Dictionary

All Word

22101 गाँठ न गुठी ना. (गाँठी न गुठी जरजरी उठी। - उखान)।
22102 गाँठा ना. १. शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिंदै जाने असाध्य मानिएको खटिरो वा रोग, सइन-खटिरो, क्यान्सर।
22103 गाँठा ना. २. रहस्यका कुरा।
22104 गाँठागुँठी ना. सलक्क मिल्न नसकेर गठ्याङगुठुङ परेका वस्तु, सानाठुला धेरै गाँठा।
22105 गाँठिनु अ.क्रि. १. डोरी वा धागो आदि वस्तु गाँठो पर्नु।
22106 गाँठिनु अ.क्रि. २. वस्तु वा व्यक्तिहरू एकै ठाउँमा जोल्टिनु।
22107 गाँठी ना. १. कुनै काम वा समस्यालाई सुल्झाउन सहायक हुने उपाय जुक्ति; तरिका।
22108 गाँठी ना. २. भित्री अभिप्राय, अभ्यन्तरको कुरो, कुराको मुख्य सार।
22109 गाँठी ना. ३. मूलधन पुँजी।
22110 गाँठी ना. ४. अग्लोहोचो, सानोठुलो आदि शरीरको कद, जिउडाल।
22111 गाँठी कुरो ना. भन्न खोजेको मुख्य कुरो भित्री सारभूत कुरो, मूल मर्म वा अभिप्राय।
22112 गाँठे वि.बो. कुनै प्रसङ्गमा उदेक, रउस आदिको भाव जनाउने शब्द।
22113 गाँठे वि.बो. (उदा.- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे ! नभन्दै गाँठे ! उसले पनि जागिर खाएछ !)।
22114 गाँठे वि. १. सलक्क नभई गाँठगाँठा परेको।
22115 गाँठे वि. २. चाहिँदो मात्रामा बढ्न नसकेको; गान्टे, पुड्के।
22116 गाँठे काल्तोरी ना. मूला जस्तै जरामा फल्ने तर अलिक बाटुलो फल हुने तरकारी खाने एक जातको वनस्पति।
22117 गाँठेमूला ना. हे. गान्टेमूला।
22118 गाँठो ना. १. डोरी, धागो, सुतली आदि वस्तु नफुस्कोस् भनी मस्काउँदा वा आफैं फेरो परेर हुने डल्लो, ग्रन्थि।
22119 गाँठो ना. २. गान, डल्लो।
22120 गाँठो ना. ३ बाँस, उखुजस्ता हाँगा पलाउने जातका वस्तुहरूको आँख्लो।
22121 गाँठो ना. ४. अड्को, समस्या; रहस्य।
22122 गाँठो पर्नु टु. १. कुरो नमिल्नु समस्या आइपर्नु।
22123 गाँठो पर्नु टु. २. मायाप्रीति बस्नु।
22124 गाँठोलुकाइ ना. रुमाल, पटुका वा डोरी गाँठो पारी सो गाँठो लुकाएर छकाउँदै खेलिने, केटाकेटीहरूको एक खेल।
22125 गाँड ना. १. रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने ठुलो डल्लो, गलगण्ड।
22126 गाँड ना. २. रुखहरूमा चोट लागेका ठाउँमा निस्कने गाँठो।
22127 गाँड ना. ३. सुपारी, कटहरजस्ता फलहरूको समुदाय वा तिनको गाँठो परेको भाग।
22128 गाँड ना. ४. एकै ठाउँ झुम्मिएका कमिला, मौरी, अरिङ्गाल आदिको गोलो वा समूह।
22129 गाँड कोराकोर ना. परस्परमा गर्दन अँठ्याउन खोज्ने अड्डी, परस्परको कचिङ्गलोले दुःखद रूप लिएको अवस्था।
22130 गाँडागर्चा वि. सलक्क नपरेका वा गान्टा र नसका (केटाकेटी र फलफूल)।
22131 गाँडी ना. स्त्रीजातिको जननेन्द्रिय; योनि भग।
22132 गाँडीमुखे वि. योनिको जस्तो मुख भएको, रिसउठ्दो र मननपर्ने अनुहारको (अश्लील गालीमा हुने प्रयोग)।
22133 गाँडु ना. १. माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा, गधाको बच्चो।
22134 गाँडु ना. वि. २. सरसल्लाहमा मिल्न नसक्ने वा उचित रूपले काम गर्न नसक्ने, बेमेलको काम नलाग्ने, रद्दी, चुत्थो।
22135 गाँडू हे. गाँडु।
22136 गाँडे वि. १. घाँटीमा गाँड निस्किएको; गाँड भएको; गँडाहा।
22137 गाँडे वि. २. नमिल्दो स्वभाव भएको; असुहाउँदिलो; अस्वाभाविक।
22138 गाँडे ऐँसेलु ना. १.पतिनाका जस्तै आकारको गाढा हरियो पात हुने, ऐँसेलुका छाँटको पाक्ता रातो र खाँदा टर्रो गुलियो स्वाद भएको फल फल्ने झार वा सोही झारको फल।
22139 गाँडे काग ना. १.प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौं भएर मकै आदि खान घुम्ने लेकाली काग।
22140 गाँडे काफल ना. १.गाँडे-ऐँसेलु।
22141 गाँडे प्रीति ना. १.नसुहाउँदो प्रेम; मुखले मात्र चेपारो पार्ने देखावटी प्रेम; चाउरे माया।
22142 गाँडे माला ना. १.जुनेलाका जस्ता आकारका तर निकै साना पात हुने रछानहुँदो उम्रने एक झार; केटाकेटीलाई छेरौटीको औषधीका रूपमा दाना छेडी माला लाइदिने चलन भएको त्यसैको फल; झिर्कौले।
22143 गाँडो वि. १.घाँटीमा गाँड भएको; गँडाहा।
22144 गाँडो वि. २. मिलनसार नभएको;गाँडु।
22145 गाँडो वि. ३. कामै नलाग्ने; हलम्बु; लट्ठक।
22146 गाँती ना. चिसोबाट बच्नका लागि कान, घाँटी र टाउको छोप्ने गरी तीन चोसे पारी बनाइएको, गलबन्दीको काम दिने कपडा।
22147 गाँथ्नु स.क्रि. १.धागोमा फूल, पोते आदि उन्नु; माला आदि गाँस्नु २. एकै झुत्तो बनाउनु; जोर्नु; झुन्ड्याउनु;जोल्ट्याउनु।
22148 गाँथिनु क.क्रि. माला आदि उनिनु; गाँसिनु।
22149 गाँवल ना. गाउँघर; छरछिमेक; गामल।
22150 गाँस्नु स.क्रि. १. कुनै दुई टुक्रा वस्तुलाई जोड्नु;मिलाउनु; टाँस्नु।