Dictionary

All Word

21051 गङ्गाजमुना ना. १. महाभारत वा अन्य पुराणले र भारतवर्षको प्राचीन इतिहासले चर्चा गर्दै आएका, पुण्यका स्रोत मानिने, प्रयागमा मिलेका दुई नदी; गङ्गा र जमुना नदी; पाण्डवहरूको तीर्थयात्रामा चर्चित गङ्गा र कृष्णको कालीयदमनमा चर्चित नदी।
21052 गङ्गाजमुना ना. २. कुनै पनि जुम्ल्याही दिदीबहिनी (नाम राख्ने चलनअनुसार)।
21053 गङ्गाजमुनी ना. १. नित्यकर्म तथा पूजाआजामा पानी चढाउन प्रयोग गरिने, तामो, पित्तल आदि धातु मिसाएर बनाइएको (जलपात्र)।
21054 गङ्गाजमुनी ना. २. पित्तल वा ढलोट र फलाम गाँसी सितारमा जड्नका लागि बनाइएको पर्दा।
21055 गङ्गाजल ना. गङ्गा नदीको पानी; भागीरथीको जल (प्रायः देव-पितृकार्यमा प्रयोग गरिने वा स्वच्छता, पवित्रता र निर्मलताको सङ्केत दिने अर्थमा, उदा.- गङ्गाजलले सूर्यलाई अर्घ। - उखान)।
21056 गङ्गा दशहरा ना. ज्येष्ठ शुक्ल प्रतिपदादेखि आरम्भ भई नियमित रूपमा स्नान गरी दशमीका दिन पापविमोचनका निम्ति हुने उत्सव ; दशहरास्नानको समापन समारोह; दशहरा।
21057 गङ्गाद्वार ना. गङ्गा नदीले पहाडको बाटो छिचोली तराई प्रवेश गर्न लागेका ठाउँमा पर्ने तीर्थ; हरिद्वार।
21058 गङ्गाधर ना. शिरमा गङ्गाको वेग वहन गर्ने महादेव, शिव।
21059 गङ्गापुत्र ना. १. शन्तनु तथा गङ्गाका छोरा ; भीष्म।
21060 गङ्गापुत्र ना. २. गङ्गातटमा बसेर दान-दक्षिणा लिने ब्राह्मण; पण्डा।
21061 गङ्गामाटी ना. गङ्गा नदीका स्पर्शले बराबर पखालेर पवित्र बनाइएको माटो; नदीका तटको माटो।
21062 गङ्गायात्रा ना. १. मरण निश्चय भइसकेपछि बिरामीलाई जिउँदै घाटमा लैजाने काम।
21063 गङ्गायात्रा ना. २. मृत्यु; मरण; परलोकको यात्रारम्भ।
21064 गङ्गालहरी ना. हावाका वेगले उठ्ने गङ्गाको तरङ्ग वा लहर।
21065 गङ्गालहरी ना. २. महाकवि जगन्नाथरचित गङ्गाविषयक प्रसिद्ध स्तुति-साहित्य।
21066 गङ्गालाभ ना. हिन्दू-संस्कारअनुसार मोक्षपद प्राप्तिको कारण मानिने पवित्र स्थल, पुण्यनदी आदिमा भएको मरणः गङ्गातटको मृत्यु।
21067 गङ्गासागर ना. समुद्रमा गङ्गा मिलेको ठाउँ, हिन्दूहरूको एक प्रख्यात तीर्थ जनकपुरको एक प्रसिद्ध ताल।
21068 गच्कनु अ.क्रि. मनको खुसी वा फुर्ती देखाउने गरी गजक्क पर्नु गम्कनु।
21069 गच्काइ ना. गच्कने क्रिया वा प्रक्रिया।
21070 गच्काइनु क.क्रि. गच्कने पारिनु।
21071 गच्काउनु प्रे.क्रि. गम्काउनु।
21072 गच्किनु अ.क्रि. गच्कनु।
21073 गच्छ्गच्छ ना. १. जानुपर्ने ठाउँमा जाने वा आफ्नोआफ्नो बाटो लाग्ने काम; लाखापाखा ; यत्रतत्र।
21074 गच्छ्गच्छ ना. २. विसर्जन, समाप्ति; टुङ्ग्याउनी।
21075 गच्छे ना. १. जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन; सामर्थ्य; औकात; हैसिय।
21076 गच्छे ना. २. आर्थिक क्षमता; पुँजी; सम्पत्ति।
21077 गच्छे ना. ३. हकदार वा प्रतिनिधिलाई हक बुझाइदिने काम जिम्मा।
21078 गच्छ्याइ ना. गच्छ्याउने भाव, क्रिया वा प्रक्रिया।
21079 गच्छ्याइनु क.क्रि. गँसाइनु; जोडाइनु; खप्ट्याइनु।
21080 गच्छ्याउनु स.क्रि. १. एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु जोड्नु, खाप्नु, अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु।
21081 गच्छ्याउनु स.क्रि. [गच्छे+आउ+नु] २. अर्काको मालसामान बुझाउनु; नासो जिम्मा लाइदिनु।
21082 गज ना. १. हात्ती।
21083 गज ना. २. ज्योतिषशास्त्रमा आठको अङ्क।
21084 गज ना. १.गजप्रणालीमा सोह्र गिरा वा छत्तीस इन्च अर्थात् तीन फुट लमाइको नापो।
21085 गज ना. २. दुई हात लमाइ बराबरको नाप्ने डन्डी।
21086 गज ना. ३. सारङ्गी, बेला आदि बजाउने साधन; कमानी; गजो।
21087 गज ना. ४. घाउ-खटिरा आदिमा औषधी लगाइने सुत्लो।
21088 गज ना. ५. कुनै वस्तुको चौडाइतिरको भाग।
21089 गज ना. ६. भरुवा बन्दुकमा बारुद र लत्ता खाँद्ने फलामे डन्डी।
21090 गज ना. वि. ७. दुई हात लमाइ भएको; तीन फुटको।
21091 गजक ना. रक्सी खाइसकेपछि मुखको स्वाद फेर्न खाइने मसला जातको कुनै खानेकुरो।
21092 गजक्क क्रि.वि. रिसले वा फुर्ती र धाकले गम्किने गरी; गमक्क।
21093 गजगज क्रि.वि. १. गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।
21094 गजगज क्रि.वि. २. मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी।
21095 गजगजी क्रि.वि. शीघ्रताका साथ मुखबाट फिँज निस्कने किसिमले।
21096 गजगिरी ना. पुल, साँघु आदि बनाउँदा लट्ठालाई दरो र तन्किलो पार्न वरिपरिका जमिनमा गाडी ढुङ्गा, इँट आदिले बलियो बनाइएको खम्बा; सेतुस्तम्भ।
21097 गजघट्ट क्रि.वि. कुनै काम नगरी, अनावश्यक रूपमा ठाउँ ओगटेर समय बिताउने ढाँचाले ; हात्ती बसे झैँ बस्ने किसिमसँग; ढसमस्स।
21098 गजज्ज क्रि.वि. १. गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।
21099 गजज्ज क्रि.वि. २. मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी।
21100 गजटो ना. एउटा हातले समातेर वा उभाएर झिक्दा आउन सक्ने अन्न, घाँस, पराल आदिको परिमाण।