Dictionary

All Word

22801 घटाउ ना. २. घटाउने काम वा क्रिया।
22802 घटाउ ना. ३. गणितमा बढी सङ्ख्याबाट अर्को सङ्ख्या झिक्ने वा कम गर्ने प्रक्रिया।
22803 घटाउनु प्रे. क्रि. १. घट्ने पार्नु; कम गराउनु।
22804 घटाउनु प्रे. क्रि. २. मासिने वा खर्च पार्नु।
22805 घटाउनु प्रे. क्रि. ३. छोटो हुने पार्नु; छोट्ट्याउनु।
22806 घटाउनु प्रे. क्रि. ४. दुब्लो तुल्याउनु।
22807 घटाउनु प्रे. क्रि. ५. ठुलो अङ्क वा राशि कटाउनु।
22808 घटाउनु प्रे. क्रि. ६. घटना घट्ने पार्नु। स.क्रि.
22809 घटाउनु प्रे. क्रि. ७. दाँजिने, मिल्ने वा दृष्टान्त, उदाहरण आदि दिने काम गर्नु।
22810 घटाकाश ना. घडाभित्र रहेको आकाश; घडाभित्रको खाली ठाउँ।
22811 घटाघट ना. १. मालसामान लिलाम गर्दा वा लिँदा-दिँदा एकले अरूको दाँजोमा कम गर्ने वा घटाउने काम।
22812 घटाघट ना. २. सिकिस्त बिरामी भएको स्थिति; आखिरी अवस्था; घिटीघिटी।
22813 घटाघटी ना. घटाघट।
22814 घटाटोप ना. १. बादलको मेहेरो; मेघमाला।
22815 घटाटोप ना. २. तामदान वा म्यानाको ढाक्ने पर्दा; झापन।
22816 घटिक ना. १. पानीको घडा लिने व्यक्ति।
22817 घटिक ना. २. धर्मशाला, पाटी -पौवा आदिमा पानी खुवाउने व्यक्ति।
22818 घटिका ना. १. चौबिस मिनेटको समय; घडी।
22819 घटिका ना. २. पिँधमा भएका साना प्वालबाट पानी छिरेर चौबिस मिनेटमा डुब्ने जलपात्र।
22820 घटिका ना. ३. सानो घडा; भुँइको।
22821 घटित वि. १. घटना घटेको वा भएको।
22822 घटित वि. २. बनाइएको; रचित।
22823 घटित वि. ३. लक्ष्यमा लक्षण मिलाइएको।
22824 घटित वि. ४. अर्थ ठिक भएको।
22825 घटिनु अ.क्रि. १. घटी होइनु; कम होइनु।
22826 घटिनु अ.क्रि. २. दाँजिने वा दृष्टान्त दिइने होइनु।
22827 घटिया वि. १. कमसल खालको; कम्ती मूल्यको।
22828 घटिया वि. २. खराब; नजाती।
22829 घटी १ ना. १. चालीस पलाको समय; चौबिस मिनेटको अवधि; घडी।
22830 घटी १ ना. २. घण्टा, मिनेट आदि सूचित गर्ने यन्त्र; घडी।
22831 घटी १ ना. ३. सानो घडा।
22832 घटी २ वि. कम; थोरै; न्यून; अल्प।
22833 घटीबढी ना. सानोठुलो; घटबढ; कमबेसी।
22834 घटुवा वि. घट्ने खालको; कम हुने किसिमको; नबढ्ने।
22835 घटुवारे ना. हे. घटवारे।
22836 घटेरो ना. घट्ट राख्ने वा घट्ट चलाएर बस्ने व्यक्ति; घट्टमा काम गर्ने व्यक्ति। स्त्री. घटेर्नी।
22837 घटेसी ना. १. घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला।
22838 घटेसी ना. २. घाँटीमा कसिएको डोरी; पासो।
22839 घटेसी ना. ३. ठुलो सङ्कट।
22840 घट्काइ ना. घट्काउने क्रिया वा प्रक्रिया।
22841 घट्काइनु क.क्रि. घटघट पारिनु; घुट्क्याइनु।
22842 घट्काउनु स.क्रि. पानी, दुध आदि तरल पदार्थ निल्नु; घटघट पार्नु; घुट्क्याउनु।
22843 घट्काहट ना. घट्काउने काम वा चाल।
22844 घट्ट १ ना. पिठो पिँध्ने यन्त्र; कुलामा ल्याइएको पानीको धारले काठको पङ्खा घुमाई पिठो पिँध्ने ठुलो खालको जाँतोजस्तो साधन।
22845 घट्ट २ ना. नदीको तीर; घाट।
22846 घट्टकर ना. नदी पार गर्दा लाग्ने दस्तुर; घाट तरेको कर।
22847 घट्टकुटी ना. घाटमा वारपार गर्दा लाग्ने दस्तुर उठाउने चौकी वा अड्डा।
22848 घट्ट घुमाइ ना. घट्टको जस्तो घुमाइ दुःख र झमेलामा रिङ्नुपर्ने स्थिति।
22849 घट्टजीवी ना. घाटको दस्तुर उठाएर वा घाटमा काम गरेर पेटपालो गर्ने व्यक्ति।
22850 घट्टे वि. घट्टको काम गर्ने; घट्ट थाप्ने; घट्ट भएको घट्टसम्बन्धी।