Dictionary

All Word

22201 गाउँ खानु टु. १. गाउँखाने कथामा दिएको गाउँ लिनु।
22202 गाउँ खानु टु. २. गाउँलाई नै सोसेर वा कज्याएर आफ्नो हुँदो पार्नु र हैकम चलाउनु।
22203 गाउँखाने कथा ना. वक्ताले प्रश्नको रूपमा अड्को हाल्ने र श्रोताले नाउँ मात्रको गाउँ दिएपछि सो अड्को फुकाइदिने कथा; जान्ने कथा; कूट; पहेली।
22204 गाउँघर ना. नगरबाहिरको घरबस्ती भएको ठाउँ; भारोपर्म गर्दा र हारगुहार गर्दा सधैंजसो भेटघाट र सघाउपघाउ गरिरहने छरछिमेक।
22205 गाउँ पञ्चायत ना. पञ्चायती व्यवस्थाअनुसार व्यवस्थापिकाको प्रारम्भिक अङ्गका रूपमा रहेको, पहाडी क्षेत्रमा दुई हजारदेखि चार हजार र तराई क्षेत्रमा चार हजारदेखि आठ हजारसम्म जनसङ्ख्या पर्ने हिसाबले छुट्ट्याइएको प्रत्येक नौ वडामा विभाजित एक पञ्चायत वा गाउँ।
22206 गाउँफर्क ना. सहरतिर थुप्रिने प्रवृत्तिलाई गाउँतिर उन्मुख गराई गाउँकै उन्नतिबाट देशको सम्पूर्ण क्षेत्रमा विकास हुन सक्ने ठानिएको पञ्चायत व्यवस्थामा प्रतिपादित सिद्धान्त (गाउँ फर्क कार्यक्रम, गाउँ फर्क राष्ट्रिय अभियान आदि)।
22207 गाउँले वि. १. गाउँको बासिन्दा; गाउँमा बस्ने; ग्रामीण।
22208 गाउँले वि. २. एकै गाउँ-ठाउँमा बस्ने; गाउँघरको।
22209 गाउँले वि. ३. गाउँको सभ्यतामा हुर्केको, आधुनिक चालचलन नजान्ने।
22210 गाउँ विकास समिति ना. गाउँलाई नौ वटा वडाहरूमा बाँडी त्यहाँको विकास गर्नका लागि निर्माण गरिएको समिति।
22211 गाउँ सभा ना. गाउँ- पञ्चायत ऐनअनुसार तोकिएको पञ्चायती व्यवस्थाको सबभन्दा तल्लो तह तथा कुनै एक गाउँ वा गाउँको समूह ।
22212 गाउनु स.क्रि. १. ताल, सुर, लय आदि मिलाएर गीत भन्नु; राग वा तान अलाप्नु; वन्दना वा भजन गर्नु।
22213 गाउनु स.क्रि. २. बढाई चढाई प्रशंसा गर्नु; फुर्क्याउनु।
22214 गाउजो ना. पानका छाँटका पात हुने एक जातको लहरो वा त्यसैको घाँस।
22215 गाउन ना. १. दीक्षान्त समारोहमा विश्वविद्यालयका उच्च पदाधिकारी र स्नातक तथा स्नाताकोत्तर उपाधि लिने छात्रहरूले लाउने औपचारिक पोसाक।
22216 गाउन ना. २. न्यायाधीशले इजलासमा बस्दा वा वकिलले बहस गर्दा पहिरिने पोसाक।
22217 गागन ना. अघिल्लो छेउ तिखो हुने हाँसको जस्तै चुच्चो भएको एक प्रकारको पानीहाँस।
22218 गागा ना. बालबोलीमा चिउरा वा अन्य गेडागुडी खानेकुरो; खेडी।
22219 गाग्री ना. पानी भरिने तामो, पित्तल आदि धातुको भाँडो; सानो वा मझौला गाग्रो।
22220 गाग्रो ना. १. घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठुलो आकारको पानीको भाँडो।
