Dictionary

All Word

22001 गल्ला ना. १. अन्नपात; धानचामल, मकै आदि अन्न; अनाज।
22002 गल्ला ना. २. खास गरी विदेशी सेनामा भर्ना गर्न भेला गरिएका युवकहरूको समूह (रङ्गरुट )।
22003 गल्ला ना. ३. खुत्रुके जस्तै तर खोल्ने, बन्द गर्ने गरिएको पसलेहरूको सानो बाकस।
22004 गल्लावाल ना. १. अन्नपातको बिक्री गर्ने व्यक्ति; अनाजको व्यापारी।
22005 गल्लावाल ना. २. सेनामा भर्ना गर्न रङ्गरुट जम्मा गरी लाने व्यक्ति।
22006 गल्ली ना. १. प्रायः सहरभित्रका घरहरूका पङ्क्तिबिचमा रहेको साँघुरो बाटो।
22007 गल्ली ना. २.सानो र नराम्रो बाटो।
22008 गवाइ ना. गाउने भाव, क्रिया वा प्रक्रिया।
22009 गवाइनु क.क्रि. गाउन लाइनु; गाउन प्रेरित गरिनु।
22010 गवाउनु प्रे.क्रि. गाउन लाउनु, गाउने पार्नु।
22011 गवाक्ष ना. आँखीझ्याल।
22012 गवाह ना. १. कुनै घटना जान्ने वा देख्ने व्यक्ति; कुनै विवरण वा घटनाको जानकारी राख्ने व्यक्ति।
22013 गवाह ना. २. कुनै वादविवादमा अड्डाअदालतसमक्ष आफूले जानेबुझेको कुरा बताएर प्रमाण दिने व्यक्ति; साक्षी।
22014 गवाही ना. १. देखेजानेका घटनाबारे दिइने बयान।
22015 गवाही ना. २. देवानी वा फौजदारी मुद्दामा अड्डाअदालतमा गएर गरिने बयान; साक्षी; प्रमाण।
22016 गवेषक वि. गवेषणा गर्ने; अन्वेषक; अनुसन्धानकर्ता।
22017 गवेषण ना. १. कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन - विश्लेषण; अनुसन्धान।
22018 गवेषण ना. २. हराएको वस्तु खोजेर पत्ता लगाउने काम ; खोजी।
22019 गवेषणशाला ना. गवेषण वा अनुसन्धान गरिने ठाउँ वा घर।
22020 गवेषणा ना. १. कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन - विश्लेषण; अनुसन्धान।
22021 गवेषणा ना. २. हराएको वस्तु खोजेर पत्ता लगाउने काम ; खोजी।
22022 गवेषी वि. कुनै विषयको गहिरो छानबिन गर्ने; खोजी गर्ने; अनुसन्धाता।
22023 गवैया ना. गीत वा राग गाउने व्यक्ति; गाउने मान्छे; गायक; वस्ताज।
22024 गव्य वि. १. गाईबाट प्राप्त हुने (दुध, दही, घिउ, गहुँत र गोबर)।
22025 गव्य वि. २. गाईभैंसीलाई खुवाइने (घाँस, भुस, कुँडो इ.)।
22026 गस्ती ना. १. ठाउँ-ठाउँको घुमफिर, भ्रमण।
22027 गस्ती ना. २. पहरा वा रखवारीका निम्तिको घुमाइ कुनै क्षेत्रमा सुरक्षा कायम गर्न तथा असामान्य स्थितिको नियन्त्रण गर्न वा अन्य विशेष प्रयोजनका लागि खटिएको टोली वा व्यक्तिले सावधानीपूर्वक घुम्ने र रेखदेख गर्ने काम (गस्ती प्रहरी, गस्ती पुलिस आदि)।
22028 गह ना. आँखाको गेडी रहने खोपिल्टो वा आँसु भरिएर डबडबाउने त्यसैको डिलडिलसम्मको ठाउँ।
22029 गह ना. प्रायः टोपी सिउन प्रयोग गरिने एक प्रकारको कालो खुटुवा कपडा।
22030 गहक ना. गहकिलोपन; वजन; तौल।
22031 गहकिलो वि. १. खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार।
22032 गहकिलो वि. २. सार वा तत्त्व भएको; राम्रो र गतिलो।
22033 गहत ना. एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेँला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल- जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न।
22034 गहते वि . १. गहतका रङको; गहतजस्तो वर्ण भएको।
22035 गहते वि . २. पाखे; असभ्य।
22036 गहते वि . ३. पेटभरि खान नपुग्ने, आर्थिक अवस्था कमजोर भएको।
22037 गहते वि . ना. ४. गहत जस्तै बोट हुने तर फल नलाग्ने एक जातको वनस्पति (घाँस)।
22038 गहते काठो ना. गहत खाएर निर्वाह गर्ने बाहुन, दुःखी बाहुन (निन्दार्थमा)।
22039 गहते किरो ना. गर्मीमा फैलने रक्तजीवी किरो; उडुस।
22040 गहते जाउलो ना. गहत मिसाएर बनाइने जाउलो।
22041 गहते डाँडो/पाखो ना. गहत मात्र उब्जने जग्गा जमिन, रुखो पाखो।
22042 गहन वि. १. गहिराइ छिटै थाहा नपाइने; गहिरो; गम्भीर।
22043 गहन वि. २. बाक्लो; सघन।
22044 गहन वि. ३. पुग्न नसकिने; दुर्गम; अगम्य।
22045 गहन वि. ४. मुस्किलसँग मात्र बुझिने; दुर्बोध्य; क्लिष्ट।
22046 गहन वि. ५. आदि र अन्तको पहिचान गर्न कठिन; रहस्यमय।
22047 गहनता ना. १. गहन हुनाको भाव वा अवस्था; गहिराइ; गम्भीरता।
22048 गहनता ना. २. दुर्गमता।
22049 गहना ना. १. सुन-चाँदी आदिबाट बनाइने सिँगारपटारका साधन; शरीर वा व्यक्तित्वको बाह्य शोभा बढाउनका लागि शरीरका नाक, कान, घाँटी आदि विभिन्न भागमा लगाइने वा पहिरिने तिनै वस्तु अलङ्कार।
22050 गहना ना. २. शोभा दिने र बाह्य इज्जत बढाउने किसिमका कुरा वा गुण।