Dictionary

All Word

21351 गण्डमाला ना. घाँटीमा वरिपरि मालाका आकारको गाँठगाँठा परेर आउने रोग; कण्ठमाला।
21352 गण्डस्थल ना. कपोल; गालाको पाटो ; गाला।
21353 गण्डास्थि ना. गालाको माथिल्लो भाग र आँखाको तल्लो भागमा पर्ने हाड; गालाको हड्डी।
21354 गण्य वि. सामाजिक तथा नैतिक मर्यादामा प्रतिष्ठित; गणना गर्न लायक; गन्न योग्य।
21355 गण्यमान्य वि. १. समाजका विभिन्न आदर्श र प्रतिष्ठाले युक्त; गन्नु र मान्नुपर्ने; सम्मानि।
21356 गण्यमान्य वि. ना. २. सम्माननीय व्यक्ति।
21357 गत ना. १. दयनीय स्थिति; नजाती हालत; दुर्गति।
21358 गत ना. २. सङ्गीतशास्त्रका अनुसार विभिन्न रागरागिनीका निर्धारित स्वर वा लय बाजामा उतार्ने काम।
21359 गत वि. १. गइसकेको; हिँडेको; गएको।
21360 गत वि. २. समाप्त भएको; बितेको।
21361 गत वि. ३. जीवनबाट मुक्त भइसकेको; मरेको; मृ।
21362 गतागत ना. १. निरन्तर रूपमा हुने आवतजावत; आवागमन।
21363 गतागत ना. २. आध्यात्मिक अर्थमा संसारचक्रमा भइरहने आवागमन; जन्म-मरण।
21364 गतागत ना. वि. ३. आएगएको; आइ-जाइ गरेको।
21365 गताङ्क ना. १. पत्रपत्रिका आदिको गएकोपल्ट प्रकाशित भएको अङ्क; सन्दर्भमा आएको अङ्कभन्दा पहिलेको अङ्क; यसभन्दा अघिल्लो अङ्क।
21366 गताङ्क ना. २. गएको वा घटाइएको अङ्क (गणितमा)।
21367 गतानुगत ना. परम्परागत प्रथाको जस्ताको तस्तै पालन वा अनुसरण।
21368 गतानुगतिक वि. परम्परागत कुराका हित र अहितको छानबिन, तर्क, विश्लेषण र विचारका आधारमा नगरी अन्धानुसरण गर्ने, पुराना रीतिथितिको अन्धानुयायी; सोच - विचारविना अरूको पछि लाग्ने।
21369 गतार्थ वि. विदित भइसकेको विषय; आद्योपान्त खुलस्त र छर्लङ्ग भएको।
21370 गति ना. १. एक स्थिति, रूप आदिबाट अर्को स्थिति, रूपआदिसम्मको परिवर्तन वा एक ठाउँदेखि अर्को ठाउँसम्मको गमन; चाल; हिँडाइ; सराइ; वेग।
21371 गति ना. २. कुनै पनि वस्तु वा प्राणीको दशा; अवस्था।
21372 गति ना. ३. सम्भावित प्रयासको सीमा; क्षमता; शक्ति; ताग।
21373 गति ना. ४. जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था।
21374 गति ना. ५. मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया।
21375 गति ना. ६. ईश्वरीय स्वरूप; मोक्ष, मुक्ति।
21376 गति ना. ७. प्रवेश, पहुँच।
21377 गति ना. ८. मार्ग, बाटो।
21378 गति ना. ८. वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च); नाडी।
21379 गतिछाडा वि. १. आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने; गतिपति नभएको।
21380 गतिछाडा वि. २. काम गर्ने शक्ति भए पनि वास्ता नगर्ने वा हातखुट्टा नचलाउने, हुतीहारा।
21381 गतिजन्य वि. गतिबाट उत्पन्न भएको; गति जनाउने; गतिसम्बन्धी।
21382 गति न गरास ना. खाने - लाउने र बस्ने व्यवस्था नभएको स्थिति; अति दीनहीन वा दुर्बल अवस्था।
21383 गति न पति ना. आफ्नो राम्रो अवस्था पनि नभएको र कोही रक्षक पनि नभएको स्थिति।
21384 गतिपति ना. अवस्था; हाल।
21385 गतिमति ना. अवस्था र बुद्धि, बुद्धि र परिस्थिति दुवैले साथ नदिएको हालत वा निर्धो अवस्था।
21386 गतिमय वि. निरन्तर चलिरहने; गति भएको; चलायमान्।
21387 गतिमान् वि. गति भएको; गतिशील; वेगवान्।
21388 गतिरहित वि. गति वा वेगहीन, गतिशीलताको अभाव भएको; निश्चल।
21389 गतिरोध ना. जुनसुकै कामकुराको क्रमिक गतिमा बाधा परेको अवस्था; गतिको व्यवधान; बाधा-अड्काउ।
21390 गतिलो वि . राम्रो भएको; असल; बेस; गहकिलो।
21391 गतिवाद ना. कुनै पनि पदार्थ वा वस्तुको गतिसम्बन्धी दर्शन वा सिद्धान्त; खगोल तथा भूगोलका विभिन्न वस्तुहरूको गतिसिद्धान्।
21392 गतिविज्ञान ना. वस्तु वा पदार्थको गतिसम्बन्धी ज्ञान गराउने शास्त्र; गतिको वैज्ञानिक अध्ययन गराउने विद्या।
21393 गतिविधि ना. १. कुनै पनि व्यक्ति, कामकुरा आदिको व्यवस्था वा स्थिति; प्रकृतिका सम्पूर्ण पक्षमा हेरफेर भइरहने रङ्गढङ्ग।
21394 गतिविधि ना. २. चालचलन; हिँडाइचलाइ; हालचाल; चेष्टा।
21395 गतिशील वि. १. एकै ठाउँमा वा एउटै स्थितिमा सीमित नभई निरन्तर अगाडि लम्कने; हिँडडुल गर्ने, चल्ने, चलायमान।
21396 गतिशील वि. २. आफ्नो साथसाथै अरूलाई पनि सक्रिय बनाउन चेष्टा गर्ने; लक्ष्यमा अग्रसर हुने।
21397 गतिशील वि. ३. उन्नतिशील।
21398 गतिशील ऊर्जा ना. कुनै पनि वस्तुमा रहेको गतिबाट उत्पन्न भएको शक्ति; इन्धनशक्ति।
21399 गतिशीलता ना. गतिशील हुनाको भाव वा अवस्था।
21400 गतिशील नेतृत्व ना. सक्षम नेताद्वारा अवस्थाअनुकूल मोड लिंदै र परिष्कृत हुँदै जाने वा जनतालाई दिइने अग्रगामी तथा उचित पथ-प्रदर्शन।