Dictionary

All Word

20301 खुर्पेठ्याक ना. २. खुर्पाको दाप; खुर्पेटो।
20302 खुर्र क्रि.वि. छिटो गरी; तुरुन्त (दौडने किसिम)।
20303 खुट ना. ज्यादै चलाख व्यक्ति; साह्रै बाठो मानिस।
20304 खुर्रा ना. गुलेलीको जोत अड्याउने डोरीपट्टिको टुप्पाको खाल्टो; धनुमा डोरी अड्याउन परेन्जाका वल्लापल्ला छेउमा बनाइने खाल्टो।
20305 खुर्रे/खुर्रो वि. पातलो र सानो; खिइसकेको (ताप्के, कचौरा, डाडु इ.)।
20306 खुर्लिङ्गो वि. बाङ्गोटिङ्गो; टेढोमेढो; वक्र; टेढो।
20307 खुर्लुक्क क्रि.वि. खुलुक्क; सलक्क।
20308 खुर्लुप्प क्रि.वि. १. सबै सिद्ध्याउने गरी (अर्काको भएभरको जायजेथा हडप्ने किसिम )।
20309 खुर्लुप्प क्रि.वि. २. चाउरिएर वा गलेर (दुब्लाउने चाल)।
20310 खुर्लुप्प क्रि.वि. ३. खात्तखुत्त (सबै कुरा खाने वा निल्ने किसिम)।
20311 खुर्सानी ना. तिहुन, तरकारी, अचार आदिमा हालिने र मसलाका रूपमा समेत लिइने लाम्चो, कोसाका आकारको, पिरो प्रसिद्ध फल।
20312 खुर्साने ना. लाम्चा पात हुने, साना गुलाफी फूल फुल्ने र फूलभित्र बियाँ हुने, आयुर्वेदअनुसार सर्प, बिच्छी आदिको विष नाश गर्ने गुणले युक्त बर्खे झार; चित्लाँगे; मूलखर्के।
20313 खुर्सिङ ना. मट्टीतेल आदिका टिन वा अरू कुनै भारी हालेर पिठ्यूँमा बोक्न बनाइएको काठ, बेत आदिको बारा मात्र भएको साधन।
20314 खुल्नु अ.क्रि. १. खुला हुनु, उघ्रनु; फुस्कनु; फुक्नु।
20315 खुल्नु अ.क्रि. २. बन्धनबाट मुक्त हुनु, फुक्का हुनु; छाडा हुनु।
20316 खुल्नु अ.क्रि. ३ नयाँ विद्यालय, संस्था आदि सुरु हुनु।
20317 खुल्नु अ.क्रि. ४. बन्द भएको कुरा फेरि हुन थाल्नु वा चलनमा आउनु।
20318 खुल्नु अ.क्रि. ५. नयाँ वस्तु निस्कनु; प्रकाशित हुनु।
20319 खुल्नु अ.क्रि. ६. सुहाउनु।
20320 खुल्नु अ.क्रि. ७. स्पष्ट देखिने हुनु, छर्लङ्गिनु।
20321 खुल्नु अ.क्रि. ८. अर्थ स्पष्ट हुनु।
20322 खुल्नु अ.क्रि. ९. लुकेको रहस्य आदि थाहा हुनु।
20323 खुलखुल क्रि.वि. अलिअलि आवाज निकालेर (थोरै पानी बग्ने किसिम )।
20324 खुलखुले ना. १. पातलो दिसा अलिअलि भइरहने एक रोग; सुलसुले।
20325 खुलखुले ना. २. झाडाबान्ता; हैजा; उपर्तली।
20326 खुलखुले ना. वि. ३. खुलखुल पानी बग्ने।
20327 खुलदुल ना. १. कुनै कुरा वा विषयका बारेमा मनमा लाग्ने उत्कण्ठा; उत्सुकता; दुबिधा खुलदुली।
20328 खुलदुल ना. २. मनको खलबली; खैलाबैला।
20329 खुलदुली ना. खुलदुल हुने क्रिया वा अवस्था; खुलदुल।
20330 खुलमखुला क्रि.वि. खुलेआम, खुल्लमखुल्ला।
20331 खुलस्त वि. १. नलुकाईकन व्यक्त गरिएको; यथार्थ; स्पष्ट; सफा (भनाइ, बयान इ.)।
20332 खुलस्त वि. २. कुनै प्रकारको बाधाअड्काउ नभएको।
20333 खुलस्त वि. ३. फैलिएको; विस्तृ।
20334 खुलस्त्याइँ ना. खुलस्त पार्ने काम; खुलस्तपन; असन्दिग्धता।
20335 खुलस्त्याइनु क.क्रि. खुलस्त पारिनु।
20336 खुलस्त्याउनु स.क्रि. खुलस्त वा स्पष्ट पार्नु, बुझ्न सकिने गरी प्रस्ट्याउनु।
20337 खुला वि. १. बन्द नभएको; उघारो; उदाङ्ग।
20338 खुला वि. २. नछोपिएको वा नढाकिएको (छाना, कौसी आदि)।
20339 खुला वि. ३. बाधाव्यवधान वा रोकटोक केही नभएको।
20340 खुला वि. ४. खुलमखुला ; खुलस्।
20341 खुला अदालत ना. १. कचहरी वा इजलास बसेका बेलाको सबैले हेर्नसुन्न पाउने अदालतको सभा।
20342 खुला अदालत ना. २. इजलास वा मुद्दाको बहस चलिरहेको अदाल।
20343 खुला मञ्च ना. सार्वजनिक सभा, समारोह आदि हुँदा जनसाधारण भेला हुने वा सबैले हेर्न, सुन्न सक्ने खुला ठाउँ।
20344 खुलाइ ना. खुल्ने भाव वा प्रक्रिया।
20345 खुलाइ ना. [खुलाउ+आइ] ना. खुलाउने भाव वा प्रक्रिया।
20346 खुलाइनु क.क्रि. खुला पारिनु; खुल्न लाइनु।
20347 खुलाउनु प्रे. क्रि. १. खुला पार्नु, उदाङ्गो गराउनु।
20348 खुलाउनु प्रे. क्रि. २. स्पष्ट वा खुलस्त पार्नु।
20349 खुलाउनु प्रे. क्रि. ३. बाधाअड्काउ फुकाउनु।
20350 खुलाउनु प्रे. क्रि. ४. बन्धनबाट छुटाउनु मुक्त पार्नु।