Dictionary

All Word

20551 खैँजडे वि. १. कुनै पर्व, उत्सव वा भोजभतेरमा नडाकीकन आउने; निम्तोविना पनि सम्मिलित हुने।
20552 खैँजडे वि. २. निम्त्याइएका व्यक्तिका साथ पछि लागेर आउने; कसैको पुच्छर भएर हिँड्ने।
20553 खैँजडे वि. ३. खैँजडी बजाएर हिँड्ने।
20554 खैखबर ना. १. खोजखबर; हालखबर।
20555 खैखबर ना. २. अवस्थाविशेषको कुरो वा घटनाक्रम।
20556 खैनी ना. चुन मिलाएर खाइने सुर्तीका पातको नशादार धुलो।
20557 खैमल ना. ढोकामा ताल्चा मार्नाका निम्ति जडिने साधन; खल्मा।
20558 खैर ना. १. कुशल; क्षेम; कुशलमङ्गल।
20559 खैर ना. अव्य. २. 'जे भयो भयो, केही फिक्री छैन' भन्ने जनाउन प्रयोग गरिने उद्गार; अस्तु।
20560 खैराँते वि. १. निम्न तहको; तल्लो कक्षाको।
20561 खैराँते वि. २. असभ्य; अशिष्ट; नसुहाउँदो।
20562 खैराँते वि. ३. माग्ने स्वभावको र झुत्रे झाम्रे।
20563 खैराँते वि. ४. लेनदेन आदिको व्यवहारमा नमिल्ने।
20564 खैरा ना. १. खयरको ठेक्का लिने व्यक्ति।
20565 खैरा ना. वि. २. खयरसम्बन्धी; खयरको (जङ्गल)।
20566 खैरे वि. १. खैरो रङको (कुकुर आदि)।
20567 खैरे वि. २. काम नलाग्ने; बेकम्मा।
20568 खैरेनी ना. १. खयरको वन; प्रशस्त खयर भएको वन; खयरघारी।
20569 खैरेनी ना. २. स्थानको नाम।
20570 खैरो वि. १. खयरको जस्तो रङको; फुस्रो रङ्गको; फुस्रो।
20571 खैरो वि. २. फुस्रो रङ।
20572 खैरो पानी ना. जाँड-रक्सी।
20573 खैरो बेत ना. धाप नभएका वनजङ्गलमा उम्रने, डाँठ र पातमा कोप्रिएका काँडा हुने, बलियो र चाम्रो, सुकेपछि तेर्सो र चिराचिरा पर्ने एक प्रकारको पानीबे।
20574 खैलाबैला ना. खलबल; हल्लाखल्ला; कोकोहोलो।
20575 खाेँच ना. १. दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ, खोच्याप्रो ठाउँ; खाँच।
20576 खाेँच ना. २. पहाडी ढालमा पानी बगेर गहिरिएको जमिन।
20577 खाेँच ना. ३. कुयँत्रो।
20578 खोइ निपा. कुनै काम-कुरो वा अग्रसरता बुझाउने र विस्मय, बेवास्ता आदि जनाउने विस्मयात्मक तथा प्रश्नात्मक अव्यय; खै।
20579 खोइ निपा. (उदा.- राम खोइ कता गयो ? खोइ दाइ ! म अगि जान्छु)।
20580 खोइरे वि. खोइरो लागेको; खुइलिएको; खुइले।
20581 खोइरो ना. १. मानिसका टाउकोका रौँ खुइलिने वा मुडुलो हुने एक रोग।
20582 खोइरो ना. २. पशु आदिका आङको रौँ झर्ने रोग।
20583 खोइरो ना. १. केरा, पिँडालु आदिका कन्द वा गानामा लाग्ने एक जातको किरो।
20584 खोइरो ना. २. खेदो; अहिरो।
20585 खोइलो ना. उखु, दारिम, कागती आदि पेलेर रस झिकिसकेपछि बचेको छोक्रा; खोस्टो; टुखल।
20586 खोक्नु स.क्रि. घाँटीको कफ निकाल्न वा सकसकी मेट्न ख्वाकख्वाक शब्द निकाल्नु; ख्वाकख्वाक शब्दका साथ श्वासनलीबाट वेगसहित वायु निकाल्नु।
20587 खोक ना. १. कुनु परेको ठाउँ, ससानो खोच।
20588 खोक ना. २. खेतको हिलो सम्म्याउने काठ; लिँडुल्के; हेँगा।
20589 खोकल्नु स.क्रि. मुखमा पानी हालेर कुलुकुलु आवाज आउने गरी सफा गर्नु; कुल्ला गर्नु; खकाल्नु।
20590 खोकलाइ ना. खोकल्ने भाव, क्रिया वा प्रक्रिया।
20591 खोकलिनु क.क्रि. खोकल्ने काम गरिनु, कुल्ला गरिनु।
20592 खोकाइ ना. खोक्ने भाव, क्रिया वा प्रक्रिया।
20593 खोकाइनु क.क्रि. खोक्न लाइनु; ख्वाकख्वाक गराइनु।
20594 खोकाउनु प्रे.क्रि. खोक्न लाउनु; ख्वाकख्वाक गराउनु।
20595 खोकार ना. खेतमा गरिने रोपाइँमा खोक वा साठा चलाउने हली।
20596 खोकिनु क.क्रि. ख्वाकख्वाक गरिनु, खोक्ने काम गरिनु।
20597 खोकिम ना. राता डाँठ, खस्रा, खैरा पात र खैरै फूल हुने, डाँठको तरकारी वा अचार बनाइने र जरा पिँधी हाड भाँचिएका ठाउँमा औषधीका रूपमा लगाइने एक बोट।
20598 खोकिलो ना. १. बाहुलावाल लुगाको काखीको भाग।
20599 खोकिलो ना. २. मान्छेको शरीरको काखीलगायत त्यसले स्पर्श गर्ने करङ आदिको भाग।
20600 खोकी ना. घाँटीमा खसखस लागेर निस्कने आवाज; खोक्ने रोग; काँसो।