Dictionary

All Word

23051 घरघराइनु अ.क्रि. घरघर शब्द निक्लिनु।
23052 घरघराउनु अ.क्रि. घरघर शब्द आउनु।
23053 घरघराना ना. १. घर र जेथा; घर र घरका सरसामान।
23054 घरघराना ना. २. घरसार; घरायस; घैघराना।
23055 घरघराहट ना. घरघर गर्ने चाल वा किसिम।
23056 घरघरिनु अ.क्रि. घरघर शब्द निक्लिनु।
23057 घरघरे वि. घरघर शब्द गर्ने।
23058 घरघुरिया ना. थारू जातिका परिवारको नाइके; घरको मूली।
23059 घरङ्घाट ना. १. घरगृहस्थी बिग्रँदै गएको अवस्था; आर्थिक स्थिति घर्कंदै गएको चाल; ओरालो लाग्ने काम; अवनति।
23060 घरङ्घाट ना. २. सर्वनाश; सत्यानाश।
23061 घरजग्गा ना. घर र खेतबारी।
23062 घरजग्गा कर ना. घर र जग्गामा लाग्ने नियम - कानुनबमोजिमको निर्धारित कर।
23063 घरजग्गावाला ना. घर र जग्गाको मालिक वा स्वामी; घर र जग्गाको धनी।
23064 घरजम ना. घरबार तथा परिवारसमेतको बन्दोबस्त गरेर बस्ने काम; घर-गृहस्थी; गृहस्थाश्रम।
23065 घरजुवाइँ / घरज्वाइँ ना. ससुरालीमा बसेर जीविका चलाउने जुवाइँ।
23066 घरझगडा ना. घरभित्र हुने झगडा वा बाझो; गृहकलह।
23067 घरझारो ना. प्रत्येक घरबाट मद्दत लिने काम; घरलौरी।
23068 घरतरुल ना. १. पानका जस्ता पात हुने, मञ्जरीजस्तो फूल फुल्ने र गिट्ठाजस्ता खैरा फल फल्ने, लामा र विभिन्न रङका कन्द हुने एक लहरो।
23069 घरतरुल ना. २. त्यसैको कन्द वा गानो।
23070 घरदर ना. १. जनगणना; जनगणनासम्बन्धी काम।
23071 घरदर ना. २. घरको सङ्ख्या; घरधुरी।
23072 घरद्वार ना. घरबार; घरबास।
23073 घरधनी ना. घरको मालिक; गृहस्वामी; गृहपति।
23074 घरधन्दा ना. घरको कामकाज; घरेलु व्यवहार; घरेलु धन्दा; घरायसी काम; कोठेधन्दा।
23075 घरपटी /घरपट्टी ना. घरको मालिक; घरधनी; गृहपति; गृहस्वामी।
23076 घरपाइक ना. घरको नजिक; घरको छेउछाउ।
23077 घरपारुवा वि. ना. अन्न तथा फलफूल आदिबाट पारम्परिक घरेलु प्रविधिद्वारा तयार पारिएको रक्सी।
23078 घरपाला / घरपालुवा वि. घरमा पालेको वा पालिने; घरेलु (पशुपक्षी आदि)।
23079 घरपाला / घरपालुवा मौरी ना. घरका बारी, बगैँचा आदि ठाउँमा पालिने र चाकाबाट धेरै मह र थोरै मैन प्राप्त हुने एक प्रकारको मौरी।
23080 घरपैंचो ना. १. नयाँ घरको प्रतिष्ठा; घरको वास्तुकर्म।
23081 घरपैंचो ना. २. बाहिरफेरको लिनुदिनु नभई घरैमा गरिएको पैँचो वा सापटी।
23082 घरफोरा वि. १. घरको भेद शत्रुलाई बताउने; घर बझाउने वा घरमा फुट ल्याउने।
23083 घरफोरा वि. २. घर फोर्ने; चोरी गर्ने।
23084 घरबन्दी ना. घरमै थुनेर राख्ने काम; घरबाहिर जान नदिने गरी लगाइने बन्देज।
23085 घरबार ना. १. घर र बारीको बन्दोबस्त; घरजम; घरगृहस्थी।
23086 घरबार ना. २. विवाह।
23087 घरबारी ना. घर र खेतीपाती; घर र घरवरिपरिको जमिन; गृहस्थी।
23088 घरबारी सन्न्यासी ना. १. जोगी र जोगिनीबाट जन्मेको व्यक्ति; जन्मदेखि नै सन्न्यासी।
23089 घरबारी सन्न्यासी ना. २. घरबार गरी बसेको सन्न्यासी; गृहस्थ सन्न्यासी।
23090 घरबास ना. आफू बस्ने घर; रासोबासो; घरबार।
23091 घरबिदा ना. सरकारी वा कुनै पनि संस्थानका कर्मचारीले सालभरमा नियमले तोकेबमोजिम घर बस्न पाउने बिदा।
23092 घरबुना ना. घरेलु तानमा तयार गरिने एक जातको मोटो कपडा; खाँडी; खादी।
23093 घरबेटी ना. हे. घरभेटी।
23094 घरभँडुवा / घरभाँडा वि. १. घर-परिवारमा नचाहिँदा झमेला झिकेर घर भाँड्ने काम गर्ने; घरको मूली वा मालिकका अदबमा नरही जथाभाबी गरेर अरू जहानको मन बिगार्ने। ना.
23095 घरभँडुवा / घरभाँडा वि. २. त्यस्तो किसिमको मानिस।
23096 घरभाडा ना. आफ्नो घर अरू कसैलाई निश्चित वा केही समयका लागि चलन गर्न दिएबापत पाइने बहाल; महसुल; किराया।
23097 घरभेटी ना. १. घरजग्गाको धनी घरको मालिक, घरबेटी।
23098 घरभेटी ना. २. भाडा तिरेर घरमा बस्नेहरूले घरधनीलाई भन्ने शब्द घरपट्टी।
23099 घरवाला ना. घरको मालिक; घरपट्टी; घरबेटी।
23100 घरसङ्गा ना. घर बनाउन चाहिने मालसामान (खाँबो, बलो आदि काठपात)।