Dictionary

All Word

22401 गिँड ना. ३. उखुको गिँडी वा डाँठ।
22402 गिँडाइ ना. गिँड्ने भाव, क्रिया वा प्रक्रिया ।
22403 गिँडाइनु क.क्रि. गिँड्न लाइनु।
22404 गिँडाउनु प्रे.क्रि. गिँड्न लाउनु, टुक्रा-टुक्रा पार्नु।
22405 गिँडिनु क.क्रि. गिँड्ने काम गरिनु; टुक्रिनु; ठुन्किनु।
22406 गिँडी ना. १. उखुको टुक्रा; गिँड।
22407 गिँडी ना. २. पेल्न ठिक्क पारेका उखुका डाँठ।
22408 गिँडुल्कागिँडुल्की ना. साना-ठुला धेरै गिँडुल्का।
22409 गिँडुल्किनु अ.क्रि. लामो डोलो वस्तु काट्दा गिँडुल्का हुनु; गिँडुल्को पर्नु।
22410 गिँडुल्को ना. १. रुख, उखु आदिको छोटोमोटो टुक्रो ; ठुन्को; गिँड।
22411 गिँडुल्को ना. वि. २. भद्दा खालको डल्लो; नसुहाउँदो।
22412 गिँडुल्क्याइ ना. गिँडुल्किने भाव, क्रिया प्रक्रिया; गिँडुल्को पार्ने काम।
22413 गिँडुल्क्याइनु क.क्रि. गिँडुल्को पारिनु।
22414 गिँडुल्क्याउनु प्रे. क्रि. गिँडुल्को पार्नु।
22415 गिँडो ना. चनौटोमा चन्दन घोटिने श्रीखण्ड, रक्तचन्दन आदिको टुक्रे काठ।
22416 गिजल्नु स.क्रि. गिजोल्नु।
22417 गिजलाइ ना. गिजल्ने भाव, क्रिया वा प्रक्रिया।
22418 गिजलाइनु क.क्रि. गिजल्न लाइनु।
22419 गिजलाउनु प्रे. क्रि. गिजल्न लाउनु।
22420 गिजलिनु क.क्रि. गिजोलिनु।
22421 गिजलो ना. हे. गिजोलो।
22422 गिजा ना. दाँत उम्रने र दाँतलाई सुरक्षित राख्ने अङ्ग; दाँतको घर।
22423 गिजिनु अ.क्रि. १. रमाइलो वा मनबहलाउका लागि ख्यालठट्टा गर्नु; जिस्किनु; ठट्टामस्करी गर्नु।
22424 गिजिनु अ.क्रि. २. निर्लज्ज भएर बोल्नु; इतरिनु; छिहिलिनु; छाडा कुरा गर्नु।
22425 गिजिङमिजिङ क्रि.वि. १. एकै ठाउँमा थुप्रिने वा सगबगाउने गरी (वस्तु, मानिस आदि ) २. ढङ्ग नपुऱ्याईकन।
22426 गिजिमिजी क्रि.वि. सगबगाउने चाल वा अस्पष्ट शब्दसित; गिजिङमिजिङ।
22427 गिजोल्नु स.क्रि. गिलो वस्तुलाई हातले बेसरी मुछ्नु वा मथेल्नु; गिजोलो पार्नु; हुँडल्नु; फोहरी ढङ्गले माडमुड पार्नु।
22428 गिजोलाइ ना. गिजोल्ने क्रिया वा प्रक्रिया।
22429 गिजोलाइनु क.क्रि. गिजोल्ने काम गराइनु; गिजलाइनु।
22430 गिजोलाउनु प्रे. क्रि. गिजोल्न लाउनु वा फोहरी पाराले मथेल्न लगाउनु।
22431 गिजोलिनु अ.क्रि. गिजोलिने वा मथेलिने काम हुनु; मथेलमाथेल हुनु।
22432 गिजोलो वि. १. दाल-भात, दही चिउरा आदि खानेकुरा मुछेर घिनलाग्दो बनाएको।
22433 गिजोलो वि. २. धेरै थरी काम मिसाएर गज्मौरो पारेको।
22434 गिज्ज क्रि.वि. मुखबाट फिँज काढ्ने वा निस्कने गरी (राल काढ्ने वा थुक निकाल्ने किसिम); घिनलाग्दो किसिमले (गिलो वस्तु मुछ्ने चाल )।
22435 गिज्जिनु हे. गिजिनु।
22436 गिज्याइ ना. १. गिजिने भाव, क्रिया वा प्रक्रिया।
22437 गिज्याइ ना. [गिज्याउ+आइ] २. गिज्याउने भाव, क्रिया वा प्रक्रिया।
22438 गिज्याइनु क.क्रि. गिज्याउने काम गरिनु; जिस्क्याइनु।
22439 गिज्याउनु स.क्रि. १. नाक, मुख आदि चलाएर कसैलाई जिस्क्याउनु; गिज्याउने काम गर्नु।
22440 गिज्याउनु स.क्रि. २. अर्कालाई लाज हुने खालको कुरा गरेर हँसी उडाउनु; ख्यालठट्टा गर्नु।
22441 गिज्याउनु स.क्रि. ३. कसैलाई उत्तेजित पार्नु।
22442 गिटकारी ना. गायनमा ताना छोड्दा घाँटीभित्र हुने एक प्रकारको स्वर- कम्पन।
22443 गिट्टी ना. मेसिनमा टुक्य्राएर अथवा घनले हिर्काएर मसिना पारिएका ढुङ्गाका टुक्रा; रोडा; खण्डाश्म।
22444 गिट्ठो / गिठो ना. तरुलका लहरामा फल्ने डल्लो वा लाम्चो फल ।
22445 गिडगिड क्रि.वि. लत्रेर प्रार्थना गर्ने किसिमले; मन नपर्ने गरी; घिडघिड ।
22446 गिडगिडाइ ना. गिडगिडाउने भाव, क्रिया वा प्रक्रिया ।
22447 गिडगिडाइनु क.क्रि. गिडगिडाउने काम गरिनु।
22448 गिडगिडाउनु अ.क्रि. १. ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नु;घिडघिडाउनु।
22449 गिडगिडाउनु अ.क्रि. २. दिक्क लाग्ने गरी कचकचाउनु।
22450 गिडगिडाउनु अ.क्रि. ३. हाँस आदि चरा कराउनु।