Dictionary

All Word

20751 खोरियानी ना. २. खोरिया फाँडिएको जग्गा वा ठाउँ।
20752 खोरी ना. गुलेलीको मट्याङ्ग्रा अड्काउने रबडका बिचको भाग।
20753 खोरी ना. १. सानो दुनु।
20754 खोरी ना. २. चन्दन आदि राखिने सानो पात्र वा भाँडो (चन्दनखोरी)।
20755 खोरी वि. कुनै संज्ञाका पछिल्तिर जोडिई खाने भाव वा क्रियाको अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोरी, गोताखोरी आदि)।
20756 खोरेँत ना. गाईबस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे।
20757 खोरो ना. पैतला, कुर्कुच्चा आदि फुट्ने रोग; हरिनास; हर्नाठ; खोरे।
20758 खोरो ना. १.[फा. खूर] सानो, पातलो, रद्दी किसिमको भाँडो।
20759 खोरो ना. २. सानो दुनु।
20760 खोर्ना ना. पैतालामा प्वालैप्वालको दाग हुने एक प्रकारको रोग।
20761 खोऱ्याँत ना. गाईबस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे।
20762 खोऱ्याइ ना. खोऱ्याउने क्रिया वा प्रक्रिया।
20763 खोऱ्याइनु क.क्रि. खोऱ्याउने काम गरिनु, केरिनु, खेरिनु।
20764 खोऱ्याउनु स.क्रि. कुनै कुराको पत्तो लगाउन दोहऱ्याईतेहऱ्याई सोध्नु, कुनै अभियुक्तबाट उसले गरेको कसुरबारे यथावत् र विस्तृत जानकारी लिनाका लागि नाना तरहले सोधपुछ गर्नु, केर्नु; खेर्नु।
20765 खोर्सानी ना. तिहुन, तरकारी, अचार आदिमा हालिने र मसलाका रूपमा समेत लिइने लाम्चो, कोसाका आकारको, पिरो प्रसिद्ध फल।
20766 खोल्नु स.क्रि. १. बन्द भएको अवस्थाबाट खुला पार्नु, उघार्नु।
20767 खोल्नु स.क्रि. २. बन्धनबाट मुक्त पार्नु, फुक्का गर्नु वा छाडा गर्नु।
20768 खोल्नु स.क्रि. ३. नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु, उद्घाटन गर्नु।
20769 खोल्नु स.क्रि. ४. बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु।
20770 खोल्नु स.क्रि. ५. निकाल्नु; आविष्कार गर्नु।
20771 खोल्नु स.क्रि. ६. दाम्लो, खोर आदिबाट फुक्का गर्नु, छाड्नु।
20772 खोल्नु स.क्रि. ७. कविता आदि वा कुनै शास्त्रीय विषयको स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु।
20773 खोल्नु स.क्रि. ८. अनावृत गराउनु।
20774 खोल्नु स.क्रि. ९. दौडाउनु; कुदाउनु।
20775 खोल ना. कुनै वस्तुको बचाउ वा ढाकछोपका लागि तयार गरिने त्यसै आकारको कपडा, कागत आदिको थैलो।
20776 खोल ना. काठ कपेर ऐना वा फल्याक जड्न बनाइएको खोल्सो।
20777 खोलखाल ना. खोल्ने वा उघार्ने काम; उदाङ्गो पार्ने काम।
20778 खोले ठाकुर ना. धिमालजातिका ग्रामदेवता; थानपति देवता।
20779 खोलपाटो ना. खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिँदैका अवस्थाको खोल।
20780 खोलपाटो पर्नु टु. पटक्कै नमिल्नु, अमिल्दो हुनु।
20781 खोला ना. रक्सी खानका लागि प्रयोगमा ल्याइने सानो खालको कटौरा।
20782 खोला ना. १. सानोतिनो नदी, झन्डै नदीजस्तो सानो जलप्रवाह।
20783 खोला ना. २. खोलाको नजिक रहेको सानो बस्ती; नदीका नजिकको गाउँघर।
20784 खोलाइ ना. खोल्ने क्रिया वा प्रक्रिया।
20785 खोलाइनु क.क्रि. खोल्न वा उघार्न लाइनु।
20786 खोलाउनु प्रे. क्रि. खुला पार्न वा खोल्न लाउनु।
20787 खोलाखोली ना. सानाठुला धेरै खोला; सानाठुला खोलाहरूको समूह।
20788 खोलाटोला ना. खोलाको छेउछाउमा रहेको गाउँले बस्ती; पानीघाट र चरन एउटै भएको गाउँठाउँ।
20789 खोलाधोबी ना. खोलाटोलामा हुने एक किसिमको धोबीचरो।
20790 खोलानाला ना. नदी र नालाहरूको समूह; सानाठुला धेरै खोला; नदीनाला; खोलाखोली।
20791 खोली ना. १. खोपाएका रोगीलाई अरूका संसर्गमा आउन नदिई छुट्टै राख्न बनाइएको अस्थायी छाप्रो, खोपाउने वैद्यको थर्पु।
20792 खोली ना. २. सानो खोलो।
20793 खोली बाँसुरी ना. केही बाँकी नरहेका कुरा भएभरका जम्मै कुरा; सिरीखुरी।
20794 खोले ना. १. गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पिठो पकाइएको बाक्लो झोल ; कुँडो।
20795 खोले ना. २. प्रायः गरिबहरूले खाने, मकैको पिठो, कनिका, सागपात आदि मिसाएर पकाइएको लेदो खाद्य पदार्थ; फाँडो।
20796 खोले ना. वि. ३. सभ्यता नजानेको; अशिष्ट; गँवार (मानिस)।
20797 खोले ना. ४. कष्टले जीवननिर्वाह गर्ने, दुःखी।
20798 खोले खेत ना. खोलाको छेउछाउमा रहेको वा खोलाको पानी लाग्ने खेत; खोलाले छाडेको जमिन बिराएर बनाइएको खे।
20799 खोले फाँडो ना. पिठो, कनिका आदिमा साग सिस्नु मिसाई पकाइएको लेदो खाद्य पदार्थ, गरिबगुरुवाहरूको निम्न स्तरको भोजन।
20800 खोले भूत ना. लोकविश्वासअनुसार खोलानालामा हिँडडुल गर्ने एक किसिमको भू।