Dictionary

All Word

21201 गठऱ्याइ ना. गठरिने भाव क्रिया वा प्रक्रिया।
21202 गठऱ्याइनु क.क्रि. गठरो पारिनु, जोल्ट्याइनु।
21203 गठऱ्याउनु स.क्रि. १. पोको पार्नु, गाँठो पार्नु, कुम्ल्याउनु।
21204 गठऱ्याउनु स.क्रि. २. अल्झाउनु; जोल्ट्याउनु।
21205 गठिउन ना. १. आँख्लाका दुवैपट्टि पात पलाउने, त्यसै ठाउँबाट हाँगा हाल्ने र नीला फूल फुल्ने, बुटीका निम्ति उपयोगी एक सुगन्धयुक्त वनस्पति।
21206 गठित वि. १. कुनै कार्यको सञ्चालनका लागि बनाइएको वा तयार पारिएको; गठन गरिएको।
21207 गठियावात ना. शरीरका जोर्नीजोर्नी सुनिएर दुख्ने एक किसिमको बाथरोग; आँख्लेबा।
21208 गठिलो वि. पोटिलो र दह्रो; खँदिलो; भरिलो।
21209 गठे ना. १. तान्त्रिक मत वा धर्मपरम्परा मान्ने नेवारजातिको पुजारीजस्तो एक वर्ग।
21210 गठे ना. वि. २. बुद्धि नभएको, गल्ड्याङ्ग्रो; गोजेरो।
21211 गठेचा ना. चिप्लो र लेस्याइलो एक थरी माटो।
21212 गठेमङ्गल ना. १. श्रावण कृष्णपक्षको चतुर्दशीको दिन।
21213 गठेमङ्गल ना. २. श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण।
21214 गठेरो वि. १. राम्ररी बोल्न नसक्ने; गल्ड्याङ्ग्रो; लठेब्रो।
21215 गठेरो वि. २. बुद्धि नभएको; गठे।
21216 गठ्याङगुठुङ ना. १. स्पष्टसँग बुझ्न नसकिने र क्रमबद्ध पनि हुन नसकेको कामकुरो वा विषय; जालेमाले भएको काम।
21217 गठ्याङगुठुङ ना. २. जो भएको सबै वस्तु; भएजति सरसामान।
21218 गठ्याङमठ्याङ ना. १. गठ्याङगुठुङ; गज्याङगुजुङ २. झगडा; मनोमालिन्य।
21219 गठ्याङ्ग्रो वि. शरीर सलक्क भई बढ्न नसकेको; ग्याँचे; गठरो।
21220 गड ना. १. पर्दा आदिले छेकिएको ठाउँ; छेकाबार।
21221 गड ना. २. खोलो; नदी।
21222 गड ना. ३. खाल्टो; खोल्सो।
21223 गड ना. ४. इलाका; हाता।
21224 गडगड क्रि.वि. मेघ गर्जेजस्तो शब्द आउने गरी।
21225 गडगडाइ ना. गडगड शब्द निकाल्ने क्रिया वा प्रक्रिया।
21226 गडगडाइनु अ.क्रि. गडगड शब्द निकालिनु, ठुलो स्वरले गर्जिनु।
21227 गडगडाउनु अ.क्रि. १. गडगड शब्द निकाल्नु; गर्जिनु।
21228 गडगडाउनु अ.क्रि. २. बडो फुर्तीसाथ आइजाइ गर्नु।
21229 गडगडाहट ना. गडगडाउने किसिम वा चाल।
21230 गडगडिनु अ.क्रि. अरूलाई मन नपर्ने खालको कुरो गर्नु; बकबकिनु।
21231 गडगड्याइ ना. गडगडिने क्रिया वा प्रक्रिया।
21232 गडतीर ना. १. खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान जमिन खोलाको प्रायः अक्करिलो तीर।
21233 गडतीर ना. २. पानी लाग्न सक्ने वा नसक्ने ससानो बगर।
21234 गडतीर ना. ३. नदीतट।
21235 गडन्ता/गडन्ते वि. १. कुनै काममा घोरिने र त्यस कामलाई फत्ते गर्न खट्ने स्वभावको।
21236 गडन्ता/गडन्ते वि. २. गहिरोसम्म गाडिने (घोचो, घारो, कुरो इ.)।
21237 गडन्ता/गडन्ते वि. ३. काल्पनिक; मनगडन्ते।
21238 गडप ना. १. गहिराइसम्म पुग्ने वा डुब्ने काम।
21239 गडप ना. २. अर्काको सामान लिएपछि नदिने चाला; धितो पचाउने काम; हडप।
21240 गडबड ना. नियमअनुसार नभई तलमाथि पर्ने काम, गोलमाल; अन्डबन्ड।
21241 गडबडाइ ना. गडबड गर्ने वा गडबडाउने भाव, क्रिया वा प्रक्रिया।
21242 गडबडाइनु अ.क्रि. गडबड होइनु।
21243 गडबडाउनु अ.क्रि. तलमाथि परी अव्यवस्थित देखिनु, गडबड हुनु, गोलमाल हुनु।
21244 गडबडिनु अ.क्रि. गडबड होइनु; तलमाथि परिनु।
21245 गडबडे वि. १. गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको।
21246 गडबडे वि. २. गडबड गर्ने; जथाभाबी गर्ने।
21247 गडबड्याइ ना. गडबडिने भाव, क्रिया वा प्रक्रिया।
21248 गडबड्याइनु क.क्रि. गोलमाल गरिनु; गडबड पारिनु।
21249 गडबड्याउनु प्रे.क्रि. क्रम वा नियम बिगार्नु, गडबड पार्नु, गोलमाल गर्नु।
21250 गडऱ्याङगुडुरुङ क्रि.वि. १. मेघ गर्जने किसिमले।