Dictionary

All Word

21151 गज्काउनु प्रे.क्रि. गजक्क हुने पार्नु, गज्कन लाउनु, गम्काउनु।
21152 गज्किनु अ.क्रि. १. गजक्क परिनु।
21153 गज्किनु अ.क्रि. २. गच्कनु, गम्कनु।
21154 गज्ज क्रि.वि. गिलो वस्तु एकैपल्ट मुछ्ने, मथेल्ने वा मुखबाट धेरै फिंज काढ्ने किसिमले।
21155 गजमोरो ना. १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो।
21156 गजमोरो ना. २. घन्चमन्च गरेर बस्नुपर्ने चाल ; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल।
21157 गजमोरो ना. ३. साँगुरो अवस्था; भिडभाड।
21158 गज्मौरिनु अ.क्रि. १. गजमज र खजमज हुनु, एकै ठाउँमा गुजुमुज्ज हुनु।
21159 गज्मौरिनु अ.क्रि. २. अलपत्र पर्नु, बिथोलिनु।
21160 गज्मौरो ना. १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो।
21161 गज्मौरो ना. २. घन्चमन्च गरेर बस्नुपर्ने चाल ; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल।
21162 गज्मौरो ना. ३. साँगुरो अवस्था; भिडभाड।
21163 गज्याङगुजुङ/गज्याङमज्याङ क्रि.वि. १. अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले।
21164 गज्याङगुजुङ/गज्याङमज्याङ क्रि.वि. ना. २. त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग।
21165 गज्रौटो ना. गाजल राख्ने भाँडो; गाजलको बट्टा।
21166 गट्टा ना. १. केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा।
21167 गट्टा ना. २. कमलको फूल वा गेडा।
21168 गट्टा ना. ३. नरिवल, बेल आदिको फल।
21169 गट्टा ना. ४. नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो।
21170 गट्टा ना. ५. टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द।
21171 गट्टा ना. ६. गोल वा डल्लो वस्तु।
21172 गट्टागट्टी ना. गट्टा र गट्टीको समूह, साना-ठुला धेरै गट्टा।
21173 गट्टी ना. १. गुच्चा खेलमा पहिलोपल्ट हानिने ठाउँमा राखिने ढुङ्गा वा अरू वस्तु।
21174 गट्टी ना. २. गट्टाको खेलमा प्रयोग गरिने मसिना, बाटुला ढुङ्गा वा अरू कुनै साना र डल्ला वस्तु, गट्टा।
21175 गट्टी ना. ३. कलमको पाइपनिर राखिने एक किसिमको ढिम्री।
21176 गट्टे ना. १. फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा।
21177 गट्टे ना. वि. २. गट्टाका ढाँचाको; गट्टा भएको।
21178 गट्टे पिङ ना. दायाँ-बायाँ दुवैतिर पाङ्ग्रा राखी बिचको फल्याकमा मान्छे बस्ने र डोरी वा लट्ठीले तानेर पिङका रूपमा खेलिने केटाकेटीको एक खेल।
21179 गट्टो ना. कटहर आदिको कलिलो फल, छिप्पिइनसकेको फर्सी; कैँडो।
21180 गट्ठा ना. १. जमघट; भेला वा जम्मा; गठ।
21181 गट्ठा ना. २. बलियो गरी कसेको ठुलो भारी।
21182 गट्ठा ना. तोप, बन्दुक आदि अस्त्रको गोली, बारुद आदि विस्फोटक वस्तु।
21183 गट्ठाघर ना. सेना वा सैनिकसम्बन्धी हातहतियार, गोला, बारुद आदि राख्ने सरकारी घर; शस्त्रागार।
21184 गठ ना. १. एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो; जम्मा; भेला।
21185 गठ ना. २. मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।
21186 गठन ना. १. कुनै निश्चित उद्देश्यको परिपूर्तिका निम्ति कुनै दल वा संस्थाको निर्माण।
21187 गठन ना. २. बनाउने काम; सङ्घटन; निर्माण, रचना।
21188 गठनकर्ता वि. गठन गर्ने वा बनाउने; सङ्गठित रूप दिने।
21189 गठनी ना. १. गाईबस्तु बाँध्ने दाम्लाको गाँठो; गलमगाँठो।
21190 गठबन्धन ना. १. कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो।
21191 गठबन्धन ना. २. कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ।
21192 गठरिनु अ.क्रि. १. गाँठागाँठा पर्नु, गठरी वा पोकोजस्तो हुनु, जोल्टिनु, लठारिनु।
21193 गठरिनु अ.क्रि. २. पुड्को वा ग्याँचे हुनु, ग्याँच्च परेको हुनु।
21194 गठरिनु अ.क्रि. ३. साह्रो हुनु।
21195 गठरी ना. १. रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठऱ्याइएको सानो पोको; पोकोपन्तरो; कुटुरो।
21196 गठरी ना. वि. २. होचो कदकी होची (हेय)।
21197 गठरीमठरी ना. धेरै सरसामान गठऱ्याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो।
21198 गठरो वि. १. गाँठगाँठा परेको; गठरिएको।
21199 गठरो वि. २. बढ्न नसकेर गान्टिएको; पुसुने; पुड्को।
21200 गठरो वि. ना. ३. ठुलो पोको।