Dictionary

All Word

22551 ग्रहण ना. २. कुनै कुरो स्वीकार गर्ने वा मान्ने प्रक्रिया; स्वीकार।
22552 ग्रहण ना. ३. सम्झने वा बुझ्ने चाल।
22553 ग्रहण ना. ४. सूर्यलाई चन्द्रमाले छेक्दा वा चन्द्रमामा पृथ्वीको छाया पर्दा देखिने कालो छाया; उपराग।
22554 ग्रहणकर्ता वि. १. समात्ने; पक्रने।
22555 ग्रहणकर्ता वि. २. लिने; प्राप्त गर्ने।
22556 ग्रहणकर्ता वि. ३. स्वीकार गर्ने; प्राप्ति गर्ने।
22557 ग्रहणी ना. १. अग्नि वा पित्तको मुख्य आधार मानिएको; पक्वाशय र आमाशयका बिचको एक नाडी।
22558 ग्रहणी ना. २. खाएको पदार्थ नपचेर लगातार दिसा लाग्ने एक रोग; अतिसार।
22559 ग्रहणीय वि. १. ग्रहण गर्न उचित; स्वीकार गर्न योग्य; लिन लायक।
22560 ग्रहणीय वि. २. नियम वा विधिअनुकूल।
22561 ग्रहतिलक ना. विवाहमा पुरोहितले मन्त्रवाचन गर्दै आशिष दिएर दुलहादुलहीलाई पालैसित लगाइने टीका।
22562 ग्रहदशा ना. १. जन्मकुण्डलीका कुनै स्थानमा रहेका ग्रहका प्रभावले मानिसलाई हुने शुभ वा अशुभ परिणाम।
22563 ग्रहदशा ना. २. खराब दिन; दुर्भाग्य।
22564 ग्रहदशा ना. ३. ग्रह-गोचरको स्थिति।
22565 ग्रहदोष ना. सूर्य, चन्द्र आदि ग्रहका स्थितिबाट हुने खराब फल; ग्रहगतिको दोष।
22566 ग्रहनायक ना. १. सूर्य।
22567 ग्रहनायक ना. २. शनिश्चर।
22568 ग्रहमैत्री ना. ज्योतिषअनुसार विवाहका लागि भिडाइने वर र वधूका ग्रहका स्वामीको मित्रता वा अनुकूलता।
22569 ग्रहयज्ञ ना. ग्रहहरूको उग्रता वा प्रकोपको शान्तिका लागि गरिने पूजा वा यज्ञ।
22570 ग्रहयुद्ध ना. सूर्यसिद्धान्तका अनुसार बुध, बृहस्पति, शुक्र, शनि वा मङ्गलमध्ये कुनै एक ग्रहको चन्द्रमाका साथ अथवा उक्त ग्रहमा कुनै दुई ग्रहको एकैसाथ एउटै राशिको एउटै अंशमा एकत्र भएर खराब परिणाम दिने योग।
22571 ग्रहयोग ना. एकै राशिको एकै अंश वा घडीमा एकभन्दा बढी ग्रह एकत्रित हुने स्थिति।
22572 ग्रहराज ना. १. सूर्य।
22573 ग्रहराज ना. २. चन्द्रमा।
22574 ग्रहराज ना. ३. बृहस्पति।
22575 ग्रहशान्ति ना. १. ग्रहहरूको दोष हटाउनका निम्ति गरिने ग्रहको पूजा वा यज्ञ।
22576 ग्रहशान्ति ना. २. विवाह - ब्रतबन्ध आदि शुभ कार्यमा ग्रहको सम्भावित अरिष्ट शान्त पार्न गरिने पूजा।३. ग्रहको प्रकोप शान्त हुने अवस्था वा भाव।
22577 ग्रहस्वर ना. रागरागिनी गाउँदा सर्वप्रथम प्रारम्भ गरिने स्वर।
22578 ग्रहीतव्य वि . लिन लायक; ग्रहण गर्न योग्य।
22579 ग्राफ ना. गणित, रसायनशास्त्र आदिको प्रणाली जाहेर गर्ने चिह्नसँग सम्बन्धित रेखाचित्र; रेखात्मक चित्र; लेखाचित्र।
22580 ग्राभेल ना. सडकमा कालोपत्र लाउनुभन्दा पहिले बिछ्याइने रोडा वा ढुङ्गाका टुक्राटाक्री।
22581 ग्राभेलिङ ना. सडकमा कालोपत्र लाउनुभन्दा पहिले रोडा वा कङ्क्रिट भरेर बुल्डोजरले पेल्ने काम।
22582 ग्राम ना. १५. ४३२ ग्रेन अथवा ०.०५ तोलाको मान।
22583 ग्राम ना. १. सानो-सानो बस्ती; गाउँ।
22584 ग्राम ना. २. जमात; समूह; समुदाय।
22585 ग्राम ना. ३. सङ्गीतमा वा वाद्यवादन र गायन आदिमा प्रयोग हुने शुद्ध सात स्वरहरूको समूह; सप्तस्वर; सप्तक। (यसका तीन खण्ड छन्- षडज, मध्यम र गान्धार। यी क्रमशः मन्द, मध्य र तीव्र अथवा नन्द्यावर्त, जीमूत र सुभद्र पनि भनिन्छन्)।
22586 ग्राम ना. ४. लिच्छविकालीन बस्तीको सबैभन्दा तल्लो तहको एकाइ; तल।
22587 ग्रामदेवता ना. गाउँका देवता; गाउँको रक्षाका निम्ति स्थापना गरिएका वा गाउँमा पूजा गरिने देवता।
22588 ग्रामवासी वि. गाउँमा बसोबास गर्ने; गाउँको बासिन्दा; गाउँले।
22589 ग्राम समिति ना. गाउँको सभा वा समिति; गाउँसमिति।
22590 ग्रामीण वि. १. गाउँको; ग्रामसँग सम्बन्धित।
22591 ग्रामीण वि. २. असभ्य; गँवार।
22592 ग्रामीण वि. ३. गाउँले; ग्रामवासी।
22593 ग्रामीण उद्योग ना. गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग; लघुउद्योग।
22594 ग्रामोन्मुखी वि. १. गाउँतिर फर्केको; गाउँतर्फ झुकेको।२. गाउँको भलाइ चाहने; ग्रामीण जनतासित सम्बन्धित।
22595 ग्रामोफोन ना. गोल लाहाका चक्कामा भरिएको गीत यान्त्रिक प्रणालीद्वारा सुईले कोतरेर बजाइने फोनबाजा।
22596 ग्राम्य वि. १. गाउँसँग सम्बन्ध राख्ने; गाउँको।
22597 ग्राम्य वि. २. गाउँले; ग्रामीण।
22598 ग्राम्य वि. ३. गँवार; असभ्य।
22599 ग्राम्य वि. ४. फोहोर; अश्लील (शब्द)।
22600 ग्राम्य वि. ५. घरपाला (पशु)।