Dictionary

All Word

23151 गुहा ना. गुफा कन्दरा; ओडार।
23152 गुहाई ना. साक्षी; गवाही।
23153 गुहायुग ना. मान्छेले कन्दरा र ओडारमा वास गर्न थालेपछिको युग, पुरातात्त्विक प्रागैतिहासिक युग।
23154 गुहार्नु स.क्रि. आपद् पर्दा मदतका लागि पुकार गर्नु, सहायता माग्नु।
23155 गुहार ना. १. अपर्झट कुनै दुर्घटना वा विपत्ति पर्दा मदतका निम्ति पुकारिने शब्द, दुहाई।
23156 गुहार ना. २. मदत, सहायता,सघाउपघाउ।
23157 गुहाराइ गुहार्ने भाव, क्रिया वा प्रक्रिया।
23158 गुहारिनु क.क्रि. गुहार मागिनु , गुहार्ने काम गरिनु।
23159 गुहु ना. पेटमा खानेकुरा पचिसकेपछि गुदद्वारबाट फ्याँकिने मल विष्ठा, टट्टी दिसा; आची।
23160 गुहुधाई ना. १. बालकहरूको स्याहारसुसार गर्ने स्त्री, आइमाई धरालो २. केटाकेटीका थाङ्नाथरा धुने स्वास्नीमानिस।
23161 गुहे वि. १. गुहुजस्तो फोहर, घिनलाग्दो।
23162 गुहे वि. २. गुहुको गुहुसम्बन्धी।
23163 गुहे किरो ना. गुहुमा उब्जिने र गुहुमै दुलो पारेर बस्ने,भमरोजस्तो कालो रङको किरो; गैँडेकिरो।
23164 गुहे चाँचर ना. खोलानालाका किनारमा बस्ने एक जातको चाँचर चरो।
23165 गुहे चिल ना. चुच्चो पहेँलो र शरीर प्रायः सेतो हुने, दिनमा आँखा नदेख्ने, लाटोकोसेरोभन्दा केही ठुलो चिल, हुचिल।
23166 गुहे थाङ्ना ना. कोक्रो नछोडेको केटाकेटीका थाङ्ना, गुहु-मूतले मुछिएको थाङ्ना।
23167 गुहे धन्दा ना. मन नपर्ने खालको साधारण काम झन्झटलाग्दो सानोतिनो काम।
23168 गुहेली ना. केही ठुलठुला पात हुने, काठको जुवा बनाइने, मसिना पहेँला फल फल्ने एक रुख वा त्यसै रुखको पाक्ता रातो रङ र गुलियो स्वाद हुने फल, गुएलो।
23169 गुह्य वि. १. छिपाउनुपर्ने, लुकाउन लायक, गोप्य।
23170 गुह्य वि. २. मुस्किलले मात्र बुझ्न सकिने, रहस्यपूर्ण गूढ।
23171 गुह्य वि. ३.लुकेको; छिपेको गुप्।
23172 गुह्यकाली ना. हे. गुह्येश्वरी।
23173 गुह्यद्वार ना. १.मल त्याग्ने इन्द्रिय, गुदद्वार।
23174 गुह्यद्वार ना. २. कसैले चाल नपाउने ढोका, गुप्तद्वार।
23175 गुह्यान ना. गुहु नै गुहु भएको ठाउँ, फोहर।
23176 गुह्येश्वरी ना. सतीदेवीको गुह्यपतन भएर देवी शक्ति उत्पन्न भएकी मानिने, काठमाडौंको पूर्वी भागमा पर्ने बाग्मती नदीका दक्षिण किनारमा स्थित प्रसिद्ध पीठ वा ठाउँ गुह्यकाली।
23177 गूढ वि. १.लुकेको, गुप्।
23178 गूढ वि. २ छोपिएको ; ढाकिएको।
23179 गूढ वि. ३. विशेष अभिप्राय लुकेको, वास्तविक अर्थ छिपेको, अर्थगर्भि।
23180 गूढता ना. गूढ हुनाको भाव वा अवस्था।
23181 गूढत्व ना. गूढता।
23182 गूढपुरुष ना. गुप्त रहस्य पत्ता लगाउन खटिएको पुरुष, गुप्तचर,जासुस, गुप्ती पुलिस।
23183 गूढमार्ग ना. १.गुप्त बाटो।
23184 गूढमार्ग ना. २. किल्ला, दरबार आदिबाट शत्रुले थाहा नपाउने गरी सुटुक्क भाग्नका निम्ति भुईंभित्रभित्रै खनेर बनाइएको सुरुङ।
23185 गूढाशय वि. १.बुझ्न कठिन गम्भीर अभिप्राय भएको।
23186 गूढाशय वि. ना. २. भित्री अर्।
23187 गृध्र वि. १.लोभी, लोलुप, लालची।
23188 गृध्र वि. ना. २. गिद्ध।
23189 गृध्रपति / राज ना. गिद्धको राजा, जटायु।
23190 गृह ना. १.घर, वासस्थान, बासो।
23191 गृह ना. २. स्वास्नी, पत्नी।
23192 गृह ना. ३. स्वदेश।
23193 गृह उद्योग ना. घरैमा बसी-बसी गरिने वा गर्न सकिने उद्योग, घरेलु उद्योग।
23194 गृहकर्म ना. १.गृहस्थीले गर्नुपर्ने काम, गृहकार्य।
23195 गृहकर्म ना. २. घरेलु धन्दा, घरेलु काम।
23196 गृहकलह ना. १.घरझगडा, पारिवारिक कलह।
23197 गृहकलह ना. २. राष्ट्रभित्र जाति,धर्म वा अन्य कारणबाट सत्ताका निम्ति उठेको झगडा।
23198 गृहकार्य ना. १.घरमा गरिने काम, घरको कामकाज, घरधन्दा,घरायसी कामकाज, गृहकर्म।
23199 गृहकार्य ना. २. विद्यार्थीलाई घरमा गर्न दिइने वा लगाइने पढाइ, लेखाइ आदि काम।
23200 गृहजन ना. घरको परिवार, कुलकुटुम्ब।