Dictionary

All Word

20951 ख्यास्सिनु अ.क्रि. तलतिर लाग्नु, उँधो झर्नु, लछारपाटो लाउनु।
20952 ख्रिस्टीय वि. १. ख्रिस्टसँग सम्बन्धित; इसासम्बन्धी।
20953 ख्रिस्टीय वि. २. क्राइस्टको जन्मदिनदेखि गणना गरिएको।
20954 ख्वाँट्टा वि. १. आलोपालो गरी खेलिने खेलमा सबैभन्दा पछि पालो आउने।
20955 ख्वाँट्टा वि. ना. २. सबभन्दा पछिल्लो खेलाडी।
20956 ख्वाकख्वाक क्रि.वि. १. घाँटीबाट लगातार खोकेको जस्तो धोत्रो आवाज निस्कने गरी; ख्याकख्याक।
20957 ख्वाकख्वाक क्रि.वि. २. लगातार आवाज आउने गरी (खोक्ने किसिम)।
20958 ख्याक्क क्रि.वि. खोक्ता घाँटीबाट धोत्रो, कम्पित, तिखो आवाज आउने गरी।
20959 ख्वाट्ट क्रि.वि. केही नगरीकन; अनायासमै (कुनै काम हुने किसिम)।
20960 ख्वातख्वात क्रि.वि. कुनै लेदो वस्तु खस्ता आवाज आउने गरी।
20961 ख्वातख्वाती क्रि.वि. अझै चड्कासित ख्वात ख्वात हुने गरी।
20962 ख्वात्त क्रि.वि. सबै रित्तिने गरी (कुनै पन्यालो पदार्थ खसाउने वा खन्याउने किसिम)।
20963 ख्वापख्वाप क्रि.वि. नरोकिईकन (कुनै खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वापक्वाप।
20964 ख्वापख्वापती/ख्वापख्वापी क्रि.वि. अझै छिटो ख्वापख्वाप हुने गरी।
20965 ख्वाप्प क्रि.वि. १. एकैचोटि (कुनै डल्लो खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वाप्प।
20966 ख्वाप्प क्रि.वि. २. कुनै तिखो वस्तु रोपिने वा पस्ने गरी।
20967 ख्वामित ना. १. सम्मानबोधक शब्द; श्रीमान्।
20968 ख्वामित ना. २. मालिक; प्रभु, स्वामी।
20969 ख्वाम्म क्रि.वि. पिँधसम्म पुग्ने गरी (कुनै तिखो वस्तु रोप्ने किसिम); स्वाम्म।
20970 ख्वाम्लाड्ड क्रि.वि. चालै नपाई, एक्कासि (खाल्टामा पर्ने किसिम)।
20971 ख्वारख्वार क्रि.वि. नरोकिईकन; स्वारस्वार।
20972 ख्वारख्वारी/ख्वारख्वार्ती क्रि.वि. नरोकिईकन; स्वाटस्वाटी।
20973 ख्वार्र क्रि.वि. १. छिटो छिटो चालसँग; नरोकीकन (दगुर्ने वा हिँड्ने किसिम )।
20974 ख्वार्र क्रि.वि. २. गेडाहरू झर्ने वा पोखिने गरी; स्वार।
20975 ख्वालख्वाल क्रि.वि. कत्ति पनि नरोकिईकन पानी आदि पन्यालो पदार्थ बग्ने वा पोखिने किसिम; वालवाल।
20976 ख्वालख्वाली/ख्वालख्वाल्ती क्रि.वि. अझ तिखो रूपमा ख्वालख्वाल हुनेगरी।
20977 ख्वाले वि. १. नचाहिँदो हल्ला गर्ने।
20978 ख्वाले वि. २. असभ्य; गँवार।
20979 ख्वाल्ल क्रि.वि. एकै बाजि खनिएर; नरोकिईकन (पानी आदि बग्ने वा पोखिने किसिम); वाल्ल।
20980 ख्वास्स क्रि.वि. थाहै नपाईकन; नचिताएको ढाँचाले; बिस्तारै हाल्ने, हुल्ने वा घुसाउने गरी, ह्वास्स।
20981 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, घोष, अल्पप्राण व्यञ्जनवर्ण; कवर्गको तेस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; गाइगोडे ग।
20982 २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण या मूल्याङ्कन गर्दा तेस्रो वा निम्न श्रेणीलाई छुट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत; लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक तेस्रो चिह्न।
20983 गँगटे ना. हातका औँलामा लगाइने घुम्रिएको औँठी; मुन्द्री मुन्द्रो।
20984 गँगटो ना. हिँड्नका लागि आठवटा खुट्टा हुने र च्याप्न र आफ्नो रक्षा गर्नका लागि दुईवटा सुँडजस्ता काँडादार अङ्ग हुने, पानीका छेउछाउका काप र ढाँडहरूमा बस्ने जलजीवी प्राणी।
20985 गँगरिनु अ.क्रि. जाडो वा चिसोले शरीरका अङ्गहरू कठ्याङ्ग्रिनु, गँगर्किनु; अररिनु।
20986 गँगर्किनु अ.क्रि. जाडो वा चिसोले कठ्याङ्ग्रिनु, गँगरिनु।
20987 गँगर्क्याइ ना. गँगर्किने भाव, क्रिया वा प्रक्रिया।
20988 गँगर्क्याइनु क.क्रि. जाडोले कक्रक्क पारिनु, गँगऱ्याइनु।
20989 गँगर्क्याउनु प्रे.क्रि. जाडोले कक्रक्क पार्नु, परिस्थितिले गँगऱ्याउनु।
20990 गँगऱ्याइ ना. गँगरिने किसिम, क्रिया वा प्रक्रिया।
20991 गँगऱ्याइनु क.क्रि. जाडोले कक्रक्क पारिनु, गँगर्क्याइनु।
20992 गँगऱ्याउनु स.क्रि. / प्रे.क्रि. १. जाडोले कक्रक्क पार्नु, गँगर्व्याउनु।
20993 गँगऱ्याउनु स.क्रि. / प्रे.क्रि. २. गँगरिन लाउनु।
20994 गँगौटी ना. १. गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो।
20995 गँगौटी ना. २. नदीका किनारको माटो; गङ्गामाटी।
20996 गँजडी वि. गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा।
20997 गँजौटो ना. एक हातको पन्जामा अटाउन सक्नेसम्मको नापो; एक पसरको परिमाण।
20998 गँज्याहा वि. गाँजाको अम्मली; गँजडी।
20999 गँडास ना. काठको आधारमा अड्याइएको, सुपारी काट्ने सरौतोजस्तो बिँड भएको, पराल, घाँस आदि काटेर भुसा बनाउने हतियार; तराईतिर घाँसबाट भुसा तयार पार्ने सरौताका आकारको हतियार।
21000 गँडासो ना. दाउरा, मुढा, काठपात, घाँस आदि काट्ने काममा प्रयोग गरिने बिंड भएको हतियार।