Dictionary

All Word

21901 गलचेप ना. २. गला रेट्ने काम; जबरजस्ती; करकाप।
21902 गलजिब्री ना. श्वासनलीको मुखलाई खानेकुरा खाँदा बन्द र सास फेर्दा खुला गर्दा सर्किने सम्भावनाबाट जोगाउने मासुको लुर्क।
21903 गलत वि. १. ठिक नभएको; बेठिक; अनुचित; गल्ती।
21904 गलत वि. २. झुटो; असत्य; मिथ्या ( कुरा, भनाइ, लिखत आदि)।
21905 गलत वि. ३. अशुद्ध।
21906 गलतफहमी ना. १. नभएको वा अपत्यारिलो हल्ला; होहल्ला।
21907 गलतफहमी ना. २. झुक्यान; भ्रम।
21908 गलथना ना. छाँद्ने क्रममा घोडाको थुतुनामा लगाइने छालाको साज।
21909 गलन ना. १. चुहुने काम, चुहाइ।
21910 गलन ना. २. खस्ने वा गिर्ने काम।
21911 गलन ना. ३. ग्लानि; गलाइ।
21912 गलन्ज्या ना. आइमाईले तल्लो जातसँग पोइल गएर वा सहवास गरेर रहेको गर्भ।
21913 गलन्तिका/गलन्ती ना. १. सानो झारी; कमण्डलु।
21914 गलन्तिका/गलन्ती ना. २. जलपात्र; जलहरी।
21915 गलपासो ना. १. गलाको पासो; घाँटीको डोरी।
21916 गलपासो ना. २. पशुहरूलाई बाँध्न गलामा कसिने पासो।
21917 गलपासो ना. ३. आत्महत्या गर्न झुन्डिने डोरी।
21918 गलपासो ना. ४. गलफन्दी।
21919 गलपासो ना. ५. झन्झटलाग्दो गरी गर्नुपर्ने कुनै काम-कुरो।
21920 गलफन्दी ना. सजाय दिन अपराधीका गलामा भिराइने फलामे बन्धन; गलपासो।
21921 गलफाँसी ना. गलपासो; घटेसी।
21922 गलफुले ना. १. चम्सुरका जस्ता पात हुने, बिचमा गाँठगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार।
21923 गलफुले ना. २. गलफुलो।
21924 गलफुलो ना. च्यापु सुनिने वा घाँटी फुलेर फुकुन्डो आउने रोग।
21925 गलबदी ना. चाहिँदा - नचाहिँदा कुरामा गरिने बहस; निधोमा पुग्न नसकी धेरै जनाले कुरो काटाकाट मात्रै गरेको खैलाबैला; गलफती; गलफदी।
21926 गलबन्द ना. गलबन्दी।
21927 गलबन्दी ना. प्रायः जाडोबाट बच्न गलामा बेरिने वस्त्र; मफलर।
21928 गलबा ना. हुलदङ्गा; दङ्गा-फसाद; विद्रोह; हल्ला।
21929 गलमगाँठो ना. बस्तुभाउ बाँध्दा गलामा सुर्काउनी पर्नबाट जोगाउने दाम्लाको गाँठो।
21930 गलमुद्रा ना. शिवजीलाई प्रसन्न गराउन पूजा गर्दा डमरुको आवाज निकाली गाला बजाउने मुद्रा।
21931 गलल्ल क्रि.वि. खित्का छोडेर धेरै जना हाँस्ने गरी।
21932 गलसेरा वि. १. गलो सेर्ने वा रेट्ने।
21933 गलसेरा वि. २. दीनदुःखीलाई सताउने; गरिबमारा।
21934 गलस्तन ना. बाख्राका गलामा झुन्डिने थुनजस्ता मासुका लुर्का।
21935 गलस्तनी ना. गलामा मासुका लुर्का झुन्डिएको वा चारकाने बाखो।
21936 गलहत्ती ना. अँठ्याएर हुत्त्याउने वा पछार्ने काम; घोक्रेछुत्ती; गर्दनी।
21937 गलहत्त्याइ ना. गलहत्ती लगाउने क्रिया वा प्रक्रिया।
21938 गलहत्त्याइनु क.क्रि. गलहत्ती लाइनु; गर्दन्याइनु।
21939 गलहत्त्याउनु स.क्रि. गलहत्ती लाउनु; घोक्याउनु; गर्दन्याउनु।
21940 गलहस्त ना. घोक्याउन तयार पारिएको हातको मुद्रा; अर्द्धचन्द्र।
21941 गलहस्ती ना. अँठ्याएर हुत्त्याउने वा पछार्ने काम; घोक्रेछुत्ती; गर्दनी।
21942 गलहार ना. गलामा लगाइने, रत्न आदि अमूल्य वस्तु जडिएको हार; सुनचाँदीको माला।
21943 गला ना. १. टाउको र घडलाई जोड्ने बिचको गोलाकार केही लामो अङ्ग; घाँटी; कण्ठ।
21944 गला ना. २. सङ्गीतात्मक स्वर; आवाज।
21945 गलाइ ना. गल्ने भाव, क्रिया वा प्रक्रिया।
21946 गलाइनु क.क्रि. गलाउने काम गरिनु; गल्ने पारिनु।
21947 गलाउनु प्रे.क्रि. १. गल्ने बनाउनु, गलक्क हुने तुल्याउनु।
21948 गलाउनु प्रे.क्रि. २. टेक लिनेलाई कायल पार्नु; अपराध सकार्ने बनाउनु, पग्लाउनु।
21949 गलाम ना. १. बस्तुभाउ बाँध्दा गलामा पर्ने दाम्लाको भाग।
21950 गलाम ना. (उदा.- गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ)।