्कवितर्क उब्जनु; भएनभएका कुरा मनमा उब्जनु।
20481 खेल्नु स.क्रि. ६. आफूभन्दा बलियोसँग जुध्नु।
20482 खेल्नु स.क्रि. (उदा.- ऊ बाघसँग खेलिरहेको छ)।
20483 खेल्नु स.क्रि. ७. हावाले हाँगा, पात आदि हल्लनु।
20484 खेल्नु स.क्रि. ८. हर्ष आदिले मन प्रसन्न हुनु।
20485 खेल्नु स.क्रि. ९. साना बालकहरू कुनै वस्तु, विचार वा चालमा एक्लै वा सामूहिक रूपमा अलमलिनु।
20486 खेल ना. १. मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद; खेलबाड, क्रीडा।
20487 खेल ना. २. व्यायामका लागि गरिने कामकुरो ( कपर्दीको खेल, भकुन्डोको खेल इ.)।
20488 खेल ना. ३. धन कमाउन गरिने मनोरञ्जनपूर्ण काम; तमासा ( जादुको खेल)।
20489 खेल ना. ४. लीला।
20490 खेल ना. ५. चालबाजी; पेच।
20491 खेल ना. ६. अति सजिलो वा तुच्छ काम।
20492 खेल ना. ७. विचित्र वा अद्भुत काम (भाग्यको खेल, दैवी खेल)।
20493 खेल ना. ८. जाल; झेल।
20494 खेलकुद ना. मन बहलाउन वा व्यायामका निम्ति खेल्ने वा कुद्ने काम; खेल; क्रीडा।
20495 खेलखाल ना. १. षड्यन्त्र; जालझेल; छलकपट।
20496 खेलखाल ना. २. तन्त्रमन्त्रपूर्वकको मारण, मोहन, उच्चाटन आदि अभिचारबाट हुने बाधा।
20497 खेलखाल ना. ३. चुक्लीचाक्ली; करनी; छेडपेच।
20498 खेलबहाड/बाड ना. १. सामान्य खेल वा क्रीडाका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल ख्यालठट्टा।
20499 खेलबहाड/बाड ना. २. दिल बहलाउने काम; मनोविनोद।
20500 खेलबहाड/बाड ना. ३. बेवास्ता; हेलचेक्य्राइँ।