Dictionary

All Word

22851 घट्टेकुलो ना. घट्ट चलाउनका लागि पानी लैजाने कुलो; एउटा घट्ट चल्न सक्ने जति पानी बग्ने कुलो।
22852 घट्टेढुङ्गो ना. छिरबिरे, खस्रो र जमोटजस्तो भएको घट्ट बनाउन हुने खालको ढुङ्गो।
22853 घट्ती ना. कमी; घटी; न्यूनता।
22854 घडघड क्रि.वि. खस्रो वा ढुङ्ग्यान जमिनमा ठोस पदार्थ घिच्चिँदा शब्द आउने चालले।
22855 घडघडाइ ना. घडघडाउने किसिम, क्रिया वा प्रक्रिया।
22856 घडघडाइनु अ.क्रि. घडघड आवाज निकालिनु।
22857 घडघडाउनु अ.क्रि. खसो वा ढुङ्ग्यान जमिनमा कुनै ठुलो वस्तु घिसार्दा घडघड शब्द निस्कनु।
22858 घडघडाहट ना. घडघड आवाज आउने चाल वा क्रिया-प्रक्रिया।
22859 घडघडे वि. आफ्नो काम फत्ते पार्नका लागि जिद्दी गरिरहने; रोयाइँ गर्ने; हठी।
22860 घडघडो वि. आफ्नो काम फत्ते गराउन लिँडे ढिपी लिइरहने; घडघडे।
22861 घडा ना. १. पानी हाल्ने ठुलो भाँडो; गाग्रो।
22862 घडा ना. २. पूजा, उत्सव, साइत आदिमा सिँगारेर तथा पानी भरेर राखिने जलपात्र; कलश।
22863 घडियाल ना. एक जातको ग्राह।
22864 घडी ना. १. चौबिस मिनेटको समय; रातदिनको साठी भागको एक भाग।
22865 घडी ना. २. समय बताउने यन्त्र; मिनेट, घण्टा आदि जनाउने यन्त्र।
22866 घडी ना. ३. अवसर; मौका; समय।
22867 घडीघडी क्रि.वि. घरीघरी; बारबार; फेरिफेरि; छिनछिनमा।
22868 घडी चरो ना. प्राय: रातको प्रहर- प्रहरमा बासेर समयको सूचना गर्ने चरो; कुखुरो।
22869 घडी फूल ना. घडीको डायलजस्तो गोलो एवम् बाटुलो देखिने, लहरामा फुल्ने रङ्गीबिरङ्गी खण्डखण्ड परेको वृत्ताकार फूल।
22870 घडीबाज ना. घडी बाँधेर हिँड्ने व्यक्ति (प्रायः फुर्ती लगाउने अर्थमा); घडी लाएको वा मिरेको व्यक्ति।
22871 घडीसाज ना. बिग्रेको घडी बनाउने, सफा गर्ने वा मर्मत गर्ने व्यक्ति; घडीको काम गर्ने कालिगड।
22872 घडीसाजी ना. घडीसाजको काम, घडी बनाउने वा मरम्मत गर्ने पेसा।
22873 घडेरी ना. १. घर बनाएको जग्गा; घरले चर्चेको जमिन।
22874 घडेरी ना. २. घर बनाउन लिएको जग्गा; घर बनाउने ठाउँ।
22875 घण्ट ना. हे. घन्ट।
22876 घण्टा ना. १. अढाई घडीको समय; साठी मिनेटको समय, दिनरातको चौबिस भागको एक भाग।
22877 घण्टा ना. २. हातले हल्लाउँदा लङ्गुर ठक्कर खाएर बज्ने एक बाजा; घण्ट।
22878 घण्टाकर्ण ना. १. श्रावण कृष्ण चतुर्दशीका साँझमा पूजा गरिने एक रात्रिचर वा कल्पित राक्षस; गठेमङ्गल।
22879 घण्टाकर्ण ना. २. कानमा घण्ट बाँधेर हिड्ने व्यक्ति।
22880 घडी चतुर्दशी ना. श्रावण कृष्ण चतुर्दशी।
22881 घण्टाघर ना. सर्वसाधारणलाई समयको ज्ञान दिलाउन केही प्रमुख स्थानमा बनाइएको चारैतिर घडी जडिएको अग्लो भवन, घण्टाको आवाज टाढासम्म पुग्ने गरी बनाइएको घडी भएको अग्लो घर।
22882 घण्टिका ना. १. सानो आकारको घण्ट।
22883 घण्टिका ना. २. चाँप।
22884 घण्टी ना. १. सानो घण्ट।
22885 घण्टी ना. २. साइकल आदिका अगाडि रहने, टिन्न बजाइने एक यन्त्र।
22886 घण्टी ना. ३. कार्यालय आदिमा टेबुलमा रहने र थिचेर बजाई पियन आदिलाई बोलावटको सङ्केत दिने यन्त्र।
22887 घण्टी ना. ४. कुनैकुनै घरमा जडिएको ढोकामा स्विच थिचेर आगमनको सूचना दिने यन्त्र।
22888 घण्टे वि. हे. घन्टे।
22889 घत ना. १. राम्रो वा नराम्रो हुने पूर्वलक्षण; छुक
22890 घत ना. २. जोखना; आखत।
22891 घत ना. ३. विचार।
22892 घत ना. ४. मनमा पर्ने असर; प्रभाव।
22893 घतघत क्रि.वि. गाग्राबाट एकैचोटि पानी खन्याउँदा शब्द निस्कने चालमा।
22894 घतघतिनु अ.क्रि. घतघत हुनु। घतघती- क्रि.वि. अझ शीघ्र घतघत हुने गरी।
22895 घतघत्याइ ना. घतघत्याउने काम वा प्रक्रिया।
22896 घतघत्याइनु क.क्रि. घतघत पारिनु वा गराइनु।
22897 घतघत्याउनु स.क्रि. / प्रे. क्रि. गाग्राबाट पानी एकैचोटि खन्याउनु; घघत पार्नु।
22898 घतविघत ना. राम्रो वा नराम्रोको छुकविचार।
22899 घत लाग्नु टु. चित्त बुझ्नु; चाख लाग्नु; मन पर्नु। (उदा.- लोककथा बालकहरूका लागि साह्रै घतलाग्दो हुन्छ)।
22900 घती वि. राम्रो, नराम्रोको छुक हेर्ने; जोखना गर्ने; घत निकाल्ने।