Dictionary

All Word

21251 गडऱ्याङगुडुरुङ क्रि.वि. ना. २. मेघ गर्जंदाको गड्याङगुडुङ ध्वनि।
21252 गडऱ्याङ क्रि.वि. चट्याङ पर्दा वा मेघ गर्जंदा ठुलो आवाज आउने किसिमसि।
21253 गडल वि. गहिरोसम्म भासिएको; गड्ने खालको।
21254 गडलगाडल ना. गाड्नेवर्ने काम।
21255 गडाइ ना. १. गड्ने भाव, क्रिया वा प्रक्रिया।
21256 गडाइ ना. [√ गाड्(+आइ)] २. गाड्ने भाव, क्रिया वा प्रक्रिया।
21257 गडाइनु क.क्रि. गड्न वा गाड्न लाइनु।
21258 गडाउ वि. १. गाडिएको वा धसिएको; गडुवा।
21259 गडाउ वि. २. मुद्दा-मामिला वा चारित्रिक अभियोगमा कसुरदार ठहरिँदै गएको।
21260 गडाउनु प्रे.क्रि. १. भास्न लाउनु, गड्न लाउनु।
21261 गडाउनु प्रे.क्रि. २. गाड्न लाउनु।
21262 गडाउनु प्रे.क्रि. गडिनु - अ.क्रि. गाडिनु; भासिनु।
21263 गडी ना. गेडागुडी खानेकुरो ( मकै, चना, भटमास इ.)।
21264 गडुवा ना. टुटी गाँसिएको पानीको भाँडो करुवा।
21265 गडुवा वि. गडेको वा गाडिएको; गडल।
21266 गडेरी ना. सानोतिनो खोल्सामा वा सुलसुले र मैलो पानी भएको ठाउँमा हुने एक जातको माछो।
21267 गड्कनु अ.क्रि. रवाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले आवेगमा आएर ठुलो स्वरले बोल्नु, कड्कनु; गर्जनु।
21268 गड्काइ ना. गड्किने भाव, क्रिया वा प्रक्रिया।
21269 गड्काइनु क.क्रि. फुर्ती देखाइनु; कड्काइनु।
21270 गड्काउनु प्रे.क्रि. गड्कने पार्नु; रवाफ देखाउनु।
21271 गड्किनु अ.क्रि. १. रवाफ वा फुर्तीसाथ बोलिन, कड्किनु।
21272 गड्किनु अ.क्रि. २. गड्कनु।
21273 गड्ढा ना. जमिनमा खनेर वा आफैँ खोलिएर बनेको खाल्डो; खाडल; खाडी।
21274 गड्याङगुडुङ क्रि.वि. १. मेघ गर्जंदा ठुलठुलो आवाज आउने किसिमले।
21275 गड्याङगुडुङ क्रि.वि. २. कुनै पनि गह्रौँ सामान यताउति थचारिँदा झैँ आवाज निस्कने गरी।
21276 गड्याङगुडुङ क्रि.वि. ना. ३. मेघको गर्जन; बादलको कड्काइ।
21277 गड्याङगुडुङ क्रि.वि. ४. गडबड; गोलमाल।
21278 गड्याङमड्याङ ना. गोलमाल; गडबड।
21279 गड्याङ्ङ क्रि.वि. चट्याङ वा वज्र पर्दा ठुलो आवाज आउने चालले।
21280 गढ्नु अ.क्रि. १. कुनै विषयमा भित्री तहसम्म पुग्नु, गहिरिन एकाग्रतासाथ लाग्नु।
21281 गढ्नु अ.क्रि. २. कुनै तिखो वस्तु वा पेचिलो कुरो मर्मसम्म पुग्नु, गड्नु, बिझ्नु।
21282 गढ्नु अ.क्रि. ३. असत्य वा अजमाएका कुरामा लाग्नु।
21283 गढ ना. १. प्राचीन राज्य-व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौंडो।
21284 गढ ना. २. सेना वा हातहतियार तैनाथ गरिएको ठाउँ; गढी; किल्ला; दुर्ग।
21285 गढन्त वि. १. कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान्।
21286 गढन्त वि. २. वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको।
21287 गढन्त वि. ३. काल्पनिक; गडन्ता।
21288 गढाइ ना. गढ्ने क्रिया वा प्रक्रिया।
21289 गढाइनु क.क्रि. गहिरो रूपमा विचार गर्न लाइनु।
21290 गढाउनु प्रे.क्रि. गहिराइसम्म पुऱ्याउनु, विचार गर्ने पार्नु।
21291 गढिनु अ.क्रि. गहिरिएर सोचिनु; अजमाइनु।
21292 गढी ना. सानो गढ (चिसापानी गढी, सिंधुली गढी, उदयपुर गढी इ.)।
21293 गण ना. १. कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय; जमात, समूह, वर्ग।
21294 गण ना. २. चर, दू।
21295 गण ना. ३. अनुचर; सेवक।
21296 गण ना. ४. शिवका पार्षद वा अनुचरहरूको दल।
21297 गण ना. ५. छन्दशास्त्रअनुसार लघुगुरुका हिसाबले रहेका तीनतीन अक्षरको आठ समूह (यगण, मगण, तगण, रगण, जगण, भगण, नगण र सगण)।
21298 गण ना. ६. पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, अद्, चुर् आदि धातुसमूह।
21299 गण ना. ७. ज्योतिषशास्त्र- अनुसार मानिसमा रहेका तथा वरवधूका जन्मपत्रिका हेर्दा जुराइने देवगण, मनुष्यगण, राक्षसगण जस्ता तीन तहमध्ये कुनै एक।
21300 गण ना. ८. बहुवचन जनाउने एक चिह्न (महिलागण, सज्जनगण इ.)।