Dictionary

All Word

22651 ग्य्राजुएट ना. कुनै विश्वविद्यालयबाट शास्त्री, बी. ए., बी. कम., बी. एस्सी. वा तत्समकक्ष कुनै परीक्षा उत्तीर्ण गरी स्नातक उपाधि प्राप्त गरेको व्यक्ति; स्नातक।
22652 ग्लानि ना. १. शारीरिक वा मानसिक शिथिलता; थकाइ; थकावट।
22653 ग्लानि ना. २. कुनै कामको खराबी चाल पाएर हुने पछुतो; मानसिक खेद; पश्चात्ताप।
22654 ग्लानि ना. ३. हतोत्साह; अनुत्साह।
22655 ग्लास ना. १. हे. गिलास।
22656 ग्लास ना. २. काँच; सिसा।
22657 ग्लुकोज ना. पानीमा रयालेर वा त्यसै खाँदा भित्र शीतल पार्ने चिनी, अङ्गुर आदिबाट रासायनिक प्रक्रियाले बनाइएको गुलियो तागतिलो धुलो।
22658 ग्लोब ना. पृथ्वीको आकारमा बनेको बाटुलो मानचित्र; पृथ्वी वा तारासमूहको डल्लो नक्सा।
22659 ग्वाँक ना. चङ्गाका दुई पखेटाको वजन मिलाउन एकातिर अड्काइने कागतको टुक्रो।
22660 ग्वाँगे वि. लठेप्रो; ग्वाङ्ग्रे।
22661 ग्वाँगो ना. लठेप्रो; ग्वाङ्ग्रो।
22662 ग्वाँचे वि. पुड्को कदको; ग्याँचे।
22663 ग्वाँजे वि. लठेप्रो पाराको; ग्वाँगे।
22664 ग्वाक ना. १. खेतमा कान्लामुनिको पोतेला; कान्लामुनि निस्किएको जमिन।
22665 ग्वाक ना. २. बादल, कुइरो बढी लाग्ने ठाउँमा कोदाको बाला, मकैका घोगा आदि सुकाउन निश्चित ठाउँमा थन्क्याउने काम।
22666 ग्वाके ना. धानका बोटमा लाग्ने एक जातको किरो।
22667 ग्वाक्क क्रि.वि. भएभरको एकैचोटि दिएर वा पाएर; डक्क; ग्वाम्म।
22668 ग्वाङग्रे वि. ग्वाङ्ग्रो।
22669 ग्वाङ्ग्रो वि. राम्रोसित बोल्न नसक्ने; लठेप्रो।
22670 ग्वाच्च क्रि.वि. १. लक्कु मिलाएर (जुवामा धेरै रुपियाँपैसा थाप्ने किसि)।
22671 ग्वाच्च क्रि.वि. २. लापर्बाहीसँग (एकमुस्ट पैसा दिने वा लिने चाल )।
22672 ग्वाच्च क्रि.वि. ३. एक्कासि (हिलो, खाल्टो आदिमा गाडिने किसिम)।
22673 ग्वादग्वाद ना. भात छड्कँदाको शब्द।
22674 ग्वाम्म क्रि.वि. १. एकमुस्ट पारी धेरै लिने वा दिने किसिमले; ग्वाच्च।
22675 ग्वाम्म क्रि.वि. २. स्वाट्ट हात हालेर अटाएसम्म झिक्ने चालमा।
22676 ग्वाम्म क्रि.वि. ३. अपर्झटसँग हिलो, खाल्टो आदिमा गाडिने गरी।
22677 ग्वारग्वार क्रि.वि. १. ग्वार शब्द लगातार आउने गरी (बाटुला चिजबिज, अनाज आदि खन्याउँदा वा रुखबाट धेरै फल भुइँमा खस्ता शब्द आउने किसिम )।
22678 ग्वारग्वार क्रि.वि. २. धेरै मानिस दगुरेर।
22679 ग्वारग्वारती /ग्वारग्वारी क्रि.वि. अझ ग्वारग्वारसँग।
22680 ग्वार्र क्रि.वि. ग्वार शब्द एकैचोटि निस्कने चालमा।
22681 ग्वारामरी ना. पिठो डल्लो पारी फुरौलाजस्तो गरी पकाइने विशेष प्रकारको रोटी।
22682 ग्वार्चा ना. पानीरोटी।
22683 ग्वार्लाम्म क्रि.वि. पर्खाल, भित्तो वा तह मिलाई राखिएको वस्तु एक्कासि ढल्ने किसिमसँग।
22684 ग्वाला ना. गाईबस्तु पालेर जीविका चलाउने एक जाति; अहिर।
22685 ग्वाली ना. १. जुत्ताको खुरा, हिल वा कुर्कुच्चा।
22686 ग्वाली ना. २. कुर्कुच्चा।
22687 ग्वालो ना. हे. ग्वाला।
22688 ग्वाल्ल क्रि.वि. पानी बग्दाको जस्तो आवाज आउने गरी (गुड्ने, पेट कराउने आदि किसिम )।
22689 ग्वाहा ना. हे. गवाह।
22690 ग्वाही ना. गवाही; साक्षी।
22691 १. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जन वर्ण, कण्ठ्यस्थानबाट उच्चारण हुने, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; कवर्गको चौथो वर्ण, लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, घरजस्तो घ।
22692 २. लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन, उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक चौथो चिह्न।
22693 घँगला ना. उपत्यकामा लाखेनाच र राक्षसहरूको नाच गर्दा कम्मरमा बाँधेर तथा पहाडतिर धामीझाँक्रीले पनि काँध र कमरमा भिरेर बजाउने चाँपभन्दा ठुलो आकारको ताल - बाजा।
22694 घँगारु ना. ससाना पात र पहेँलो केशर हुने, सेता र साना फूल फुल्ने, गोला वा बाटुला फल फल्ने अनि ठुलठुला काँडा हुने एक बोट वा त्यसैको फल; घङारु।
22695 घँसिनी ना. घाँस काट्ने स्त्री; घाँस काटेर जीवन निर्वाह गर्ने स्त्री।
22696 घँसिलो वि. घाँस हुने; प्रशस्त घाँस पाइने।
22697 घँसुवा वि. काटेको घाँस खुवाएर प्रायः बाँधेर पालिएको; हरियोपरियो घाँस खाने ( गाईबस्तु)।
22698 घँसेटाघँसेटी ना. खसीबाखा, गाईबस्तु आदि डालेघाँसका पातजति खाइसकेर बाँकी रहेका डाँख्लाडुख्लीको समूह।
22699 घँसेटो ना. बाखापाठा वा गाईबस्तुले पात खाइसकेर बाँकी रहेको डालेघाँसको डाँख्लो।
22700 घँसेनी ना. घाँस धेरै भएको ठाउँ; घाँसैघाँस भएको जग्गा।