Dictionary

All Word

21801 गर्भक ना. १. अघिल्लो दिनको साँझदेखि पर्सिपल्ट झिसमिसेसम्मको समय; पूरा दुई रात र त्यसबिचको समय।
21802 गर्भक ना. २. कपालको बिचमा पगरीजस्तो पारेर लाइने फूलमाला।
21803 गर्भकाल ना. गर्भधारणका लागि अनुकूल समय; ऋतुकाल।
21804 गर्भकेसर ना. फलका गर्भनालमाथि रहने तन्तु, परागमा रहने पुंकेसर वा स्त्रीकेसर तत्त्व।
21805 गर्भकोश ना. पाठेघर; गर्भाशय।
21806 गर्भघातिनी ना. १. गर्भपतन गराउने ओखतीका रूपमा प्रयोग गरिने वनस्पति; लाङ्गलिका।
21807 गर्भघातिनी ना. वि. २. गर्भ तुहाउने; गर्भपात गर्ने (स्त्री)।
21808 गर्भघाती वि. गर्भपात गर्ने; भ्रूणहत्या गर्ने; पेटको बच्चा तुहाउने।
21809 गर्भज वि. गर्भबाट उत्पन्न भएको।
21810 गर्भजातक ना. अट्ठाइस हप्ता पुगेको गर्भ; सातमहिनाको गर्भ।
21811 गर्भदास ना. जन्मदेखिकै कमारो ; जन्मजात करिया वा दास।
21812 गर्भधारण स्त्रीपुरुषको सम्भोगबाट गर्भाशयमा शुक्रकीट रहने क्रिया; गर्भवती हुने काम; पेटबोकाइ।
21813 गर्भनाल ना. फक्रिएका फूलका थुँगामा पराग रहने नाल; फूलको केसर रहने नली।
21814 गर्भनिरोध ना. गर्भको सम्भावना बन्द गराउने काम; जन्मनिरोध।
21815 गर्भपतन ना. गर्भ तुहुने काम; अधिग्रो जाने काम।
21816 गर्भपत्र ना. फूलको भित्री तहको कमलो पात; कोपिलो; गाभा।
21817 गर्भपात ना. गर्भ तुहाउने काम, गर्भपतन।
21818 गर्भपातक वि. गर्भपात गराउने; पेट खोलाउने; गर्भ तुहाउने।
21819 गर्भपाती वि. गर्भपात गर्ने।
21820 गर्भमास ना. गर्भ रहेको महिना; पेट बोकेको महिना।
21821 गर्भवती वि. गर्भधारण गरेकी; पेट बोकेकी; भुँडी बोकेकी; गर्भिणी; दोजिया।
21822 गर्भवध ना. गर्भपात गर्ने क्रिया; भ्रूणहत्या।
21823 गर्भवास ना. १. गर्भभित्र बच्चा रहने काम।
21824 गर्भवास ना. २. गर्भाशय; कोख।
21825 गर्भविज्ञान ना. गर्भमा रहेका बच्चाको अवस्था, विषय आदिको अध्ययनविवेचन गरिएको शास्त्र।
21826 गर्भविष ना. कत्लैकत्ला भएको, डोलो आकारको र कालो रङको माछोविशेष।
21827 गर्भसन्धि ना. साहित्यशास्त्रका अनुसार रूपकका पाँच सन्धिमध्ये अर्थप्रकृतिअनुसार पताका र अवस्थाअनुसार प्राप्त्याशाका अवस्थालाई जोड्ने सन्धि।
21828 गर्भस्थ वि. गर्भमा रहेको वा रहने।
21829 गर्भस्थली ना. गर्भाशय; कोख।
21830 गर्भहत्या ना. पेटमा रहेको बच्चा मार्ने काम भ्रूणहत्या; गर्भवध।
21831 गर्भाङ्क ना. नाटकका बिचमा आउने र अलग्गै प्रसङ्गको कथा देखाउने वा मूल प्रसङ्गको रहस्य उद्घाटन गर्ने उप-अङ्क।
21832 गर्भाधान ना. गर्भधारण गर्ने गराउने काम, पेट बोक्ने काम।
21833 गर्भामुख ना. फूलको सतहमा स्त्रीकेसर जम्मा हुने ठाउँ।
21834 गर्भाशय ना. गर्भ रहने ठाउँ; गर्भस्थली; पाठेघर; बच्चादानी; गर्भ; कोख।
21835 गर्भाशय स्खलन ना. पाठेघर खुस्किएर बिस्तारै बाहिर आउने क्रिया; भँडाल्नो फर्किने काम।
21836 गर्भिणी ना. गर्भवती स्त्री; दोजिया।
21837 गर्भित वि. १. गर्भ भएको; गर्भयुक्।
21838 गर्भित वि. २. भरिएको; भित्र रहेको; गाभिएको।
21839 गर्भितता ना. मूल वाक्यको पेटभित्र दोस्रो वाक्य पर्दा हुने काव्यको एक दोष।
21840 गर्भे वि. १. गर्भसम्बन्धी; गर्भको।
21841 गर्भे वि. २. गर्भमा रहेको।
21842 गर्भेउलो वि. गर्भैदेखिको ; गर्भैमा आएको।
21843 गर्भे उन ना. भेडा आदिको गर्भैदेखि आएको ऊन; सानो पाठोलाई पहिलो पटक मुडेर प्राप्त गरिएको नरम उच्चस्तरको ऊन।
21844 गर्भे टुहुरो ना. गर्भमा छँदै बाबु मरेको बालक।
21845 गर्भे टुहुरो ना. स्त्री. गर्भे टुहुरी।
21846 गर्भे हिलो ना. धान रोपाइँ गर्न हिल्याईवरी तयार पारिएको रात रहेको हिलो।
21847 गर्माइ ना. गर्माउने भाव, क्रिया वा प्रक्रिया।
21848 गर्माइनु क.क्रि. १. गरम पारिनु, तातो गराइनु।
21849 गर्माइनु क.क्रि. अ.क्रि. २. तातो होइनु; तातिनु।
21850 गर्माउनु स.क्रि. १. गरम पार्नु, तातो गराउनु, न्यानो पार्नु।