Dictionary

All Word

20501 खेलबाडी ना. खेलबाड गर्ने; खेलाडी।
20502 खेलाँची ना. १. कुनै काम कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा।
20503 खेलाँची ना. २. हेलचेक्य्राइँ।
20504 खेला ना. १. क्रीडा; खेल।
20505 खेला ना. २. रङ्गमञ्चमा प्रदर्शित गरिने कुनै खेल (नाच, नाटक, चलचित्र इ.)।
20506 खेला ना. ३. जादु, टुना।
20507 खेलाइ ना. खेल्ने भाव, क्रिया वा प्रक्रिया।
20508 खेलाइनु क.क्रि. खेल्न लाइन, नचाइनु।
20509 खेलाउनु प्रे. क्रि. १. नाटक आदिमा अभिनय गराउनु; नचाउनु; नाच्न लाउनु।
20510 खेलाउनु प्रे. क्रि. २. खेल्न लाउनु।
20511 खेलाउनु प्रे. क्रि. ३. कसैलाई त्रस्त वा दुःखी पार्नु।
20512 खेलाडी वि . १. सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको।
20513 खेलाडी वि . २. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु।
20514 खेलाडी वि . ना. ३. खेलकुदमा सक्रिय तथा निपुण व्यक्ति।
20515 खेलिनु क.क्रि. खेल्ने काम गरिनु।
20516 खेली खेली १. सजिलोसित; हेलैले; विनापरिश्रम; अनायासै।
20517 खेली खेली ना. २. खेल्ने काम; खेल (बालबोलीमा)।
20518 खेलुवा वि. १. धेरै खेल्ने; खेलबाड गर्ने।
20519 खेलुवा वि. २. फस्को; खुकुलो; फुको।
20520 खेलो ना. व्यापार-व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले पुँजी लगाउने काम; व्यवसाय, उद्यम, बेपार।
20521 खेलो फर्को/फुर्को ना. खरिद-बिक्रीको पेसा; बन्दबेपार; खेलो।
20522 खेलौना ना. १. केटाकेटीले खेल्ने पुतली आदि सामान।
20523 खेलौना ना. २. खेलबाडको सामग्री।
20524 खेलौना ना. ३. अर्काको इसारामा नाच्ने मानिस; कठपुतली।
20525 खेवरा ना. कुनै कामकुराको थालनी; प्रारम्भ, सुरु।
20526 खेवरा ना. (उदा.- तिम्रो रोपाइँ सकिएछ, आफ्नो त खेवरा पनि भएको छैन)।
20527 खेवरा ना. विप. मैझारो।
20528 खेवा ना. १. व्यापार आदिका मालसामान एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउने काम; खेप; ओसारपसार।
20529 खेवा ना. २. उक्त खेपको सामग्रीका रूपमा प्रयोग गरिने मालसामान।
20530 खेवा ना. १. नाउ वा डुङ्गाबाट नदी पार गर्दा लिइने महसुल, नाउबाट नदी तारेको ज्याला।
20531 खेवा ना. २. नदी तर्ने वा तार्ने काम।
20532 खेवैया ना. १. नाउ, डुङ्गा आदि खियाएर नदी तार्ने व्यक्ति; माझी; बोटे; मल्लाह।
20533 खेवैया ना. २. कुनै दुःख, सङ्कटबाट पार लगाउने व्यक्ति।
20534 खेस ना. ज्यादै मोटो धागाले बुनेको एक प्रकारको कपडा।
20535 खेसरी/खेसारी ना. हिउँदमा तराईतिर भुईंलहरामा फल्ने दाल जातिको एक थरी अन्न।
20536 खेस्रा ना. कुनै कागतपत्र, लेखरचना आदिको सरसरती लेखिएको रूप; मसौदा; प्रारूप।
20537 खेस्रो ना. सानोतिनो कागत; साधारण किसिमको वा खास महत्त्व नभएको कागतको टुक्रो।
20538 खै ना. १. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो।
20539 खै ना. २. कुनै विषयको सोधपुछ; केरकार।
20540 खै ना. फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई।
20541 खै निपा. विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय।
20542 खै निपा. (उदा.- खै, मलाई त थाहा छैन। खै, तेरो चाला त निको छैन है ! )।
20543 खैँचनु स.क्रि. १. कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु।
20544 खैँचनु स.क्रि. २. कसैको ध्यान आफूतिर आकर्षित गर्नु।
20545 खैँचनु स.क्रि. ३. खर्च कम गर्नु; किफायत गर्नु।
20546 खैँचनु स.क्रि. ४. शक्ति वा प्रभावले आफ्नो पक्षमा मिलाउनु; काबुमा राख्नु, एँचमा ल्याउनु।
20547 खैँचाइ ना. खैँचने भाव, क्रिया वा प्रक्रिया।
20548 खैँचाउनु प्रे. क्रि. खैँचन लाउनु; तान्न लाउनु।
20549 खैँचिनु अ.क्रि. तानिनु; कसिनु।
20550 खैँजडी ना. डम्फुजस्तो तर डम्फुभन्दा केही सानो हुने, घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको, भजनकीर्तन आदिमा बजाइने प्रसिद्ध एक तालबाजा।