22221 गाग्रो ना. २. पानी भरिने प्राय: माटाको ठुलो भाँडो।
22222 गाङ्गेय वि. १. गङ्गाबाट पैदा भएको; गङ्गासित सम्बन्धि।
22223 गाङ्गेय वि. ना. २. भीष्म पितामह।
22224 गाङ्गेय वि. ३. कार्तिकेय।
22225 गाछ ना. गाछी।
22226 गाछी ना. रुख, बोट (बरगाछी, पीपलगाछी इ.)।
22227 गाज ना. पानीमा साबुन आदि घोलिँदा वा आगामा छड्कने पदार्थ पाक्ता आउने फिँज।
22228 गाजर ना. मूलाका जातको, सूपका जस्तै पात र सेतो-पहेँलो रङ हुने, त्यसै वा तरकारी, अचार आदि बनाएर तथा सलादमा हालेर खाइने एक प्रसिद्ध कन्द।
22229 गाजल ना. सुगन्धित औषधीसमेत हाली मोसो र तेल मिलाएर बनाइएको आँखाका कोसमा लगाउने कालो- खैरो श्रृङ्गारसाधन।
22230 गाजली ना. १. गाजल लगाएकी आइमाई।
22231 गाजली ना. २. आँखाका वरिपरि कालो - खैरो रङ भएकी गाई।
22232 गाजलु ना. गाजल; लोकगीतमा बादलु, मादलुका किसिमले गजलको पर्यायमा प्रयुक्त शब्द।
22233 गाजलु ना. (उदा.- झमझम परेली आँखैमा गाजलु सम्झने क्वै छैन। - लोकगीत )।
22234 गाजले वि. १. गाजलजस्तो; गाजलको रङको।
22235 गाजले वि. २. गाजल लाएजस्तो आँखा देखिने ( मान्छे )।
22236 गाजले वि. ३. आँखाका वरिपरि कालो - खैरो रङ देखिने (गोरु)।
22237 गाजले वि. ४. कालो नाथ्री हुने (अनाज)।
22238 गाजेमाजे वि. १. छासमिस वा मिसमास भएर छुट्याउन नसकिने भएको; तलमाथि परेको।
22239 गाजेमाजे वि. २. सुल्झाउन अप्ठ्यारो पर्ने; गज्याङगुजुङ परेको।
22240 गाटर ना. खाँबा गाडेर बनाइने तराईतिरका घरको निदाल; मेठविना राखिने निदाल।
22241 गाड्नु स.क्रि. १. कुनै वस्तुलाई जमिनमुनि घुसार्नु; रोप्नु।
22242 गाड्नु स.क्रि. २. अँचेटेर थिच्नु; खाडलमा हालेर पुर्नु।
22243 गाड्नु स.क्रि. ३. रिनमा डुबाउनु; रिनमा पार्नु; धोका दिनु।
22244 गाड्नु स.क्रि. ४. अवनति गराउनु।
22245 गाड ना. १. वर्षाका कारणले तत्कालै बढेर आउने भल; बाढी; भलपहिरो।
22246 गाड ना. २. नदीभन्दा सानो खोलाभन्दा ठुलो हिँउदमा जँघार तर्न सकिने छरितो नदी।
22247 गाड चल्नु स.क्रि. भल बग्नु; बाढी आउनु।
22248 गाडधन ना. कसैले नभेट्टाओस् भनी सुरक्षासाथ माटामा गाडेर लुकाइएको सुन, चाँदी, काँसो, तामो आदि जायजेथा; गाडेको धन-सम्पत्ति।
22249 गाडा ना. १. मालसामान हालेर गुडाउँदै एक ठाउँबाट अर्का ठाउँमा लगिने, गोरु, राँगा, मानिस आदिले तान्ने चक्कावाल गाडी।
22250 गाडा ना. २. उखु वा आलु रोप्नका लागि बाटुलो खाडल पारेर खनिने ड्याङ ;डाँफा।