Dictionary

All Word

21651 गम्दारी ना. वि. २. गम्दार।
21652 गम्बु ना. काठको ठेकी आकारको, घिउ राख्ने बट्टा; घिउबट्टा।
21653 गम्बुठ ना. पिँडौलासम्म घुस्ने गरी लगाइने छालाको बुटजुत्ता।
21654 गम्भीर वि. १. गहिराइ थाहा नपाइने; गहिरो।
21655 गम्भीर वि. २. शान्त; धीर।
21656 गम्भीर वि. ३. विचारपूर्ण; गहन।
21657 गम्भीर वि. ४. जटिल; दुरुह (गम्भीर समस्या, गम्भीर स्थिति इ.)।
21658 गम्भीर वि. ५. घना; सघन।
21659 गम्भीरता ना. गम्भीर हुनाको भाव, स्थिति वा गुण।
21660 गम्म क्रि.वि. १. गमक्क पर्ने चालले; गम्किने किसिमले।
21661 गम्म क्रि.वि. २. कुनै वस्तु पूरा भरिने किसिमले; डम्म; टम्म।
21662 गम्म क्रि.वि. ३. न्यानो हुने किसिमले।
21663 गम्म क्रि.वि. ४. निश्चिन्त वा मग्न भई बस्ने किसिमले।
21664 गम्म क्रि.वि. ५. चारैतिर बास्ना मगमगाउने किसिमले।
21665 गम्मागम्म वि. १. टनाटन; भरिभराउ।
21666 गम्मागम्म वि. २. गम्म।
21667 गम्मागम्म वि. ३. बढिबढाउ।
21668 गम्मागम्मी वि. १. भरिभराउ; गम्मागम्म।
21669 गम्मागम्मी वि. २. गम्म।
21670 गम्मारी ना. पीपलका आकारका पात र सेतो बोक्रो हुने, पहेँलो रङको फूल फुल्ने, दुध निस्कने एक वनस्पति।
21671 गम्य वि. १. जान योग्य; जान लायक।
21672 गम्य वि. २. स्त्रीसमागम गर्न योग्य।
21673 गम्य वि. ३. ज्ञान गर्नुपर्ने; जान्न बुझ्न उचि।
21674 गम्य वि. ४. सजिलैसँग जान सकिने; पुग्न सकिने।
21675 गम्रङ्ग/गम्रड्ङ क्रि.वि. पूरै बाहाँ फैलाएर अँगालो हाल्ने किसिमले; अङ्कमाल गर्ने ढाँचासि।
21676 गयब वि. १. काम नलाग्ने; रद्दी।
21677 गयब वि. २. खराब ; नजाती।
21678 गयल ना. हाजिर नहुनुको चाल वा अवस्था; गैरहाजिरी; अनुपस्थिति।
21679 गयलकट्टी ना. कुनै पनि संस्था, कार्यालय आदिमा कर्मचारीले बिदा स्वीकृत नगराई वा हाजिर नभई बसेमा हुने सो अवधिको तलबको कट्टी।
21680 गयलखाली ना. कर्मचारीले कुनै कारण वा स्वीकृतिविना साधारणतः लगातार सोह्र दिनसम्म गयल रहेमा स्वतः खाली हुने पद वा त्यसरी कर्मचारीलाई हटाउने काम।
21681 गया ना. भारतको बिहार प्रान्तमा रहेको पितृश्राद्ध तथा तीर्थकर्म गरिने हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थल; पितृतीर्।
21682 गर्नु स.क्रि. १. कुनै काम कुरो थाल्नु वा पूर्ण तुल्याउनु।
21683 गर्नु स.क्रि. २. काममा हात हाल्नु, काम फत्ते पार्ने प्रयासमा लाग्नु।
21684 गर्नु स.क्रि. ३. कुनै नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुऱ्याउनु।
21685 गर्नु स.क्रि. ४. स्त्री-समागम गर्नु।
21686 गरगहना ना. गहना लुगा आदि शृङ्गारका साधन।
21687 गरज ना. १. आवश्यकता; जरुर।
21688 गरज ना. २. हर्जा; खाँचो।
21689 गरम ना. १. तातोपन; गर्मी।
21690 गरम ना. वि. २. तातो; पोल्ने; उष्ण।
21691 गरम ना. ३. एकाएक आवेगमा आउने; खरो; उग्र (स्वभाव वा मिजास)।
21692 गरम कपडा ना. न्यानो कपडा; जाडो याममा लगाइने ऊनी आदिको लुगा।
21693 गरम टोपी ना. १. न्यानो टोपी; जाडो याममा लगाइने टोपी।
21694 गरम टोपी ना. २. ऊनी वा पस्मिनाबाट बनेको टोपी।
21695 गरम टोपी ना. ३. माकल-टोपी; बाँदर-टोपी।
21696 गरम मसला ना. विशेषतः कवाफ, मासु आदि पकाउँदा हालिने ल्वाङ, मरिच, सुकुमेल, जाइफल आदि सुगन्धित द्रव्य वा काजु, किसमिस, छोडा आदि गुलिया वस्तुको मिश्रणबाट समेत बनेको सुगन्धित मसला।
21697 गरमागरम वि. १. ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो।
21698 गरमागरम वि. २. जोसिलो, उत्तेजित ( छलफल, बहस इ.)।
21699 गरमागरम वि. ना. ३. बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की।
21700 गरमागरमी ना. जोसिलो बहस; चर्को भनाभन; रन्कारन्की।