Dictionary

All Word

20701 खोदाउनु प्रे.क्रि. खोद्न लाउनु।
20702 खोप्नु स.क्रि. १. छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु, कुँद्नु।
20703 खोप्नु स.क्रि. २. घट्ट, जाँतो आदिमा दाँत निकाल्नु।
20704 खोप्नु स.क्रि. ३. शीतलावेध गर्नु, बिफरको टीका लगाउनु।
20705 खोप्नु स.क्रि. ४. रोप्नु; गोभ्नु।
20706 खोप ना. विशेष किसिमका रोग लाग्नुबाट पहिलेदेखि जोगिन शरीरमा टीका लगाउने काम।
20707 खोप ना. दुई पहाडका बिचको साँगुरो ठाउँ, खोच।
20708 खोप ना. कसैका प्रति मनभित्र गढेको कुनै अप्रिय वा दुःखद कुरो।
20709 खोपडी ना. १. टाउकाको सबभन्दा माथिको हाड; खप्पर।
20710 खोपडी ना. २. टाउको; शिर।
20711 खोपडी ना. ३. दिमाग ; मस्तिष्क।
20712 खोपाइ ना. खोप्ने क्रिया वा प्रक्रिया।
20713 खोपाइनु क.क्रि. खोपाउने काम गरिनु।
20714 खोपाउनु प्रे.क्रि. खोप्ने काम गराउनु; खोप्न लाउनु।
20715 खोपिनु क.क्रि. खोप्ने काम गरिनु, प्वाल पारिनु।
20716 खोपिल्टो ना. सानो खोपो; साँघुरिएको प्वाल।
20717 खोपी ना. १. पैसा बच्चेर खेल्नका लागि भुइँमा पारिने सानो, बाटुलो प्वाल वा चिनो।
20718 खोपी ना. २. त्यस्तो प्वालमा पैसा वा अरू कुनै कुरो बच्चेर वा भलेर खेलिने खेल।
20719 खोपी ना. ३. डन्डीबियोका खेलमा बियो हुच्चन बनाइएको खोपिल्टो।
20720 खोपी ना. ४. सानो कोठा।
20721 खोपी ना. ५. आइमाईहरू बस्ने गुप्ती खण्ड; रनिबास।
20722 खोपे वि. १. खोपो परेको; गहिरो।
20723 खोपे वि. २. आँखाका गह भासिएको (व्यक्ति)।
20724 खोपो ना. १. राखनधरनका लागि भित्री गाह्रोमा बनाइएको सानो खण्ड।
20725 खोपो ना. २. गाह्रो लगाउँदा डकर्मीहरू उभिनका लागि भार बनाउन बाँस वा काठ तेर्स्याइने प्वाल; खटप्वाल।
20726 खोप्राखोप्री ना. साना-ठुला खोप्राहरूको समुदाय।
20727 खोप्री ना. सानो खोप्रो।
20728 खोप्रे वि. १. खोप्रामा बस्ने।
20729 खोप्रे वि. २. खोप्राको; खोप्रोसँग सम्बन्धि।
20730 खोप्रे नैनी ना. बुकुवा, तेल आदि लाउने वा नङ पालिस आदि गरी मालिक्नीको सुसार गर्ने स्त्री।
20731 खोप्रे बुढी ना. १. जिउको गर्दनका बिचमा परेको खोपिल्टो; बुढीखोप्री; खोप्ले।
20732 खोप्रे बुढी ना. २. खोप्रामा बस्ने नारी; बुढी कमारी।
20733 खोप्रे बुढी ना. वि. ३. ज्यादै बुढी; खुम्रे बुढी।
20734 खोप्रो ना. १. करिया अमलेख हुनुभन्दा अगाडि कमाराकमारी बस्ने सानो घर वा खण्ड।
20735 खोप्रो ना. २. छाप्रो; कुप्रो; खोल्मा।
20736 खोप्ले ना. गर्दनका बिचमा परेको खोपिल्टो।
20737 खोप्लो ना. सानो खाल्टो; खोपिल्टो।
20738 खोयाबिर्के ना. पारम्परिक प्रविधिबाट घरमा तयार पारी बोतलमा हालेर मकैको खोयाको बिर्को लगाईकन राखिएको रक्सी।
20739 खोयो ना. १. मकैका घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको कोयो; मकैको भित्री डाँठ।
20740 खोयो ना. २. आँप आदि फलभित्र रहने ठुलो बीजकोष ; फलको भित्री डल्लो वा साह्रो भाग।
20741 खोर ना. १. जीवजन्तु पाल्न वा थुन्न बनाइएको साँघुरो कोठो।
20742 खोर ना. २. बाघभालु आदिलाई झुक्क्याई समात्नाका लागि थापिने पिँजडा वा त्यस प्रयोजनका लागि प्रयोग गरिने कटेरो वा कोठोजस्तो वस्तु।
20743 खोर ना. ३. थुनुवालाई थुन्ने साँघुरो कोठो; थुनाघर; थुनुवाघर।
20744 खोर वि. कुनै संज्ञाका पछिल्तिर जोडिई सूक्ष्म व्यङ्ग्यसहित 'ज्यादै खाने' भन्ने अर्थ व्यक्त गर्ने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोर, गोताखोर आदि)।
20745 खोरन्डो वि. खुट्टा खोच्याएर हिँड्ने; लँगडो।
20746 खोरबारी ना. १. पशुपक्षी आदिलाई अल्झाउन बनाइएको खोर रहेको सुनसान बारी।
20747 खोरबारी ना. २. फूलबारी।
20748 खोरिया ना. १. बाली लगाउनाका लागि रुख, बुटा आदि काटी, फाँडी प्रायः डढेलोसमेत लगाएर बिराएको जमिन ; पाखाभित्ताको बाँझो जग्गा; भस्मे, लोहोसे।
20749 खोरिया ना. २. आली, कान्ला आदि भत्केर बिग्रेको जग्गा।
20750 खोरियानी ना. १. खोरिया फाँड्ने काम।