Dictionary

All Word

21501 गन्डी वि. ३. गन्डा।
21502 गन्तव्य ना. १. गइने ठाउँ; जाने वा पुग्ने स्थान।
21503 गन्तव्य ना. वि. २. जान योग्य; जान उचित; जानुपर्ने।
21504 गन्ती ना. गणना गर्ने काम; गनाइ; गिन्ती।
21505 गन्थन ना. १. अनावश्यक वा बेप्रसङ्गको लामो कुरो, गनथन।
21506 गन्थन ना. २. दुःखसुख खोलेर गरिने बातचि।
21507 गन्थनाइ ना. गन्थन गर्ने भाव, क्रिया वा प्रक्रिया।
21508 गन्थनाइनु अ.क्रि. गन्थन गरिनु।
21509 गन्थनाउनु अ.क्रि. १. नचाहिने वा बेप्रसङ्गको लामो कुरा गर्नु।
21510 गन्थनाउनु अ.क्रि. २. सुखदुःखका गथासा व्यक्त गर्नु।
21511 गन्थने वि. नचाहिँदो लामो कुरा गर्ने; गन्थन गर्ने; गनगने।
21512 गन्दगी ना. फोहरमैला; घिनलाग्दो वा दूषित वस्तु।
21513 गन्दा वि. फोहरमैला भएको; घिनलाग्दो दुर्गन्धपूर्ण।
21514 गन्ध ना. १. नाकद्वारा चाल पाउन सकिने, हावामा मिलेर फिँजिएको कुनै वस्तुका सूक्ष्मकणहरूको प्रसार; वासन; बास; महक; बास्ना।
21515 गन्ध ना. २. पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) मध्ये पृथ्वीको गुण।
21516 गन्ध ना. ३. पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) मध्ये एक।
21517 गन्ध ना. ४. थोरै मात्रा, सारै थोरै अंश; लेश।
21518 गन्ध ना. ५. दुर्गन्ध; हरक।
21519 गन्ध ना. ६. कुनै कुराको साह्रै मसिनु रूपले वा लक्षणद्वारा मात्र भएको ज्ञान।
21520 गन्धक ना. बारुद आदि विष्फोटक पदार्थमा र कीटाणुनाशक विषालु औषधीमा प्रयोग हुने, तिखो हरक र पहेँलो रङ भएको एक खनिज पदार्थ वा उपधातु।
21521 गन्धकाकुली ना. मञ्जरीका रूपमा खैराखैरा फूल फुल्ने र एउटै भेट्नामा धेरै लामालामा पात हुने, गरम, त्रिदोषनाशक,विषनाशक र ज्वरनाशक गुण भएको आयुर्वेदिक बुटी।
21522 गन्धतॄण ना. बाबियाको जस्तै पात हुने र सानो सेतो रङको फूल फुल्ने सुगन्धी घाँस; तेलीबाबियो।
21523 गन्धद्रव्य ना. १. मिठो बास्ना चल्ने पदार्।
21524 गन्धद्रव्य ना. २. आफूमा रहेको सुगन्धले अन्य वस्तुलाई समेत सुगन्धित पार्ने वस्तु (श्रीखण्ड, कस्तूरी, केशर इ.)।
21525 गन्धराज ना. खुर्सानीफूल जस्तै लहरामा फुल्ने, हल्का रामतिलक जस्तै वा सेतो रङको हुने, मिठो बास्ना आउने एक जातको लाम्चो फूल।
21526 गन्धर्व ना. १. गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि।
21527 गन्धर्व ना. २. गानबजान नै पेसा भएको एक जाति; गाइने।
21528 गन्धर्व नगर ना. १. महाभारतप्रसिद्ध गन्धर्वहरूको बस्ती वा राजधानी।
21529 गन्धर्व नगर ना. २. वायुमा आएको उष्णताको प्रभावले आकाशमा परेको प्रतिबिम्ब जलथलमा अनुबिम्बित हुन जाँदा देखिने सहर, ग्राम, जङ्गल आदिको दृश्य।
21530 गन्धर्व नगर ना. ३. काल्पनिक नगर; मिथ्यालोक।
21531 गन्धर्व नगर ना. ४. अवास्तविक वस्तुमा पनि हुने वास्तविकताको भान।
21532 गन्धर्व नगर ना. ५. चन्द्रमण्डल।
21533 गन्धर्व विद्या ना. गानबजानसम्बन्धी विद्या; सङ्गीतशास्त्र।
21534 गन्धर्व विवाह ना. हिन्दू धर्मशास्त्र (मनुस्मृति) का अनुसार आठ प्रकारका विवाहमध्ये आमाबाबुको अनुमति नलिई प्रेम भएका केटा र केटीका आफ्नै राजीखुसीले गरिने विवाह, प्रेमविवाह।
21535 गन्धर्व वेद ना. चार उपवेदमध्ये एक वेद; गन्धर्वविद्या; सङ्गीतशास्त्र।
21536 गन्धवह ना. १. हावा; वायु।
21537 गन्धवह ना. २. श्रीखण्ड; चन्दन।
21538 गन्धवह ना. वि. ३. गन्ध लैजाने; गन्धवाहक।
21539 गन्धवह ना. ४. सुगन्धि।
21540 गन्धाक्षत ना. १. चन्दन, अक्षता आदि पूजाका सरसामान।
21541 गन्धाक्षत ना. २. पूजासामानद्वारा देवता, ब्राह्मण आदिलाई टीका लगाइदिने काम।
21542 गन्धाक्षती ना. जनश्रुतिअनुसार विधवाका माइतीले दियोकलश पुजेर दिएको उत्तम जैसीमा गनिने सन्तान।
21543 गन्धालु वि. बास्ना आउने; बास्नादार; गन्धयुक्।
21544 गन्धिलो वि. गन्ध भएको; गन्धयुक्।
21545 गन्धी वि. १. बास्ना आउने; गन्धयुक्त; सुवासि।
21546 गन्धी वि. ना. २. बास्नादार वस्तुको व्यापार गर्ने व्यक्ति।
21547 गन्धे वि. १. दुर्गन्धी; फोहरमैला भएको।
21548 गन्धे वि. ना. २. सार्की आदिलाई होच्याएर गाली गर्ने गरिएको शब्द।
21549 गन्धे वि. स्त्री. गन्धिनी; गन्धेनी।
21550 गन्धे वि. ३. पानका आकारका केही ठुला पात हुने, बिचमा पहेँला रङका घोगाजस्ता कर्णिकारमा सेता फूल र घोगाकै आकारका फल फल्ने, जरो, अरुचि, कफ तथा पित्तनाशक र पथ्य गुण भएको एक बुटी।