Dictionary

All Word

22901 घतेलो ना. झुप्पा-झुप्पा परेको काँढा हुने एक प्रकारको रुख वा बोट।
22902 घत्त क्रि.वि. पानी आदि र बाक्लो तरल वस्तु एक्कासि खन्याउँदा वा पोख्ता एकैपल्ट हुत्त निस्कने गरी।
22903 घत्रक्क क्रि.वि. कुनै ठोस वस्तु भर्दा वा खस्ता शब्द निस्कने गरी।
22904 घत्र्याकघुत्रुक क्रि.वि. १. कुनै जन्तु ओर्लिएको, लडेको, हिँडेको वा कुदेको आवाज आउने चालले। ना.
22905 घत्र्याकघुत्रुक क्रि.वि. २. त्यस किसिमको शब्द।
22906 घद्रक्क क्रि.वि. हे. घत्रक्क।
22907 घद्ग्राकघुद्रुक क्रि.वि. १. लडन्तभिडन्त पर्दा शब्द निस्कने चालले; घत्र्याकघुत्रुक। ना.
22908 घद्ग्राकघुद्रुक क्रि.वि. २. त्यस प्रकारको शब्द।
22909 घन ना. १. बादल; मेघ।
22910 घन ना. २. मुखमा डल्लो परेको फलामको कडा मुङ्ग्रो।
22911 घन ना. ३. खँदिलोपन; बाक्लोपन; कडापन।
22912 घन ना. ४. उही उही अङ्कको तीन पटक गुणन गर्ने क्रिया वा त्यसरी गुणन गर्दा भएको सङ्ख्या; कुनै खँदिलो वस्तुको लमाइ, चौडाइ र उचाइको गुणा गर्दा हुने सङ्ख्या।
22913 घन ना. ५. वेदमन्त्रको पाठ गर्ने एक विधि।
22914 घन ना. ६. ठुलो मुजुरा; घण्टा।
22915 घनक्क क्रि.वि. एकैचोटि घन्कने गरी; रन्को फर्कने गरी बाजा आदि एकै साथ बज्ने चालमा।
22916 घनक्षेत्र ना. कुनै खँदिलो पदार्थको लमाइ, चौडाइ र मोटाइ वा गहिराइको विस्तार वा फैलावट।
22917 घनघटा ना. बादलको ताँती; तहतह परेको बादल; मेघमाला।
22918 घनघन ना. १. एक प्रकारको ठुलो डम्फु। क्रि.वि.
22919 घनघन ना. २. बाजा आदि बज्दा घन्केर आवाज आउने गरी।
22920 घनघोर वि. १. उत्पातको; ज्यादै घना; धेरै बाक्लो।
22921 घनघोर वि. २. भयङ्कर; भीषण; डरलाग्दो; धूमधामको। ना.
22922 घनघोर वि. ३. बादलको गर्जाहट; मेघको गर्जना।
22923 घनघोर वि. ४. डरलाग्दो आवाज।
22924 घनचक्कर ना. १. ठुलो भ्रम; भयङ्कर भुल।
22925 घनचक्कर ना. २. झमेला; झन्झट; टन्टा।
22926 घनचक्कर ना. ३. छुकछुके मानिस; अस्थिर वा चञ्चल बुद्धिको व्यक्ति। वि.
22927 घनचक्कर ना. ४. मूर्ख; बेकुफ।
22928 घनज्वाला ना. कालो बादलका बिच चम्कने बिजुली; चट्याङ पर्दा निस्कने प्रकाश।
22929 घनटाउके वि. घनजत्रो अर्थात् ठुलो टाउको हुने; टाउके; घन्टाउके।
22930 घनता ना. घना हुनाको स्थिति; बाक्लोपन; खँदिलोपन; घनत्व।
22931 घनत्व ना. १. घनता।
22932 घनत्व ना. २. कुनै नापको एकाइमित्रको सङ्ख्या; कुनै वस्तुको लम्बाइ, चौडाइ, मोटाइ वा गहिराइको परिमाण वा औसत नापो।
22933 घनत्ववाद ना. १. साहित्यमा, लम्बाइ, चौडाइमात्र नभएर गहिराइमा विश्वास गर्ने र कलात्मक एकतामा सम्पूर्णता हुनुपर्छ भन्ने, अनि मूर्ततामाभन्दा अमूर्ततामा विश्वास गर्ने एक सिद्धान्त।
22934 घनत्ववाद ना. २. विश्वसाहित्यमा देखा परेको र नेपालीमा तेस्रो आयामको साहित्यिक दर्शन बनेको त्यसै व्यापकतालाई अँगाल्न खोज्ने वाद वा सिद्धान्त।
22935 घनत्ववादी वि. घनत्ववादमा कलाको निर्माण गर्ने; घनत्ववादको अनुयायी।
22936 घनन क्रि.वि. लगातार घन्कने ढङ्गले; ठुलो आवाज घन्केर आउने चालमा।
22937 घननाद ना. मेघको गर्जना; मेघनाद; चट्याङचुटुङ।
22938 घनफल ना. १. लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल।
22939 घनफल ना. २. कुनै अङ्कलाई त्यही अङ्कले पालैसित दुई पटक गुणन गर्दा निस्कने गुणनफल।
22940 घनफुट ना. १X१ X १ अर्थात् उचाइ, चौडाइ र मोटाइ वा गहिराइ एकएक फुट भएको वस्तु वा त्यस्तो नाप; क्यूबिक फुट।
22941 घनमण्डल ना. पृथ्वीको बनोटमा सबभन्दा भित्रपट्टिको खण्ड।
22942 घनमिटर ना. उचाइ, चौडाइ र गहिराइ वा मोटाइ सबै एकएक मिटर भएको वस्तु वा नापो।
22943 घनमूल ना. कुनै घनराशिको मूल अङ्क। (उदा.- २७ को घनमूल ३ हो)।
22944 घनरस ना. १. आकाशबाट परेको पानी; जल।
22945 घनरस ना. २. अरक; रक्सी।
22946 घनरस ना. ३. कपूर।
22947 घनरस ना. ४. हात्तीलाई लाग्ने एक प्रकारको रक्तरोग।
22948 घनवर्धन ना. धातु आदिलाई पिटेर फराकिलो वा ठुलो पार्ने काम।
22949 घनवर्धनीयता ना. पिट्ताखेरि ठुलो हुने वा बढ्ने धातु आदिको गुण।
22950 घनश्याम ना. १. कालो बादल।