Dictionary

All Word

22151 गाँस्नु स.क्रि. २.लुगाफाटाको छेउ जोडेर सिउनु।
22152 गाँस्नु स.क्रि. ३. सिन्काले पात खुटेर दुना, बोहोता, टपरी आदि बनाउनु।
22153 गाँस्नु स.क्रि. ४. डोरी वा डोराको मुख जोडेर गाँठो बनाउनु।
22154 गाँस्नु स.क्रि. ५. पारस्परिक सम्बन्ध जोड्नु; निकट ल्याउनु।
22155 गाँस्नु स.क्रि. ६. गाँथ्नु; उन्नु।
22156 गाँस ना. १. दुई वस्तु वा टुक्राको जोड; गँसोट; जोडाइ।
22157 गाँस ना. २. त्यस्तो गाँसिएको वा जोडिएको ठाउँ; जोर्ती; जोर्नी।
22158 गाँस ना. एकपल्टमा मुखमा हाली खाइने खानेकुराको परिमाण; गप्फा।
22159 गाँस काट्नु टु. आफूले पूरा नखाएर पनि उमार्नु; अरूलाई खुवाउन आफूले थोरै खानु।
22160 गाँसगुँस ना. जोडजाड पार्ने काम; टुक्राटाक्री जोडेर एउटै गँसोट बनाउने काम।
22161 गाँस टुट्नु टु. पेट पाल्ने बाटो रोकिनु; खाने मेलो हराउनु।
22162 गाँसबास ना. खान र बस्न आवश्यक पर्ने कमाइ र घर; पेट पाल्न चाहिने खाद्यान्न र बास बस्न चाहिने घरको व्यवस्था।
22163 गाँसिनु क.क्रि. १. दुई अलग वस्तु परस्परमा जोडिनु; जोल्टिनु।
22164 गाँसिनु क.क्रि. २. आपसमा नङ र मासु झैँ मिल्नु; मेलमिलाप हुनु।
22165 गाँसे वि. १. गाँसिने किसिमको; गाँसिएको; गाँसिन आउने।
22166 गाँसे वि. २. अर्काले दिएको गाँसकै आडमा बाँच्ने; गाँसको आस गर्ने।
22167 गाँसे वि. (उदा.- आसेगाँसे सबै एकैनासे। - उखान )।
22168 गाँसो ना. गाँसिने वा गाँसिएको ठाउँ ; दुई वा दुईभन्दा बढी टुक्राको जोर्नी; जोडाइ।
22169 गाइँगुइँ ना. कुनै विषयको घुइरोघुइरो कुरा;नजानिँदो किसिमले भित्रभित्रै चलेको हल्ला।
22170 गाइनु क.क्रि. गाउने काम गरिनु; लययुक्त स्वरमा गीत, भजन आदि भनिनु; प्रशंसा गरिनु।
22171 गाइने ना. १. मुखैमुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घरघर र गाउँगाउँ घुम्दै पेसागत रूपमा गीत गाएर जीविका गर्ने एक जाति।
22172 गाइने ना. २. गीत गाउन सिपालु व्यक्ति।
22173 गाइने ना. स्त्री. गाइनेनी।
22174 गाइने किरो ना. रुखरुखमा उड्दै हिँड्ने फट्याङ्ग्रोका जातको एक किरो।
22175 गाई ना. स्थानभेदले विभिन्न छाँटका हुने,काँधमा जुरो र घाँटीमुनि माल भएको शाकाहारी तथा घरपाला प्रसिद्ध पशु; गौ।
22176 गाईकाने बराठ ना. गाईका जस्तै कान हुने एक किसिमको बराठ मृग।
22177 गाईको नहर वि. १. बचाउन पनि नसकिने र मार्न पनि नहुने।
22178 गाईको नहर वि. ना. २. साह्रै अप्ठेरो समस्या।
22179 गाईखुरे वि. १. परस्परमा गाईका खुर जस्तै भई नजोरिएको वा नमिलेको; मिलनसार नभएको; बेमेलको।
22180 गाईखुरे वि. ना. २. गाईका खुरमा लाग्ने एक रोग; खोऱ्याँ।
