Dictionary

All Word

22351 गायब ना. पत्तै नलाग्ने गरी गुम्ने वा हराउने काम; बेपत्ता; अलप।
22352 गायिका ना. गीत गाउने नारी; स्त्री गायक।
22353 गायिनी ना. गानबजानको पेसा लिने स्त्री; गानबजान गरी जीविका गर्ने आइमाई।
22354 गायो ना. पित्तको रोग।
22355 गायो ना. पालुवा छँदा बस्तुभाउले खाएमा गला लागेर मर्ने डर रहने, छिप्पिएपछि भने घाँस हुने, बाटुला र ठुलठुला पात भएको एक बोट।
22356 गारत/गारद ना. १. पालोपहराका लागि तैनाथ गरिएको पल्टन; सेनाको सुरक्षा टोली।
22357 गारत/गारद ना. २. अङ्गरक्षक दल; रक्षक।
22358 गारत/गारद ना. ३. रास; खात; थुप्रो।
22359 गारुड वि. १. गरुडसम्बन्धी; गरुडका आकारको।
22360 गारुड वि. ना. २. देवता गरुड भएको मन्त्र; सर्पको विष झार्ने गरुडको मन्त्र।
22361 गारुडिक / गारुडी ना. सर्पले टोकेको विष झार्ने व्यक्ति; विषनाशक मन्त्रको ज्ञाता; विषवैद्य; सपेरा।
22362 गारुडिक / गारुडी विद्या ना. सर्पको विष झार्ने मन्त्र; सर्पलाई वशीकरण गर्ने वा त्यसको औषधी निर्माण गरिने विद्या; सर्पविद्या।
22363 गारो ना. घर, मन्दिर आदि बनाउँदा हिलो माटो वा सिमेन्टले जोडेर लगाइने इँट, ढुङ्गा आदिको भित्तो; पर्खाल; आट।
22364 गारो वि. हे. गाह्रो।
22365 गार्ड ना. पहरा दिने व्यक्ति; रक्षक; हे. गारत / गारद।
22366 गार्ड अफ अनर ना. सम्मानगार।
22367 गार्हपत्य ना. अग्निका तीन भेद; आह्वनीय, दाक्षिणात्य र गार्हपत्यमध्ये तेस्रो; गृहस्थहरूको पाक - यज्ञको अग्नि ; सहस्राग्नि।
22368 गार्हस्थ्य ना. १. गृहस्थ हुनाको भाव वा अवस्था; गृहस्थाश्रम।
22369 गार्हस्थ्य ना. २. गृहस्थीहरूले गर्नुपर्ने आचरण वा धर्मकार्य; गृहस्थीको काम।
22370 गाल्नु स.क्रि. १. सुन, चाँदीजस्तो ठोस वस्तुलाई पगाल्नु।
22371 गाल्नु स.क्रि. २. निर्धो पार्नु; थकाउनु।
22372 गाल्नु स.क्रि. ३. विवश तुल्याउनु; हैरान पार्नु।
22373 गाल ना. कुनै काम-कुरा बिग्रँदा आइलाग्ने अपजस; अबगाल; औजस।
22374 गाल ना. १. भल सोहोरिएर एकत्रित भई बग्दै जाने नाली;खोल्सो;ढल।
22375 गाल ना. २. खाडल ; खाल्टो।
22376 गालन ना. ठोस वस्तुलाई तरल रूपमा परिणत गर्ने काम; सुन, चाँदीजस्ता धातुलाई आगोमा गलाउने काम।
22377 गालपारा वि. अबगाल पार्ने; गाल पार्ने।
22378 गाला ना. मुखका दाहिने - देब्रे रहेका, आँखामुनिका र कानसामुन्नेका दुई पाटा; कपोल।
22379 गालित वि. १. कपडछान गरिएको; छानिएको।
22380 गालित वि. २. ढालिएको; गालिएको।
22381 गालिम ना. चाल्नीमा छानेर बचेको महीको थिग्रो भेला पारी बनाइएको डल्लो; महीका छोक्राको डल्लो।
22382 गाली ना. १. कसैप्रति रिसाएर वा क्रोधले गरिने अश्लील वा अपमानजनक वचन; दुर्वाच्य।
22383 गाली ना. २. डर र धाक देखाउने धम्की; हप्की।
22384 गाली ना. ३. व्यङ्ग्य वा कटु वचनद्वारा दिइने चेतावनी।
22385 गालीगलौज ना. परस्परमा गरिने आरोप-प्रत्यारोप; एक-दोस्राका बिचको भनावैरी।
22386 गालीगोफ्ता ना. परस्परमा गरिने गाली वा दुर्वाच्य; एकदोस्रोमा हुने भनावैरी।
22387 गालीमोली ना. सुन, चाँदी आदि वस्तुका पुराना वा तयारी माललाई गालेर मूल्य किट्ने वा सापोनापो एकै ठाउँमा मिलाउने काम।
22388 गाले वि. भद्दा गाला भएको; गाला पुक्क उठेको।
22389 गाले तकिया ना. कोल्टे परेर सुत्दा गाला अड्याइने सानो सिरानी।
22390 गाहक वि. १. बजार आदिमा गएर मालसामान खरिद गर्ने; सरसामान किन्ने; ग्राहक।
22391 गाहक वि. ना. २. मूल्य तिरेर कुनै सामान किन्ने व्यक्ति; गाहकी।
22392 गाहकी ना. गाहक।
22393 गाहारो / गाह्रो वि. १. मुस्किलसँग मात्र काम फत्ते गर्न सकिने; कठिन।
22394 गाहारो / गाह्रो वि. २. असजिलो; अप्ठेरो।
22395 गाहारो / गाह्रो साँगुरो / साँघुरो वि. हे. खनखाँचो; गाह्रोसाँगुरो; गाह्रोसाह्रो।
22396 गाहारो / गाह्रोसाँगुरो वि. असजिलो वा अप्ठेरो; मर्का पर्ने।
22397 गाहारो/गाह्रोसाहो वि. व्यवहार चलाउन धौधौ पर्ने; अड्कोपड्को; खनखाँचो; गाह्रोसाँगुरो।
22398 गिँड्नु स.क्रि. काठपात आदि कुनै लामा, डोलो वस्तु तेर्सापट्टि काटेर गिँड पार्नु; टुक्य्राउनु; ठुन्क्याउनु।
22399 गिँड ना. १. शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जिउ; धड।
22400 गिँड ना. २. रुखलाई गिँडेर आराले काट्न ठिक पारिएको छोटोमोटो टुक्रो; गिँडुल्को।