Dictionary

All Word

21301 गणक वि. १. गणना गर्ने, गन्ने।
21302 गणक वि. ना. २. हिसाब गर्ने यन्त्र (क्यालकुलेटर)।
21303 गणक वि. ३. गणित-ज्योतिषी; दैवज्ञ।
21304 गणचिह्न ना. आफ्ना पुर्खाहरूको सम्झनामा सङ्केतस्वरूप पुजिने चिह्न।
21305 गणतन्त्र ना. १. देशको शासनप्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित हुने राजनीतिक व्यवस्था; जनतन्त्र।
21306 गणतन्त्रवादी ना. गणतन्त्रमा विश्वास गर्ने वा गणतन्त्रका सिद्धान्तअनुसार चल्ने; गणतन्त्रको पक्षपाती।
21307 गणतन्त्री वि. १. गणतन्त्रसम्बन्धी; गणतन्त्रका सिद्धान्तअनुरूपको।
21308 गणतन्त्री वि. २. गणतन्त्रको अनुयायी।
21309 गणतन्त्रीय वि. गणतन्त्री।
21310 गणतान्त्रिक वि. गणतन्त्री।
21311 गणदेवता ना. समूहका रूपमा रहने देवता, आदित्य, विश्वदेवा, वसु, तृषित, अभाश्वर, अनिल, महाराजिक, साध्य र रुद्र - यी देवताको समूह।
21312 गणद्रव्य ना. सामूहिक हितका निम्ति कुनै संस्थामा जम्मा गरिएको धनराशि; साझा सम्पत्ति।
21313 गणन ना. गन्ने काम; गन्ती; गणना।
21314 गणना ना. १. गन्ती गर्ने काम; गनाइ।
21315 गणना ना. २. हिसाब; लेखा।
21316 गणना ना. ३. श्रेणी वा स्तरको निर्धारण; मान्ने काम।
21317 गणनायक ना. १. गणेश, गौरीपुत्र, गणपति।
21318 गणनायक ना. २. कुनै गणको वा समूहको नायक; दलको नेता।
21319 गणपति ना. १. गणेश गणनायक।
21320 गणपति ना. २. कुनै गण वा समूहको नेता।
21321 गणपति ना. ३. सैनिक गणको प्रमुख।
21322 गणपाठ ना. एउटै नियमभित्र आउन सक्ने शब्दसमूह।
21323 गणपूरक वि. सभा, बैठक आदि सञ्चालन गर्दा कुनै प्रस्ताव पारित गर्न आवश्यक पर्ने अथवा गणपूर्तिका निम्ति तोकिएअनुसारको (सङ्ख्या)।
21324 गणपूर्ति ना. बैठक वा सभाको सञ्चालन गर्नका निम्ति नियमविधानअनुसार चाहिने सदस्यहरूको उपस्थिति; सदस्यसङ्ख्याको पुग्दो भेला (कोरम)।
21325 गणराज्य ना. प्लेटोद्वारा परिकल्पित तथा स्वायत्त शासनका गणमा सम्बद्ध राज्य; गणतन्त्री राज्य।
21326 गणिका ना. मूल्य लिएर यौवन बिक्री गरी जीविका चलाउने स्त्री; वेश्या; रन्डी।
21327 गणित ना. १. सङ्ख्या र परिणामसम्बन्धी विषयको शास्त्र; हिसाबको ज्ञान गराउने शास्त्र।
21328 गणित ना. २. गन्ने काम; गणना।
21329 गणित ना. वि. ३. हिसाब गरिएको; गणना गरिएको।
21330 गणितज्ञ वि. १. गणित जान्ने; गणितशास्त्रको ज्ञाता; गणितको विशेषज्ञ।
21331 गणितज्ञ वि. २. ज्योतिषी।
21332 गणेश ना. १. हात्तीको जस्तो टाउको र मानिसको शरीर भएको, निर्विघ्नताका प्रतीक मानिने एक देवता; गणपति; विनायक।
21333 गणेश ना. २. गण वा दलको मालिक।
21334 गणेश ना. ३. सेनापति; सेनाध्यक्ष।
21335 गणेश चतुर्थी ना. गणेशको व्रतका लागि उत्तम मानिएको भाद्र शुक्ल पक्षको र माघ कृष्ण पक्षको चतुर्थी ( भाद्र शुक्ल चौथीका दिन चन्द्रमा हेर्नु हुँदैन र हेरियो, देखियो भने अर्काको फलफूल बिमाख गरे दोषमुक्त होइन्छ भनेर चौथी हान्ने चलन छ।
21336 गणेश चौथी ना. गणेश-चतुर्थी।
21337 गणेश पुराण ना. गणेशको माहात्म्य वर्णन भएको एक पुराण।
21338 गणेश पूजा ना. जुनसुकै शुभ कार्यका प्रारम्भमा निर्विघ्न कार्यसमाप्तिको कामना गरी सिद्धिदाताका रूपमा गरिने गणेशको पूजा।
21339 गणेश हिमाल ना. नेपालको धादिङ जिल्लामा पर्ने ७,४०९ मिटर अग्लो, हिउँ नै हिउँले ढाकिएको एक पर्वत श्रेणी।
21340 गण्ड ना. १. मुखको दायाँबायाँ तथा आँखाका मन्तिर पर्ने दुई पाटा; गाला।
21341 गण्ड ना. २. हात्तीको कनपटी।
21342 गण्ड ना. ३. घाउ खटिरो।
21343 गण्ड ना. ४. गाँड।
21344 गण्ड ना. ५. गैँडा।
21345 गण्ड ना. ६. आँख्लो; गाँठो।
21346 गण्डक ना. १. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी।
21347 गण्डक ना. २. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल।
21348 गण्डकी ना. १. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी।
21349 गण्डकी ना. २. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल।
21350 गण्डदूर्वा ना. घोडेदुबो।