22181 गाईगाँठो ना. धार्मिक विधि वा संस्कारअनुसार जनैमा पारिने विशेष प्रकारको शिखा वा गाँठो।
22182 गाईगोडे वि. गाईका जस्तै गोडा भएको; केही घुमेको वा गोडा अगाडि फर्केको ('ग' अक्षर )।
22183 गाईजात्रा ना. १. भाद्रकृष्ण प्रतिपदाका दिन (जनैपूर्णिमाको भोलिपल्ट मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिँगारेर अथवा मान्छेलाई गाईको रूपमा सिँगारेर सहर परिक्रमा गराइने देशिक यात्रा; गोयात्रा।
22184 गाईजात्रा ना. २. सोही अवसरमा मनोविनोदका रूपमा देखाइने हास्यव्यङ्ग्ययुक्त प्रदर्शन।
22185 गाईजात्रा ना. ३. बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम-कुरो।
22186 गाईजात्रे वि. १. छाँटकाँट, रङ्गढङ्ग केही नमिलेको; अव्यवस्थित भएको; रद्दी।
22187 गाईजात्रे वि. २. गाईजात्रा गर्ने; गाईजात्रासम्बन्धी (गाईजात्रे पत्रिका, गाईजात्रे अङ्क आदि। )।
22188 गाईजिभ्रे ना. १. मूलाजस्तो जरो वा कन्द हुने, पछिल्तिर टीकाटीका हुने र भाँच्दा दुध आउने लामा-लामा पात हुने भुइँझार।
22189 गाईजिभ्रे ना. २. गाईको जिभ्रो जस्तै खस्रा पात हुने, ठेकी- भाँडा मल्दा मैलो फाल्न प्रयोग गरिने र बस्तुलाई घाँस खुवाइने वनस्पतिविशेष; खाक्सी।
22190 गाईतियार ना. तिहारका पाँच दिनमध्ये तेस्रो दिनको चाड ; कात्तिक कृष्ण औँसीका दिन गाईलाई पुजिने र सायङ्कालमा लक्ष्मीको आह्वान गरिने उत्सव; लक्ष्मीपूजा; दीपमालिका; गाईतिहार।
22191 गाईतियारे ना. फुस्रो रङको झुसैझुस भएका लाम्चा पात हुने र पहेँला रङका मसिना फूल फुल्ने, गोवर्धन पूजामा गोबरको पर्वत प्रतिमा बनाएर त्यसैका वरिपरि लिङ्गाका रूपमा गाडिने एक झार; चित्लाङे; गाईतिहारे।
22192 गाईतिहार ना. गाईतियार; लक्ष्मीपूजा।
22193 गाईतिहारे गाईतियारे; चित्लाङे।
22194 गाईपाला वि. गाई पालेर जीविका गर्ने; धेरै गाई पाल्ने।
22195 गाईप्राणी/ प्रानी वि. मनमा कुनै पाप नभई सिधासाधा व्यवहार गर्ने; कसैको खती हुने काम नगर्ने, मनमा पापकपट नभएको र सुधो।
22196 गाईवस्तु ना. जीविका चलाउनका निम्ति घरमा पालिने गाई-भैंसी, भेडा-बाख्रा आदि पशुधन; गाई, भैंसी आदि पशुहरूको समुदाय।
22197 गाईमाई ना. १. विवेक राख्नुपर्ने सिधासाधा व्यक्ति; गाईप्राणी।
22198 गाईमाई ना. २. हेरचाह वा खातिर गर्नुपर्ने जनसमुदाय (आइमाई, केटाकेटी,माग्ने, साधु, सन्त, ब्राह्मण इ.)।
22199 गाउँ ना. नगरबाहिर रहेको ससानो बस्ती ; प्रायः कृषकहरूको बसोबास भएको थलो ग्राम।
22200 गाउँकोश गाउँको खरखाँचो टार्न वा विकासकार्यमा सघाउ पुऱ्याउनका निम्ति गाउँलेहरूबाट उब्जनी आयस्ताको केही प्रतिशत छुट्ट्याएर वा अन्य किसिमले सङ्कलित साझा ढुकुटी; धरमभकारी; धर्मढुकुटी।