Dictionary

All Word

20901 खौरिनु स.क्रि. १. खौरनु।
20902 खौरिनु स.क्रि. क.क्रि. २. छुरा आदिले कपालका रौँ खुर्किनु; मुण्डन गरिनु।
20903 खौरी मसिनु ना. काम तामेल गर्न नसक्ने तर काम गरेजस्तो देखाउने व्यक्तिलाई होच्याएर भनिने शब्द।
20904 खौरी मसिनु ना. (उदा.- उसले कति न गर्छु भन्थ्यो, खौरीमसिनु लाइहालेछ नि।
20905 खौलाखौली ना. सानाठुला धेरै खौला; भड्खाराको समूह।
20906 खौलिनु अ.क्रि. १. भकभक पानी उम्लनु।
20907 खौलिनु अ.क्रि. २. खौलामा पर्नु भड्खारामा पर्नु, जाकिनु; गिर्नु।
20908 खौली ना. सानो खौलो।
20909 खौलो ना. खाडल परेको ठाउँ; खाल्टो; भड्खारो।
20910 खौलो ना. खौलोमा परेपछि डिंगो पनि चेत्छ ( उखान )।
20911 खौल्याइ ना. खौलिने वा खौल्याउने क्रियाप्रक्रिया।
20912 खौल्याइनु क.क्रि. खाल्टो वा भड्खारोमा पारिनु।
20913 खौल्याउनु प्रे.क्रि. खौलामा पार्नु, भड्खारामा जाक्नु।
20914 खौवा वि. धेरै खाने, खन्चुवा; खवैया।
20915 ख्याँच्नु स.क्रि. १. कुनै बाजीमा प्रतियोगीलाई पछार्नु; प्रतियोगितामा जित्नु।
20916 ख्याँच्नु स.क्रि. २. दबाउनु; सताउनु।
20917 ख्याँचिनु क.क्रि. ख्याँच्ने काम गरिनु।
20918 ख्याइनु क.क्रि. १. नदीमा डुङ्गा, नाउ आदि चलाइनु; खियाइनु।
20919 ख्याइनु क.क्रि. २. खिइने पारिनु; खियाइनु।
20920 ख्याउनु स.क्रि. डुङ्गा आदि चलाउनु; खियाउनु।
20921 ख्याउनु प्रे.क्रि. खिइने पार्नु, खियाउनु।
20922 ख्याउटी वि. पातलो शरीरकी; दुब्ली ; सिकटी।
20923 ख्याउटे वि. दुब्लो र पातलो शरीर भएको; गाला भित्र पसेको; सिकटो; सिकटे; ख्याउटो।
20924 ख्याउटो वि. पातलो र दुब्लो शरीर भएको; सिकटे।
20925 ख्याक ना. १. प्रायः सहरका पुराना ठुला घरका अँध्यारो कुनामा बस्ने र तर्साउने भनिएको भू।
20926 ख्याक ना. वि. २. साह्रै दुब्लो र बुढो।
20927 ख्याकख्याक ना. १. खोक्ता घाँटीबाट निस्कने आवाज।
20928 ख्याकख्याक ना. क्रि.वि. २. ख्याकख्याक आवाज आउने गरी।
20929 ख्याकख्याके ना. ख्याकख्याक गरेर कराउने, स्यालजस्तो र स्यालकै जातको जङ्गली जन्तु; हाप्सिलो।
20930 ख्यात वि. ख्याति कमाएको; नाउँ चलेको; विख्यात; प्रसिद्ध।
20931 ख्यातनामा वि. नाम चलेको; यश वा कीर्ति फैलिएको।
20932 ख्याति ना. नाउँ चल्ने क्रिया वा अवस्था; सिद्धि।
20933 ख्याप्टो वि. पातलो र दुब्लो शरीर भएको; सिकटे।
20934 ख्याप्लाक्क क्रि.वि. हाडछाला किङ्ग्रिङ देखिने गरी (दुब्लाउने किसिम)।
20935 ख्याम्सो वि. १. निर्धो; लुलो।
20936 ख्याम्सो वि. २. दुब्लो, पातलो।
20937 ख्याल ना. १. विचार, विवेक, सोचाइ।
20938 ख्याल ना. २. सम्झना; समझ।
20939 ख्याल ना. १. गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो ठट्टा; हँसीदिल्लगी।
20940 ख्याल ना. २ खेलबाड; खेलाँची; हेलचेक्य्राइँ।
20941 ख्याल ना. ३. ज्यादै तन्काइएको लयमा गाइने प्रणाली।
20942 ख्यालठट्टा ना. हँसीदिल्लगी; ठट्टा; ख्याल।
20943 ख्याली ना. १. विशेष चाडपर्वमा वा पूजाआजामा खैँजडी, मजुरा आदि बजाउँदै गाइने लोकगीत ; चुड्का।
20944 ख्याली ना. २. तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी।
20945 ख्याली ना. वि. ३. खुब ख्यालठट्टा गर्ने स्वभावको; ठट्यौलो।
20946 ख्यासख्यास क्रि.वि. १. छिटोछिटोसँग वा मन नलगाई (कुनै कुरा लेख्ने किसिम )।
20947 ख्यासख्यास क्रि.वि. २. घाँटीमा सकसक लाग्ने गरी।
20948 ख्यासख्यास क्रि.वि. ३. मनै नदिई (कुनै वस्तु रगड्ने किसिम)।
20949 ख्यास्स क्रि.वि. १. बेवास्ता झल्कने गरी (नरम वस्तुमा कुनै तिखो, साह्रो वस्तु घुसार्ने किसिम )।
20950 ख्यास्स क्रि.वि. २. रगड्ने चालले।