Dictionary

All Word

21101 गजट्याइ ना. गजट्याउने क्रिया वा प्रक्रिया।
21102 गजट्याइनु क.क्रि. हातको पन्जामा अटाएसम्म झिकिनु, गमर्क्याइनु।
21103 गजट्याउनु स.क्रि. हातले गमर्क्याउनु हातमा अट्न सकेजति झिक्नु; हातले भ्याएसम्म उभाउनु; गमर्क्याउनु।
21104 गजदन्त ना. १. हात्तीको दाँत; हस्तीदन्।
21105 गजदन्त ना. २. गणेश।
21106 गजदन्त मणि ना. हात्ती पूरै छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठुला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका दाँतको बहुमूल्य पदार्।
21107 गजदान ना. १. मस्त उमेर भएका हात्तीको मद।
21108 गजदान ना. २. विधिपूर्वक गरिने हात्तीको दान।
21109 गजधम्म क्रि.वि. ठुलो रास वा थुप्रो परेर रहने किसिमले; नचलमलाईकन; धुमधुमती।
21110 गजधम्मे वि. गजधम्म परेको, टसको मस नभई बस्ने।
21111 गजधुम्मे गजधुम्म परेको; गजधम्मे।
21112 गजपाल ना. हात्तीको पालनपोषण गर्ने मान्छे; हात्तीको रखवारी गर्ने व्यक्ति; माहुते।
21113 गजपिप्पली ना. ठुलो जातको पिप्ला।
21114 गजब वि. १. विशेष किसिमको; अनौठो; विलक्षण; अद्भु।
21115 गजब वि. ना. २. आश्चर्य; छक्क।
21116 गजबन्धन ना. हात्ती बाँध्ने थाम वा ठुलो मोटो किलो; खमारी।
21117 गजबार ना. ढोका बन्द गर्न गारैमा जडिएको लामो गर्भे आग्लो; बिरेआग्लो।
21118 गजबार ना. विशेष गरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटका रूपमा प्रयोग गरिने हरियो रङ्गका लामा-लामा टुँड आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा घोच्ने काँडा भएको ठुलाठुला झ्याङ हुने र त्यसै भ्याङबाट निस्किएको टुसो बढी फुटेर फलसमेत लाग्ने एक थरी बुटो।
21119 गजमणि ना. हात्तीका मस्तकमा रहने रातो रङको विशिष्ट प्रकारको मोतीजस्तो देखिने अमूल्य पदार्थ, गजमुक्ता; गजमोती।
21120 गजमुक्ता ना. हात्तीका मस्तकमा रहने रातो रङको विशिष्ट प्रकारको मोतीजस्तो देखिने अमूल्य पदार्थ, गजमुक्ता; गजमोती।
21121 गजमोती ना. हात्तीका मस्तकमा रहने रातो रङको विशिष्ट प्रकारको मोतीजस्तो देखिने अमूल्य पदार्थ, गजमुक्ता; गजमोती।
21122 गजर ना. समय-सङ्केतक घण्ट बज्नुभन्दा पहिले वा पछि बज्ने बाजा (कुनै टेबुल वा भित्ते घडी आदिमा); बिचमा दिइने घण्ट, घण्टी आदिको नाद वा आवाज।
21123 गजरा ना. १. मान्द्रेमेसो बुट्टा देखिने गरी बुनिएको परालको सुकुल।
21124 गजरा ना. २. मोटो र बाक्लो देखिने हिसाबले उनेको फूलको माला; पुष्पहार।
21125 गजराज ना. १. ठुलो हात्ती; श्रेष्ठ हात्ती; बथानको नाइके हात्ती।
21126 गजराज ना. २. इन्द्रको वाहन; ऐराव।
21127 गजल ना. उर्दू र फारसीमा लेखिने, नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको वर्णन हुने त्यस्तो कविता - भेद जसमा ५ देखि ११ सम्म शेर (युग्मक) हुन्छन्।
21128 गजल ना. सबै शेर एउटै रदिफ (काफियापछि आउने शब्दसमूह) र काफिया ( अन्त्यानुप्रास) मा रचिएका हुन्छन् र प्रत्येक शेरको विषय भिन्न हुन्छ।
21129 गजल ना. पहिलो शेर मत्ला कहिन्छ र यसका दुवै मिसरा (पङ्क्ति) सानुप्रास हुन्छन् अनि अन्तिम शेर मक्ता कहिन्छ र यसमा शायरले आफ्नो उपनाम प्रस्तुत गर्दछ।
21130 गजशाला ना. हात्तीहरू बाँध्ने घर वा ठाउँ; हात्तीसार।
21131 गजानन ना. हात्तीको जस्तो मुख भएका देवता; गौरीपुत्र; गणेश।
21132 गजिलो वि. गज वा चौडाइतिरको भाग फराकिलो भएको; ठुलो गजको।
21133 गजी वि. ठुलो गज भएको; गजिलो।
21134 गजीखल ना. वैद्यहरूको रसादि औषधी पिँध्ने ठुलो र गहिरो खालको खल।
21135 गजुर ना. देवदेवीका मन्दिरमा राखिने शिखरका आकारको ठाडो चुच्चे धुरी; कलश।
21136 गजुवा वि. कालो रङको शरीर र खैरो रङको टाउको वा थुतुनो भएको (गोरु)।
21137 गजेट ना. सर्वसाधारणको जानकारीका लागि आधि - कारिक र औपचारिक कुरा प्रकाशित गरिने सरकारी पत्र, राजपत्र।
21138 गजेटेड वि. १. राजपत्रमा उल्लेख भएको; राजपत्राङ्कित (पद, सूचना, नाम इ.)।
21139 गजेटेड वि. २. अधिकृत स्तरको।
21140 गजेटो ना. उखुको रसबाट खुदो वा सखर बनाउँदा र ज्यामिर आदिको चुक पकाउँदा गाजको रूपमा मैलो फिँज निकाल्ने बेल्चाका आकारको चोयाको साधन।
21141 गजेन्द्र ना. १. गजराज, ठुलो हात्ती; श्रेष्ठ हात्ती।
21142 गजेन्द्र ना. २. ऐरावत; इन्द्रको वाहन।
21143 गजेन्द्रमोक्ष ना. १. पुराण आदिका अनुसार हात्तीलाई ग्राहले समातेका बेला विष्णुले सुदर्शन चक्रद्वारा ग्राहलाई मारी गजराजलाई बचाएको प्रसङ्गमा आधारित कथानक।
21144 गजेन्द्रमोक्ष ना. २. दैवी विपत्तिमा बहादुरीपूर्वक कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले १९९५ सालमा स्थापित नेपालको एक राष्ट्रिय पदक।
21145 गजो ना. १. बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन, गज।
21146 गजो ना. २. ट्याम्को, दमाहा, नगराजस्ता छालाले मोरेका बाजा बजाइने छोटो छोटो डन्डी।
21147 गजो ना. ३. हनुमान् नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरो।
21148 गज्कनु अ.क्रि. गजक्क पर्नु, गच्कनु, गम्कनु।
21149 गज्काइ ना. गज्कने क्रिया वा प्रक्रिया।
21150 गज्काइनु क.क्रि. गज्कन लाइनु; गजक्क पारिनु।