Dictionary

All Word

20801 खोलेस ना. कुखुरा आदिको ओथारो बस्ने ठाउँ।
20802 खोलो ना. १. सानोतिनो नदी, झन्डै नदीजस्तो सानो जलप्रवाह।
20803 खोलो ना. २. खोलाको नजिक रहेको सानो बस्ती; नदीका नजिकको गाउँघर।
20804 खोलो पैह्रो ना. वर्षा वा भल- बाढी आदिले गर्दा जग्गाजमिनलाई नोक्सान पुऱ्याउने किसिमको खोला र पहिरो; बाढीपैहो।
20805 खोल्मा ना. १. माथिल्लो तलामा खेतीपातीका सरसामान राख्न र तल्लो तलामा गाईभैँसी आदि बाँध्न हुने गरी घरआँगनछेउ बनाइएको सानो झुप्रो; तला भएको गोठ।
20806 खोल्मा ना. २. पाखाबाली राख्ने ठाउँ; खल्मा; उरिम।
20807 खोल्मे वि. खोल्माजस्तो; खोल्माका आकारको।
20808 खोल्याँसो ना. खेतका गरामा लागेको बेसी पानी निकाल्न गरैपिच्छे कुनै ठाउँ आलीको डिल काटेर बनाइएको निकास वा त्यस्तो पानी जाने ठाउँ; खोलिएको समाहा।
20809 खोल्याङ ना. एउटाभन्दा अर्को ससानो गरा हुँदै गएको खे।
20810 खोल्साखोल्सी ना. सानाठुला धेरै खोल्सा, खोल्साहरूको समूह।
20811 खोल्सिनु अ.क्रि. १. खोल्सो पर्नु, कुलेसो पर्नु।
20812 खोल्सिनु अ.क्रि. २. शरीरको अत्तरछाला वा रुखपातको बाहिरी पातलो बोक्रा उप्कनु।
20813 खोल्सी ना. सानो खोल्सो।
20814 खोल्से वि. १. खोल्साको; खोल्सासम्बन्धी।
20815 खोल्से वि. २. खोल्सामा गएको (पहिरो ); जमिन धसिएर बनेको (खोल्से भूक्षय)।
20816 खोल्सो ना. १. दुई डाँडा वा अग्ला जमिनका बिचको, सानो सोतो बग्ने, साँगुरो र गहिरो ठाउँ, भिरालो धरातलमा पानी बगेर गहिरिएको जमिनको भाग; खोँच; खाई।
20817 खोल्सो ना. २. सानोतिनो खोलो; खहरे।
20818 खोल्सो ना. ३. कुलेँसो; कुलो।
20819 खोल्स्याइ ना. खोल्सिने भाव, क्रिया वा प्रक्रिया।
20820 खोल्स्याइनु क.क्रि. खोल्सो वा कुलेसो पारिनु।
20821 खोल्स्याउनु प्रे.क्रि. खोल्सो गराउनु, कुलेसो पार्नु।
20822 खोस्नु स.क्रि. १. अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग वा मन्जुरीविना नै लिनु, हर्नु।
20823 खोस्नु स.क्रि. २. कसैलाई खाइरहेको जागिर वा पदबाट निकाल्नु पदच्युत गर्नु।
20824 खोस्नु स.क्रि. ३. अरूका हातमा रहेको माल झम्टेर तान्नु वा लिनु।
20825 खोसमोस ना. कमाएको जग्गाजमिन वा खाईपाई आएको जागिर आदि खोस्नेवर्ने काम; खोस्ने र लिने काम।
20826 खोसल्टिनु अ.क्रि. सुकेर वा झुरिएर काम नलाग्ने हुनु; रद्दी हुनु; खोसेल्टिनु।
20827 खोसल्टो ना. १. च्यातिएको वा झुर्रिएको पात, बोक्रो, कागज आदि; खोसल्टो।
20828 खोसल्टो ना. २. झासस।
20829 खोसल्टो ना. ३. हे. खोसेलो।
20830 खोसल्ट्याइ ना. खोसल्टिने भाव, क्रिया वा प्रक्रिया।
20831 खोसल्ट्याइनु क.क्रि. खोसल्टो पारिनु; थोत्र्याइनु।
20832 खोसल्ट्याउनु प्रे.क्रि. खोसल्टो तुल्याउनु, थोत्र्याउनु।
20833 खोसाइ ना. खोस्ने भाव, क्रिया वा प्रक्रिया।
20834 खोसाइनु क.क्रि. खोस्न लाइनु, खोस्ने काम गराइनु।
20835 खोसाउनु प्रे. क्रि. खोस्न लाउनु, खोस्ने काम गराउनु।
20836 खोसाखोस ना. परस्परमा जथाभाबीसँग कुनै वस्तु खोस्ने वा हडप्ने काम; खोस्ने र धुत्ने काम।
20837 खोसिनु क.क्रि. १. अर्काको सामान जबरजस्ती लिइनु।
20838 खोसिनु क.क्रि. २. जागिरबाट बर्खास्त गरिनु।
20839 खोसुवा वि. १. खोस्ने काम गर्ने।
20840 खोसुवा वि. २. भइरहेको पद वा स्थानबाट हटाउने; खोसिएको; पदच्युत; खोस्ने।
20841 खोसुवा पुर्जी ना. कुनै कारणवश खाईपाई आएको जागिरबाट हटाउनका निम्ति सम्बन्धित कार्यालयले दिने पत्र।
20842 खोसेल्नु स.क्रि. बाँधिएको वा थान्कोमुन्कोमा रहेको मालताल झिकेर वा उधिनेर अलपत्र पार्नु तलमाथि वा यताउति पार्नु; खजमज्याउनु।
20843 खोसेलाइ ना. खोसेल्ने क्रिया वा प्रक्रिया।
20844 खोसेलिनु क.क्रि. खज्याङमज्याङ पारिनु, खजमज्याइनु।
20845 खोसेलो ना. १. खजमजिएको वा छिरलिएको घाँस, पराल, खोस्टा आदि वस्तु छिरलो।
20846 खोसेलो ना. २. छिरलिएको कागत, कपडा, रौँ आदिको समूह।
20847 खोसेलो ना. ३. मकैका घोगामा रहेको गेडा छोप्ने आवरण; खोसेल्टो; खोस्टो।
20848 खोसेल्टिनु अ.क्रि. खोसेल्टोजस्तो हुनु; सुकेर झुर्रिनु वा झुत्रिनु।
20849 खोसेल्टो ना. १. च्यातिएको वा झुर्रिएको पात, बोक्रो, कागज आदि; खोसल्टो।
20850 खोसेल्टो ना. २. झासस।