Dictionary

All Word

22751 घच्याक्क क्रि.वि. झ्यालढोका आदि हल्लाउँदा वा खोल्दा एकैपल्ट आवाज आउने गरी।
22752 घच्याट्नु स.क्रि. हे. घचेट्नु।
22753 घट्नु १ अ.क्रि. १. कुनै वस्तु धेरैबाट थोरै हुनु; घटी हुनु; कम हुनु; छोटिनु।
22754 घट्नु १ अ.क्रि. २. मासिनु; खर्च हुनु।
22755 घट्नु १ अ.क्रि. ३. दुब्लो हुनु।
22756 घट्नु २ अ.क्रि. १. घटना हुनु, कुनै विषय घटित हुनु, संयोगले केही काम हुनु।
22757 घट्नु २ अ.क्रि. २. दाँज्न मिल्नु।
22758 घट्नु २ अ.क्रि. ३. दृष्टान्त वा उदाहरण दिनु।
22759 घट ना. १. गाग्रो; घडा।
22760 घट ना. २. हात्तीको गण्डस्थल।
22761 घट ना. ३. हृदय।
22762 घट ना. ४. कुम्भराशि।
22763 घटक वि. १. बिचमा रहने; मध्यस्थ। ना.
22764 घटक वि. २. बिहा आदिको काम मिलाउने लमी।
22765 घटक वि. ३. चलाकीसाथ आफ्नो काम सिद्ध गर्ने व्यक्ति; धूर्त व्यक्ति।
22766 घटक वि. ४. कुनै घटना घटाउने कारणतत्त्व; संरचना वा निर्माणतत्त्वको खास अवयव।
22767 घटकर्पर ना. विक्रमादित्यका सभाका नवरत्नमध्ये एक तथा प्रसिद्ध महाकविको नाम।
22768 घटकार ना. माटाका भाँडा बनाउने, कुमाले।
22769 घटघट क्रि.वि. ठाडो घाँटी लाएर पानी, मही आदि झोलयुक्त पदार्थ धमाधम खाने गरी वा सो खाँदा आवाज आउने चालले।
22770 घटघटी क्रि.वि. अझ छिटो वा निरन्तर हुने घटघट।
22771 घटन ना. १. प्रयास प्रयत्न। २ संयोग, मेल।
22772 घटन ना. 3. निर्माण, रचना।
22773 घटन ना. ४. घटना।
22774 घटना ना. १. अकस्मात् भएको कुनै पनि कुरो वा कारबाई; काण्ड; पर्व।
22775 घटना ना. २. मारपिट; वारदात।
22776 घटनाक्रम ना. घटनाको सिलसिला।
22777 घटनाचक्र ना. १. घटनाहरूको तारतम्य; घटनापरम्परा।
22778 घटनाचक्र ना. २. घटनाहरूको समूह।
22779 घटनाप्रधान वि. वस्तुपक्षप्रधान, चरित्र, मनोदशा आदिभन्दा बढी घटना र कथावस्तुलाई प्रधानता दिइएको (कृति)।
22780 घटनावली ना. घटनाहरूको समूह वा शृङ्खला; घटनाचक्र; घटनाजाल।
22781 घटनावृत्त ना. कुनै पनि प्रकारका घटना घटेका कुराको सिलसिलेवार वृत्तान्त वा विवरण।
22782 घटनावृत्त अभिलेख ना. घटनासम्बन्धी विवरण लेखिएको लेखोट।
22783 घटनास्थल ना. घटना घटेको वा वारदात भएको ठाउँ।
22784 घटबढ ना. घट्ने र बढ्ने काम; घटीबढी; कमबेसी।
22785 घटमान ना. फुटकर कविता रचना गर्न सफल तर प्रबन्ध काव्यको रचनामा सफल हुन नसकेको मुक्तक कवि।
22786 घटवादन ना. तबला बजाए झैँ गरी माटाको गाग्रो बजाउने काम।
22787 घटवारे ना. १. घाटमा बस्ने व्यक्ति; घाटे।
22788 घटवारे ना. २. खोला, नदीमा डुङ्गा तार्ने व्यक्ति; माझी; मलाहा।
22789 घटवारे ना. ३. घाटको ठेक्का उठाउने वा जम्मा गर्ने व्यक्ति।
22790 घटवारे ना. ४. वनजाँचको चौकीमा बस्ने कर्मचारी।
22791 घटस्थापना ना. १. नौ दिनसम्म दुर्गाको पूजा गर्नका लागि आश्विन शुक्ल प्रतिपदाका दिन घट (कलश) स्थापना गर्ने काम।
22792 घटस्थापना ना. २. कुनै पनि धार्मिक क्रिया वा देवदेवीका पूजाको आयोजनामा विधिपूर्वक गरिने, पानी भरिएको घडाको स्थापना।
22793 घटा ना. १. प्रयत्न; उद्योग।
22794 घटा ना. २. समूह।
22795 घटा ना. ३. मेघको समूह; मेघमाला।
22796 घटाइ ना. १. घट्ने वा घटी हुने क्रिया- प्रक्रिया।
22797 घटाइ ना. २. घटना घट्ने वा मिल्ने क्रिया-प्रक्रिया।
22798 घटाइनु क.क्रि. १. घट्ने पारिनु; कम गरिनु।
22799 घटाइनु क.क्रि. २. घटना घट्ने पारिनु; दाँज्ने वा मिल्ने गराइनु।
22800 घटाउ ना. १. घटी हुने चाल।