Dictionary

All Word

20401 खुस्कनु अ.क्रि. २. मुक्त हुनु छुट्नु।
20402 खुस्कनु अ.क्रि. ३. बिग्रनु (दिमाग)।
20403 खुस्कनु अ.क्रि. ४. चुक्नु, भुल्नु।
20404 खुस्कनु अ.क्रि. ५. नाश हुनु, मर्नु।
20405 खुस्कनु अ.क्रि. ६. उम्कनु; भाग्नु।
20406 खुस्कनु अ.क्रि. ७. गुज्रनु बित्नु।
20407 खुस्काइ ना. खुस्कने वा खुस्काउने क्रिया वा प्रक्रिया।
20408 खुस्काइनु क.क्रि. खुस्कन लाइन; फुकाइनु, खोलिनु।
20409 खुस्काउनु प्रे.क्रि. १. फुकाउनु, खोल्नु, उम्काउनु, फुत्काउनु।
20410 खुस्काउनु प्रे.क्रि. स.क्रि. २. चापलुसी वा लोलोपोतो गरेर कसैबाट कुनै वस्तु लिनु वा हात पार्नु।
20411 खुस्किनु अ.क्रि. १. फुस्किनु।
20412 खुस्किनु अ.क्रि. २. हे. खुस्कनु।
20413 खुसुक्क क्रि.वि. १. थाहा नदिईकन (कुनै वस्तु लैजाने किसिम); खुसुक्क।
20414 खुसुक्क क्रि.वि. २. पिरिने वा हिम्मत हराउने गरी; मुख निन्याउरो हुने किसिमले खिसिक्क।
20415 खुसुक्क क्रि.वि. ३. घुसने गरी।
20416 खुसुक्क क्रि.वि. ४. कसैले पत्ता नपाईकन (मर्ने किसिम); घुस्रुक्क।
20417 खुस्स क्रि.वि. अरूले चाल नपाउने गरी; कानेखुसी वा साउती गर्ने चालले; खुसुक्क।
20418 खून ना. १. मानिस, पशु आदिका नाडी र नसाहरूमा रहेर शरीरभर फैलने रातो तरल पदार्थ; रग।
20419 खून ना. २. रगतले शरीर लतपतिने गरी भएको हत्या; हिंसा; काटमार, घा।
20420 खूब वि. १. धेरै; प्रशस्त; ज्यादा।
20421 खूब वि. २. सबै किसिमले राम्रो वा उत्तम; बढिया; खुब।
20422 खेचर वि. आकाशमा घुम्ने वा चहार्ने (ग्रह, देवता, बादल, चराचुरुङ्गी, विमान आदि); गगनविहारी; आकाशगामी; व्योमचर।
20423 खेचरी ना. आकाशमा चहार्ने वा घुम्ने (पोथी चराचुरुङ्गी आदि जीव वा देवी, राक्षसी आदि)।
20424 खेचरी गुटिका ना. मुखमा हाल्दा आकाशमार्गबाट जान सक्ने शक्ति पैदा हुने भनिएको गुटिका वा गोली।
20425 खेचरी मुद्रा ना. जिब्रो तालुमा लगी दृष्टि भ्रूमध्यमा केन्द्रित गर्ने एक मुद्रा।
20426 खेत ना. १. गरागरामा बाँडिएको र आली लगाई, पानी जमाएर धानको खेती गरिने जमिन; धान रोप्ने जग्गा।
20427 खेत ना. २. पच्चिस रोपनी बराबरको जग्गा वा त्यस्तो जग्गाको नापो।
20428 खेतबारी ना. धान रोप्ने खेत र मकै आदि रोप्ने पाखो बारी; खेत र बारी।
20429 खेतारी ना. धान वा कोदो रोप्ने आईमाई, रोपाहार; रोपार।
20430 खेताले वि. खेतालाका ढाँचाको; खेतालाको जस्तो; खेतालाको।
20431 खेतालो ना. ज्याला लिएर खेत, बारीमा काम गर्ने व्यक्ति; पारिश्रमिक लिएर अर्काको काम सघाउने व्यक्ति; ज्यालादार।
20432 खेती ना. १. खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली नभित्र्याएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी।
20433 खेती ना. २. बाली; उब्जा।
20434 खेतीकिसानी ना. खेतीपाती।
20435 खेतीपाती ना. खेतीसम्बन्धी काम; खेतीकिसानी; कृषि।
20436 खेतीवाल ना. खेतीको पेसा भएको व्यक्ति; कृषक, किसान।
20437 खेद्नु स.क्रि. १. धम्काएर वा तर्साएर कहीँबाट बलपूर्वक भगाउनु वा हटाउनु, लखेट्नु, लघार्नु, धपाउनु।
20438 खेद्नु स.क्रि. २. दपेट्नु; सताउनु।
20439 खेद्नु स.क्रि. ३. टोकस्तु।
20440 खेद ना. १. अदूरदर्शिताले गर्दा जानीजानी वा होस नपुगी कुनै राम्रो काम गर्न चुकेको परिणामस्वरूप मनमा उत्पन्न हुने पश्चात्ताप।
20441 खेद ना. २. कसैको अप्रिय बोलीवचन, व्यवहार आदिका विरुद्ध दर्साइने क्षोभ।
20442 खेद ना. ३. उक्त पश्चात्ताप, क्षोभ आदिका निम्ति निकालिने शब्द, गरिने इसारा वा देखाइने मुद्रा।
20443 खेद ना. ४. चिन्ता; मानसिक पीडा; मानसिक कष्ट।
20444 खेदा ना. १. हात्तीको सिकार ; जङ्गली हात्तीलाई पक्रने तरिका।
20445 खेदा ना. २. वन्य जन्तुलाई लखेटेर, खेदेर वा धपाएर चारैतिर बारले घेरिएको ठाउँमा फसाई वा लखतरान पारी वशमा ल्याउने काम (बाजखेदा, हात्तीखेदा, गैँडाखेदा इ.)।
20446 खेदाइ ना. खेद्ने भाव, क्रिया वा प्रक्रिया।
20447 खेदाइनु क.क्रि. खेद्न लाइनु, लखेटाइनु।
20448 खेदाउनु प्रे.क्रि. खेद्न लाउनु, लखेटाउनु।
20449 खेदिनु क.क्रि. खेद्ने काम गरिनु; लखेटिनु।
20450 खेदुवा वि. १. खेदिएको; लखेटिएको।